पोखरा महानगरको पहलमा सिधा हवाई सेवा विस्तारबारे छलफल

पोखरा, २६ वैशाख ।पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट देशका विभिन्न सहरहरूमा सिधा हवाई सेवा सञ्चालनको सम्भावना बारे छलफल भएको छ । पोखरा महानगरपालिकाको पहलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इ.प्रदीप अधिकारी र निजी क्षेत्रका हवाई सेवा प्रदायक आन्तरिक उडान कम्पनीका अधिकारीहरू बिच छलफल भएको […]
राष्ट्रपति निवासमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । भेटका विषयमा थप खुलाइएको छैन । यद्यपि आन्तरिक राजनीति तरंगित भइरहेका बेला भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच शुक्रबार भेटवार्ता भएको छ । राष्ट्रपति निवासमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । भेटका विषयमा थप खुलाइएको छैन । यद्यपि आन्तरिक राजनीति तरंगित भइरहेका बेला भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आइतबार पनि जारी रहने

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्को संयुक्त सदनमा पेस गरेको नीति तथा कार्यक्रममाथिको छलफल आइतबार पनि जारी रहने भएको छ । २२ गतेबाट सुरु भएको नीति तथा कार्यक्रममाथिको छलफल आइतबार पनि जारी रहने सभामुख देवराज घिमिरेले जानकारी दिए । नीति तथा कार्यक्तममाथिको छलफल २२, २३, २४, २५ र २६ गते भइसकेको छ । […]
असारभित्र ८ वर्ष पुराना मुद्दा शून्य बनाउने लक्ष्यमा सफलता हासिल हुँदैछ : प्रधानन्यायाधीश

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले सर्वोच्च अदालतमा रहेका आठ वर्ष नाघेका पुराना मुद्दा असार मसान्तभित्र शून्य बनाउने लक्ष्यमा सफलता हासिल भैरहेको बताएका छन् । ७३ औँ कानून दिवसका अवसरमा सर्वोच्च अदालतद्वारा आयोजित चियापान समारोहमा उनले ८ वर्ष पुराना मुद्दा र २०८३ असार मसान्तसम्म ५ वर्ष पुराना मुद्दा शून्यमा झार्ने लक्ष्यमा अधिकतम् सफलता हासिल भैरहेको बताए । सर्वोच्चको […]
महानगरबाट अहिलेसम्म ५२ हजार ७ सय ४० ले निःशुल्क कानुनी सेवा लिए : उपप्रमुख डंगोल

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले अहिलेसम्म काठमाडौँ महानगरपालिकाबाट ५२ हजार ७ सय ४० जनाले निःशुल्क कानुनी सेवा लिएको बताएकी छन् । कानुन दिवसको अवसरमा विशेष अदालतले आज आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताएकी हुन् । ‘कानुनी सेवालाई सबैका लागि पहुँचयोग्य र सर्वसुलभ बनाउनुपर्छ भन्ने उद्देश्यसहित काठमाडौँ महानगरपालिकाले निःशुल्क कानुनी सेवा दिदैँ आएको छ,’ उनले भनिन्, […]
अछाममा बलात्कार मुद्दाका फरार अभियुक्त पक्राउ

जबरजस्ती करणी, मानव बेचबिखन तथा शरीर बन्धक मुद्दामा फरार रहेका एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बस्ने २३ वर्षीय मोहन बहादुर चन्द रहेका छन् । चन्दले परिवर्तित नाम ६९ मंगलसेन ६४ की युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा २०८१ साल माघ ४ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिएको थियो । […]
आरआर क्याम्पसमा तोडफोड गर्ने नेविसंघका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी

प्रदर्शनी मार्गमा रहेको रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा तोडफोड गरेको अभियोगमा नेविसंघका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । वैशाख २२ गते नेविसंघका नेता तथा कार्यकर्ताहरूले आरआरमा तोडफोड गरेका थिए । तोडफोडमा संलग्न १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । क्याम्पस प्रशासनले दिएको जाहेरीका आधारमा प्रहरीले १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । आरआर […]
प्रदीप नेपाल कठोर कम्युनिस्ट नियमबाट बाहिर निस्केर खुलापनका पक्षपोषण गर्ने नेता : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व मन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधनमा दुःख व्यक्त गर्दै परिवारलाई समवेदना पठाएका छन्। राष्ट्रपति पौडेलले समवेदना पठाउँदै नेपाललाई भिन्न मतहरूलाई प्रस्ट ढङ्गले आफ्ना विचारलाई राख्ने नेपाल कठोर कम्युनिस्ट नियमबाट बाहिर निस्केर खुलापनका पक्षपोषण गर्ने नेता रहेको उल्लेख गरेका छन् । विचारमा कठोर, जीवनशैलीमा सरल, अनि बहसमा निर्भीक प्रदीप नेपाल सम्मानको […]
पूर्वराजाको नाममा उठाएको पैसा बुझे नवराज सुवेदीले

राजावादी समूहले चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शन गरेपछि काठमाडौँ महानगरपालिकाले त्यसको भोलिपल्ट पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र काट्यो । राजावादीले वातावरण प्रदूषण गरेको लगायतका शीर्षकमा महानगरले ७ लाख ९३ हजार जरिवाना गर्ने निर्णयसहित पत्र काटेको थियो । महानगरपालिकाले पूर्वराजा शाहलाई ८ वटा पत्र काटेपछि राजावादीले भने पूर्वराजा आयोजक नभएकाले उनलाई पत्र काट्नु न्याससंगठन भएको […]
दाइजोप्रथा अन्त्यका लागि कानुन बनाएर तत्काल कार्यान्वयन गर्नुपर्छ : मीना यादव

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की नेत्री तथा प्रतिनिधिसभा सदस्य मीना यादवले अस्थिर सरकार भएका कारण देशको विकास हुन नसकेको टिप्पणी गरेकी छन् । उनले भनेका छन्, ‘जुन पार्टीको नेतृत्वमा सरकार बने पनि बढीमा एक वर्ष वा दुई वर्ष मात्रै चलेको छ, खाली सरकार बनाउने र ढाल्ने खेल मात्रै भइरहेको छ, जनचासोका विषयमा कसैलाई मतलब […]