सरकार र शिक्षकबीच वार्ता सुरु

सरकार र शिक्षक महासंघबीच वार्ता सुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता भइरहेको हो । शिक्षक महासंघले प्रस्ताव गरेको ९ बुँदेमा सहमति जुटाउने गरी छलफल अगाडि बढेको महासंघका नेताहरूले बताएका छन् ।शिक्षकको आन्दोलन २० चैतदेखि काठमाडौंमा जारी छ ।
रुस-युक्रेन शान्ति प्रयासबाट पछि हट्न सक्ने अमेरिकी धम्की

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मंगलबार रूस र युक्रेनले ‘ठोस प्रस्तावहरू’ अघि नसारे अमेरिकाले मध्यस्थता छाड्ने चेनावनी दिएका छन् । उनका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रारम्भिक प्राथमिकतामा अमेरिकी धैर्य कम हुँदै गएको छ । ट्रम्पले ह्वाइट हाउसमा फर्केको पहिलो २४ घण्टामै युद्ध अन्त्य गर्ने वाचा गरेका थिए । तर, उनले कार्यालयमा एक सय दिन मनाउँदै […]
अध्यक्ष बरालद्वारा नेपाल रेडक्रस कास्की शाखाको गोदाम तथा विपद् सिकाइ केन्द्र भवनको शिलान्यास

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको गोदाम घर तथा विपद् सिकाइ केन्द्र भवनको शिलान्यास एक विशेष कार्यक्रमका बीच सम्पन्न भएको छ। पोखरा महानगरपालिका वडा नं ८ मा निर्माण हुने उक्त भवनको शिलान्यास वडा अध्यक्ष रूद्रनाथ बरालले गरेका हुन्। कार्यक्रममा बोल्दै अध्यक्ष बरालले रेडक्रसले आपतकालीन सेवा, विपद् व्यवस्थापन र मानव सेवा क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै, […]
आज अक्षय तृतीया पर्ब मनाइँदै

पोखरा बैशाख १७/ प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवम् सेवन गरी मनाइँदैछ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको […]
डोटीमा सवारी दुर्घटना, एकको मृत्यु, छ जना घाइते

धनगढीबाट बैतडीको पुर्चौडी गइरहेको सूपप्र ०२००१ ज ०५६७ नम्बरको जिप डोटीको जोरायल गाउँपालिका–२ मेलखोला स्थित भीमदत्त राजमार्गमा गए राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख विनोद शर्माका अनुसार दुर्घटनामा ४५ वर्षीय हर्कबहादुर नेगीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते हुनुभएका नेगीलाई […]
तनहुँमा पृथ्वीराज मार्ग मर्मत तथा विस्तार आयोजनाको स्काभेटरमा आगजनी

पोखरा, १७ बैशाख २०८२।तनहुँमा पृथ्वीराज मार्ग मर्मत तथा विस्तार आयोजनाको स्काभेटरमा आगजनी भएको छ । नगरपालिकाको स्वीकृत लिएर नदीजन्य पदार्थ उत्खनन्मा प्रयोग भएको निर्माण कम्पनीको स्काभेटरमा मंगलबार विहान शुक्लागण्डकी नगरपालिका- ५ मा आगजानी भएको हो । शुक्लागण्डकी नगरपालिकाका नगर प्रहरी प्रमुख रामशरण कार्कीका अनुसार घटनास्थलमा आगो लगाउन प्रयोग भएको कपडा फेला परेकाले घटना नियोजित रुपमा […]
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

वैशाखः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ १३ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको […]
आज अन्तरराष्ट्रिय ज्याज दिवस

आज अन्तरराष्ट्रिय ज्याज दिवस हो । विभिन्न वाद्ययन्त्रहरूको सुमधुर धुनयुक्त ज्याज सङ्गीत २०औँ शताब्दीको सुरुदेखि प्रचलनमा आएको हो । पश्चिमा मुलुकमा युवापुस्तामाझ यो सङ्गीत लोकप्रिय छ । सन् २०११ को नोभेम्बरमा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)को महासभाले एप्रिल ३० लाई अन्तरराष्ट्रिय ज्याज दिवसका रूपमा मनाउने घोषणा गरेअनुरुप आज यो दिवस विश्वभर मनाइन्छ […]
आज कहाँ कहाँ वर्षातको सम्भावाना छ ?

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको साथै बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का हल्का वर्षा भइरहेको छ। […]
शिक्षा क्षेत्रको लुटतन्त्र अन्त्य होस् : सचिव बस्नेत

लामो समयदेखि शिक्षक आन्दोलनका कारण ठप्प भएको शैक्षिक गतिविधि पुनः सञ्चालन गर्ने पोखरा महानगरपालिकाको निर्णयलाई नेकपा (एमाले) पोखरा महानगर कमिटीले स्वागत गरेको छ। तर शिक्षा क्षेत्रमा व्याप्त गम्भीर समस्याहरू समाधान नगरी केवल स्कुल खोल्नु पर्याप्त नहुने भन्दै कमिटी सचिव शुसिल बस्नेतले शिक्षा प्रणालीमा सुधारको माग गरेका छन्। सचिव बस्नेतले पोखरा महानगरभित्रका केही निजी तथा संस्थागत […]