निर्वाचनको लागि पुराना दलमै बढी उत्साह, नयाँ दल निराश देखिएः खिमलाल देवकोटा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

निर्वाचनको लागि पुराना दलमै बढी उत्साह, नयाँ दल निराश देखिएः खिमलाल देवकोटावरिष्ठ अधिवक्ता तथा पूर्व सांसद डा. खिमलाल देवकोटाले आगामी फागुन २१ गते हुने निर्वाचनको लागि नयाँ भन्दा पुराना राजनीतिक दलहरूमा बढी उत्साह देखिएको बताएका छन् ।

नेपाल कानून समाजले मंगलबार विज्ञहरुसँग प्रतिनिधि सभा निर्वाचनको सम्बन्धमा आयोजना गरेको छलफलमा उनले पुराना दलहरुमा नै उत्साहित देखिएको बताएका हुन् ।

उनले नयाँ राजनीतिक दलहरू भने विभाजित र निराश अवस्थामा देखिएको टिप्पणी गरे । डा. देवकोटाकाअनुसार पुराना दलहरू सबै क्षेत्रमा संगठित रूपमा उपस्थित छन् ।

उनीहरूको उत्साह नयाँ दलहरूको तुलनामा कम देखिँदैन । जेनजी आन्दोलनबाट नयाँ राजनीतिक शक्तिले ठूलो तागत प्राप्त गर्ने अपेक्षा गरिएको भएपनि व्यवहारमा त्यसको प्रभाव कमजोर देखिएको उनको दाबी छ ।

डा. देवकोटाले पुराना दलहरूसँग बलियो संगठन र सुनिश्चित मतदाता आधार रहेको उल्लेख गर्दै नयाँ दलहरूको संरचनामाथि प्रश्न उठाए ।

उनले भने,पुराना दलहरु सबै फिल्डमा छन् । उनीहरुको उत्साह मैले नयाँ दलहरुको भन्दा कम देखेको छैन । बरु नयाँ दलहरु चाँही विभाजित जस्तो, कोही विरामीजस्तो । कतै चाहीँ कोलिसन गरौँ गरौँ भनेर प्रयत्न गरेजस्तो देखिन्छ । जे ढंगले जेन–जी मुभमेन्ट भएको थियो, त्यो ढंगले तागत प्राप्त भयो भन्ने थियो । तर नयाँ दलमा चाँही असाध्यै बढी निराशा बरु देखिरहेको छ । पुराना दलहरुको बरु ८/१० लाख कमिटिहरु छन्, ज्ञारेन्टेड मतदाताहरु छन् । तर नयाँ दलहरुको लागी तिनको आधार केहो ? संगठन के हो ? सदस्यको आधार के हो ? भन्नेमा चाँही आंशका छ ।’

उनले सबै राजनितिक दलहरु चुनावी मैदानमा होमिईसकेकोले निर्वाचन हुनेका भने कुनै आंशका गर्नुपर्ने स्थिति नरहेको बताए। निर्वाचनपछि चुनावमा अपेक्षित मत प्राप्त गर्न नसकेको दलले निर्वाचनमा धाँदली भएको भन्ने आरोप लगाउने चलन पनि पुरानै रहेको बताए ।