प्रधानाध्यापकमाथि लात्ती-मुक्का प्रहार गर्ने दुई पक्राउ

कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट तथा शिक्षिकामाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सुनसरीको वराहक्षेत्र नगरपालिका-७ घर भई कपन बस्ने ३६ वर्षीय निशाल दाहाल र सिन्धुलीको दुधौली नगरपालिका-१ घर भई कपनमै बस्ने ४४ वर्षीय ध्रुव प्रसाद घिमिरे रहेका छन्। प्रहरीका अनुसार ‌बिहीबार बिहान अन्दाजी १०:३४ बजे बुढानिलकण्ठ नगरपालिका-१० […]

बूढीगण्डकी बाढी : भेडीगोठबाट बेपत्ता हुने पाँचजना को को हुन् ?

गोरखाको चुमनुब्री गाउँपालिका–६ मा बूढीगण्डकी नदीमा आएको बाढीपछि भेडीगोठमा रहेका पाँचजना सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेमा दुई महिला र तीन पुरुष छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चुमनुब्री गाउँपालिका–६ चुम्चेतको उङ्गिलुङ निवासी उनीहरू सम्पर्कविहीन भएका हुन्। सम्पर्कविहीन हुनेमा ६५ वर्षीय सोनाम लामा, उनकी ५९ वर्षीया श्रीमती मोम्मो अजि लामा, सोही स्थानका ६६ […]

केपी ओली भन्छन् : राज्यले अहिले मात्रै ज्यानमारा भनेको होइन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध जति प्रहार भए पनि नढल्ने बताएका छन्। आफूलाई नजिक आएर ‘कमरेड’ भन्नेहरूले नै छुरा हान्ने गरेको बताउँदै उनले आफू नमरुन्जेल लडिरहने बताएका हुन्। आइतबार काठमाडौंमा एमालेको सम्पर्क विशेष संगठन कमिटीले आयोजना गरेको ‘मिसन पार्टी जागरण अभियान तथा अगुवा कार्यकर्ता भेला’लाई सम्बोधन गर्दै ओलीले आफूविरुद्ध विभिन्न किसिमका प्रहार भइरहेको […]

बूढीगण्डकी बाढी : त्रिशूली र नारायणी किनारमा सतर्कता

बुढीगण्डकीमा बाढी आएसँगै स्थानीय प्रशासनले त्रिशुली र नारायणी किनारमा माइकिङ गरेर ती क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वर पौडेलका अनुसार तटीय क्षेत्रका सर्वसाधारण, शव दाह, व्यापार, माछा मार्ने, पौडी खेल्नेलाई सतर्क रहन आग्रह गरिएको हो देवघाटमा शव दाह गर्नेहरुलाई उच्च ठाउँमा जान, नारायणी किनारमा ठेला, रिक्सामा व्यापार नगर्न […]

बेनी–जोमसोम सडक खुल्यो

बेनी-जोमसोम सडक सञ्चालन भएसँगै यहाँबाट १७३ वटा कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेका छन् । चीनबाट आयातित सामान बोकेका ती कन्टेनर पोखरा, काठमाडौँलगायत सहरी भेगमा प्रस्थान गरेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार बेनी—जोमसोम अवरुद्ध सडक खुलेसंगै कोरलानाकाबाट पैठारी गरिएका मालवस्तु बोकेका कन्टेनरहरु मुस्ताङबाट बाहिरिन थालेका छन् । उनका अनुसार […]

बूढीगण्डकीको मुख्य बाढी पास भइसक्यो, चितवनमा बस्ती डुबाउने जोखिम छैन

जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीले गोरखाको बूढीगण्डकी नदीमा आएको मुख्य बाढी पास भइसकेको र तल्लो तटीय क्षेत्रमा बस्ती डुबाउने गरी ठूलो बाढी आउने सम्भावना तत्काललाई नदेखिएको बताएका छन्। उनका अनुसार बाढी बेनीघाट आसपास पुगेको छ भने थप तीनदेखि चार घण्टामा चितवन पुग्ने अनुमान छ। बूढीगण्डकी नदीको बहाव आरुघाटमा करिब सात […]

मेरिटोक्रेसीका नाममा विवादास्पद व्यक्तिलाई इन्जिनियरिङ परिषदमा नियुक्ति

जेनजी आन्दोलनपछि विकसित राजनीतिक परिस्थितिका बिच सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको अपार विश्वास प्राप्त गरे पनि सोही पार्टीको नेतृत्वमा रहेको सरकारले त्यस अनुसार भरोसा कायम राख्न सकेको छैन । भ्रष्टाचार र बेथितिविरुद्ध युवाले गत वर्ष भदौमा जेनजी आन्दोलन गरेका थिए । गत फागुनमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा जनताले पुराना राजनीतिक दललाई पाखा लगाउँदै राष्ट्रिय […]

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालयको एचईओसी सक्रिय

तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (एचईओसी) सक्रिय गरिएको बताएकी छन्। स्वास्थ्य आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै केन्द्र सक्रिय गरिएको उनले बताएकी हुन्। बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, आकस्मिक उपचार वा अन्य स्वास्थ्यसम्बन्धी सहयोग आवश्यक परेमा १११५ मा सम्पर्क गर्न उनले आग्रह गरेकी छन्। विपद्का बेला […]

कांग्रेस महाधिवेशन : आज तीन समूहको मतगणना, यस्ता उम्मेदवारले प्रतिनिधि राख्न नपाउने

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यको मतगणना जारी छ। उपसभापति र महामन्त्री पदको मतगणना भइरहेको छ।कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार आज बिहान ११ बजेदेखि सहमहामन्त्री (महिला), सहमहामन्त्री (खुला) र केन्द्रीय सदस्य (महिला खुला) पदको मतगणना सुरु हुने भएको छ। त्यस्तै, दिउँसो १२ बजेदेखि सहमहामन्त्री (आदिवासी जनजाति), केन्द्रीय सदस्य (आदिवासी जनजाति खुला) र […]

आज यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव छ। हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भूभागमा आंशिक बादल लागेको छ। आज दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थान तथा गण्डकी, लुम्बिनी र […]