गैरकानूनी रूपमा विदेशमा रहेका नेपालीहरूलाई परराष्ट्रमन्त्रीको आग्रह – अब कानूनी प्रक्रिया अपनाउनू

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले गैरकानूनी रूपमा विदेशमा बसोवास गरिरहेका नेपालीलाई अब कानूनी प्रक्रिया अपनाउन आग्रह गर्नुभएको छ । बिहीबार सिंहदरबारमा आयोजित श्रम सञ्चार एप र वैधानिकीकरण श्रम स्वीकृति शुभारम्भ कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री राणाले २०२४ को सेप्टेम्बरपछि गैर कानूनी रूपमा विदेश जानेहरूलाई वैधानिकता दिन नसकिने स्पष्ट पार्नुभयो । उहाँले विदेश जानेहरूलाई कानुनी रूपमै जानको लागि […]
सुनको मूल्यमा उच्च गिरावट, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ । बिहीबार प्रतितोला ३ सय रुपैयाँ बढेको सुनको मूल्य शुक्रबार एकैदिन प्रतितोला २ हजार ९ सय रुपैयाँ घटेको हो । मूल्य घटेसँगै शुक्रबार सुन प्रतितोला १ लाख ८९ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला १ लाख ९२ […]
बलात्कार आरोपमा पक्राउ परे रुकुम पश्चिमका वाईसीएल नेता

रुकुम पश्चिममा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३० वर्षीय रेशम खत्री छन् । उनी माओवादीको भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) का कर्णाली प्रदेश कमिटी सदस्य समेत हुन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रमेश विष्टका अनुसार, खत्रीविरुद्ध १८ जेठमा १७ वर्षीया किशोरीले जबरजस्ती करणीको […]
कांग्रेस र एमालेबिच बेलाबखत असमझदारी भइरहन्छ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता साझेदार दल नेकपा एमालेसँग बेलाबखत असमझदारी भइरहने बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै सभापति देउवाले कांग्रेस–एमाले फरक दल भएकाले इश्युपिच्छे असमझदारी देखिनु सामान्य भएको बताए । उनले दुई दलबिच असमझदारी देखिए पनि सरकार आपसी सहमतिअनुसार अगाडि बढिरहेको बताए । ‘एमाले फरक दल भएकाले कहिले कहिले असमझदारी […]
सन्दीप लामिछाने र ललित राजवंशीले आईसीसी र्याङकिङमा मारे छलाङ

-नेपाली राष्ट्रिय क्रिकेट टोलीका दुई स्पिनर सन्दीप लामिछाने र ललितनारायण राजवंशीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टीट्वेन्टी अन्तर्राष्ट्रिय वरीयतामा छलाङ मारेका छन्। टीट्वेन्टी बलरतर्फ लेग स्पिनर सन्दीप लामिछानेले एकैपटक ४१ स्थान सुधार गर्दै ७५औं स्थानमा उक्लिएका छन्। उनले स्कटल्यान्डमा भएको टीट्वेन्टी अन्तर्राष्ट्रिय शृंखलाको चार खेलमा नौ विकेट लिएका थिए। यसैगरी बायाँहाते स्पिनर ललितनारायण राजवंशी पनि […]
चार प्रदेशमा आज भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव छ। शुक्रबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो तीन घन्टामा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भएको छ। डोल्पाको जुफल विमानस्थलमा पछिल्लो तीन घन्टामा १९.८ मिलिमिटर वर्षा भएको छ। पछिल्लो १२ घन्टामा कास्कीको लुम्लेमा ८६.२ मिलिमिटर […]
टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा छाड्न आदेश

टिकटकर रमा बस्नेतलाई ३० हजार धरौटीमा रिहा हुने भएकी छन्।जिल्ला अदालत काठमाडौँका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले बस्नेतलाई धरौटीमा छाड्न आदेश गरेको हो। बस्नेतलाई नेपाल प्रहरीको साइबर ब्युरोले असार १ गते पक्राउ गरेको थियो।टिकटकमा नेताहरूमाथि गालीगलौज गर्दै भिडिओ बनाएको आरोपमा उनी पक्राउ परेकी थिइन्। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ स्थायी ठेगाना भई हाल भक्तपुरमा बसोबास गर्ने बस्नेतलाई […]
दमौलीमा पानीको हाहाकार

तनहुँको सदरमुकामस्थित दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था व्यास–४ ले वितरण गर्दै आएको खानेपानी धारामा नआएपछि यतिबेला हाहाकार भएको छ । व्यास–२ र ३ नम्बरका स्थानीयवासीले अमरापुरीस्थित प्रेम कुवा, पानीघट्टा र पञ्चमन्दिर धारालगायत स्थानमा एक गाग्री पानी लिन सर्वसाधारणले लामो समय कुर्नुपरेको छ । धारामा पानी नआएपछि सार्वजनिक कुवा र धारामा पानी लिन सर्वसाधारण बिहानदेखि […]
विदेशमा रहेका नेपालीको सूचना संकलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा

श्रम गन्तव्य मुलुकहरुमा रहेका नेपालीहरुको सूचना र विवरण संकलन गर्ने उद्देश्य राखी संसारभरिका नेपाली डायस्पोराकै विवरण संकलन गर्न सक्ने गरी निर्माण गरिएको ‘श्रम संसार एप’ आजदेखि सञ्चालानमा ल्याइएको छ। परराष्ट्र मन्त्री डा आरजु राणा देउवा र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले सो एपको परराष्ट्र मन्त्रालयबाट शुभारम्भ गरेका हुन्। यो एपमा विदेशमा […]
ब्राउन सुगरसहित दुई भारतीय पक्राउ

भारतबाट लागुऔषधसहित नेपाल आएका दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। सिराहाको दक्षिणी सीमावर्ती भगवानपुर गाउँपालिका–४, ठाँडी बजारमा प्रहरीको टोलीले भारतीय नम्बर प्लेटको गाडी बिआर ३२ एडी ६९९३ मा सवार दुई भारतीय नागरिकलाई चेकजाँच गर्ने क्रममा लागुऔषध ब्राउन सुगरसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुबनी जिल्लाको ग्राम पञ्चायत झौरा पथराहीका ४० वर्षीय […]