वीरगञ्जमा समाचार सङकलन गर्ने क्रममा तीन पत्रकार घाइते

पर्सा प्रहरी कार्यलय नजिकमा भएको प्रदर्शनको समाचार सङकलन गर्ने क्रममा तीन जना पत्रकार घाइते भएका छन । हिन्दुवादीहरुले गरेको प्रदर्शनको समाचार सङकलन गरिरहेका पत्रकार एभी न्युज टिभीका अर्जुन गुप्ता, मध्य नेपाल सन्देशका अनिल ओेझा र चन्द्रसूर्य वाणीका धिरेन्द्र तिवारी घाइते भएका हुन् । गुप्ताको टाउको फुटेको छ भने ओझा र तिवारीको खुट्टामा गम्भीर चोट लागेको […]
जिब्रो छेड्ने जात्रा सम्पन्न

बिस्का जात्रा अन्तर्गत मङ्गलवार भक्तपुरको बोडेमा जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ । यस वर्ष पनि सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिनुभयो । प्रत्येक वर्ष वैशाख २ गते भक्तपुरमा जिब्रो छेड्ने जात्रा मनाइन्छ । लिखित इतिहास नभए पनि जिब्रो छेड्ने परम्परा प्राचिन कालदेखि चल्दै आएको मानिन्छ । जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि […]
देशभरि मौसमको आंशिक प्रभाव, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागद्वारा जारी मौसम बुलेटिनअनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ, भने अन्य स्थानमा मौसम मुख्यतः सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। त्यस्तै, कोशी, गण्डकी […]
आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबारको लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ७० पैसा र बिक्रीदर १३९ रुपैयाँ ३० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ १४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७९ रुपैयाँ १७ […]
आयो रे आयो ह्याप्पी होली’ सार्वजनिक

होली पर्व नजिकिँदै गर्दा यससँग सम्बन्धित गीतहरू बजारमा आउन थालेका छन्। यसै क्रममा समीक्षा अधिकारी र विश्व चौधरीको स्वरमा रहेको होली गीत ‘आयो रे आयो ह्याप्पी होली’ सार्वजनिक भएको छ। थारू समुदायमा होली अर्थात् धुरहेरी पर्वको आफ्नै ऐतिहासिक, धार्मिक, र सांस्कृतिक महत्त्व रहेको छ। हिन्दूहरूको महत्वपूर्ण पर्व फागु पूर्णिमालाई केन्द्रमा राखेर तयार गरिएको यस गीतमा […]
आर्मीलाई हराउदै एपीएफले हासिल गर्यो महिला गोल्डकपको उपाधि

रोसन काफ्ले विभागीय टोली आर्मी र एपिएफ क्लबबीचको फाइनल भिडन्तमा एपिएफ च्याम्पियन बनेको छ । इलाम सदरमुकामको ठूलो टुँडिखेलमा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको उपाधि एपिएफले जितेको हो । आजको फाइनल खेलमा विभागीय टोली आर्मीलाई २/१ गोलान्तरले हराउँदै एपिएफले उपाधि कब्जा गरेको हो । सुरुबाटै आर्मीविरुद्ध हाबी भएको एपिएफले खेलको २५ मिनेटमा पेनाल्टीबाट गोल […]
नेपालमा भेटिए छेपारोका तीन नयाँ प्रजाति

नेपालमा छेपारोका तीन नयाँ प्रजाति फेला परेका छन् । वेन्ट–टोड गेक्को अर्थात् माउसुली परिवारमा पर्ने यी छेपारा चितवन–अन्नपूर्ण भू–परिधिअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र र चितवनको उत्तरी क्षेत्रमा फेला परेको हो । उक्त पहिचान तथा नामकरण गरी हालै अन्तर्राष्ट्रिय जर्नल ‘जुट्याक्सा’मा प्रकाशित गरिएको अनुसन्धानकर्ता एवं संरक्षणकर्मी सन्तोष भट्टराईले जानकारी दिनुभयो । उहाँकै नेतृत्वको अनुसन्धान […]
जनताको जीवन वदल्ने अभियानमा लाग्न प्रचण्डको अपिल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको जीवन बदल्ने अभियानमा सबै राजनीतिक दल केन्द्रित हुनुपर्ने बताएका छन्। रौतहटको गरुडा नगरपालिका–५ ले सञ्चालन गरेको विपन्न नागरिक सहयोग कार्यक्रमको उद्घाटन गर्दै उनले विपन्न वर्गको उत्थान राजनीतिक दलहरूको साझा दायित्व भएको उल्लेख गरे। समाजवाद स्थापनाका लागि जनताको आर्थिक तथा सामाजिक रूपान्तरण आवश्यक भएकाले कम्युनिस्ट पार्टीहरू त्यसतर्फ […]
श्रीमानले अर्कै विवाह गरेपछि आत्महत्या

गैरकानुनी बाटो हुँदै दलालको प्रलोभनमा परी कुवेत पुगेकी एक महिलाले आत्महत्या गरेकी छन् । कुवेतस्थित रिघाइमा कार्यरत सिन्धुपाल्चोक घर भएकी निर्मला दोङ तमाङले आत्महत्या गरेकी हुन् । कुवेतमै कार्यरत रहेका सामाजिक अभियन्ता घनश्याम थापामगरका अनुसार निर्मलाले गत १८ फेब्रुअरीमा आत्महत्या गरेकी हुन् । घरेलु कामदारका रूपमा कार्यरत उनले दुबईमा रहेका श्रीमानले अर्कै केटीसँग लिभिङ टुगेदरमा […]
उपाधिका लागि आर्मी र एपिएफ भिड्दै

इलामको ठूलो टुडिखेलमा जारी दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्ड कपको उपाधि भिडन्त विभागीय क्लबहरू एपिएफ एफसी र त्रिभुवन आर्मी एफसीबीच हुने भएको छ। प्रतियोगिताको फाइनल खेल विभागीय डर्बीका रूपमा रोचक बन्ने अपेक्षा गरिएको छ। त्रिभुवन आर्मी एफसीले पहिलो खेलमा साविक विजेता भारतको मानेभञ्ज्याङलाई पराजित गर्दै सेमिफाइनलमा आयोजक ओएसिस क्लब इलामलाई हराउँदै फाइनल यात्रा तय गरेको […]