राजावादीको आन्दोलन मत्थर भएपछि काठमाडौँको निषेधाज्ञा फिर्ता

राजावादीहरूको आन्दोलन मत्थर भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले चक्रपथभित्र र अन्य सार्वजनिक स्थानमा लगाएको निषेधाज्ञा हटाएको छ । आन्दोलनलाई लक्षित गर्दै विभिन्न सार्वजनिक स्थानमा भेला, जुलुस, धर्ना र प्रदर्शन गर्न लगाएको प्रतिबन्ध लगाएको थियो । कार्यालयले आज एक सूचना जारी गर्दै गत जेठ १८ गतेको आदेश खारेज भएको जानकारी दिएको हो। यसअघि प्रशासनले जेठ १८ […]
आलमलाई सफाइ दिने दुई न्यायाधीश छानबिनमा

नेपाली कांग्रेसका नेता अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका दुई न्यायाधीशलाई न्याय परिषदले छानबिनका लागि तानेको छ। न्यायाधीश खुसीराम थारु र अर्जुन महर्जनविरुद्ध परिषदमा उजुरी परेको थियो। न्याय परिषदमा यसअघि दुवै न्यायाधीशको सुरक्षा र कार्यक्षेत्रबाट हटाउने विषयमा छलफल भए पनि सहमति नहुँदा निर्णय रोकिएको थियो। यसबीचमा न्यायाधीश थारुमाथि दुव्र्यवहार भएको घटना […]
आज भारी वर्षा र हावाहुरी समेतको सम्भावना

अहिले कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव छ। देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसका अतिरिक्त नेपालको मौसम प्रणालीमा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यूनचापिय क्षेत्रको समेत आंशिक प्रभाव छ। शुक्रबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। […]
भिजिट भिसामा ठगिएका २ हजार नेपाली सम्पर्कमा आएको रास्वपाको दाबी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २ हजारभन्दा धेरै भिजिट भिसा पीडित नेपाली आफूहरूको सम्पर्कमा आएको बताएको छ । जेठ १४ गते रास्वपाले भिजिट भिसा वा मानव तस्करीसँग सम्बन्धित प्रकरणका कारण ठगिएका नेपालीलाई सम्पर्कमा आउन आह्वान गरेको थियो थियो । ‘त्यो क्रममा भर्चुअल र फिजिकल माध्यमबाट २ हजार भन्दा धेरै पीडित नेपाली नागरिक सम्पर्कमा आए,’ रास्वपाका […]
चार प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने

हाल देशमा कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। यसका साथै देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव छ। नेपालको मौसम प्रणालीमा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रको […]
लगातार बढिरहेछ डलरको मूल्य, आज कति पुग्यो?

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर मूल्य लगातार बढिरहेको छ। आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ। बुधबार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३८ रुपैयाँ २९ पैसा थियो। […]
पाँचऔंलेलगायतका जडिबुटीसहित एकजना पक्राउ

पाँचऔंलेलगायत विभिन्न जडिबुटीसहित जिल्ला प्रहरी कार्यालय रुपन्देहीले एकजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक सुरज कार्कीका अनुसार बुधबार दिउँसो १ बजे बुटवल उपमहानगरपालिका– २ आँखा अस्पताल भिमसेन टोलबाट ती व्यक्तिलाई पक्राउ गरिएको हो। इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले सोही स्थान बस्ने अहमद्दीन अलीको घर भाडामा लिई बस्दै आएका जुम्ला कन्कासुन्दरी […]
एशिया कप छनोटको तयारी गर्दै नेपाल

एएफसी एशिया कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टोली अहिले प्रशिक्षण गरिरहेको छ । नवनियुक्त मुख्य प्रशिक्षक प्याट्रिक डे विल्डेको प्रशिक्षणमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले अहिले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अभ्यास गरिरहेको हो । उज्वेकिस्तानमा हुने क्वालिफायरका लागि महिला टोलीले तयारी गर्दैछन् । फ्रान्समा व्यावसायिक फुटबल खेलिरहेकी सावित्रा भण्डारी पनि टोलीमा जोडिएका छन् […]
राजु पाण्डेलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले पाण्डेको पक्षमा आदेश गर्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेको निलम्बन कारबाही कार्यान्वयन नगर्न भनेको हो । प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले पाण्डेलाई गत जेठ २० गते ६ महिनाका लागि […]
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालद्वारा दर्ज्यानी चिह्न प्रदान

सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका गणेश बहादुर ठाडा मगरलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । मन्त्रिपरिषद्को असार २ गतेको निर्णयले उनी सशस्त्र प्रहरी नायव महानिरीक्षकबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नती भएका थिए । यससँगै महानिरीक्षक अर्यालले बुधबार उनलाई एक कार्यक्रमका बिच दर्ज्यानी चिह्न प्रदान गरेको सशस्त्र […]