केराको मूल्य बढ्यो, दर्जको कति?

बजारमा केराको मूल्य बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो। कालीमाटी बजारमा मंगलबार केरा प्रतिदर्जन थोक मूल्य न्यूनतम एक सय ३० देखि अधिकतम एक सय ४० रूपैयाँमा बिक्री भइरहेको छ। अघिल्लो दिनको तुलनामा यो प्रतिदर्जन पाँच रूपैयाँ महँगो हो। सोमबार केरा प्रतिदर्जन थोक मूल्य न्यूनतम एक सय २५ देखि […]

हेटौँडामा प्रहरी अस्पताल शिलान्यास

हेटौँडामा प्रहरी अस्पतालको शिलान्यास गरिएको छ । बागमती प्रदेश सरकारको सहयोगमा मंगलबार बिहान प्रदेशस्तरीय प्रहरी अस्पताल निर्माणको शिलान्यास गरिएको हो । हेटौँडा उपमहानगरपालिका–१७ स्थित हटियामा बागमती अस्पतालको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले शिलान्यास गरेका हुन् । अस्पताल शिलान्यासपछि मन्त्री लामिछानेले अस्पताल निर्माणपछि प्रहरी कर्मचारीसँगै स्थानीय बासिन्दासमेत लाभान्वित हुने बताए । प्रदेशको सुरक्षाको […]

प्रचण्डलाई ओलीको जवाफ- फ्लडलाइट र प्यारापिट हेर्न कीर्तिपुर जानुुस्

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फ्लडलाइट र प्यारापिट हेर्न कीर्तिपुर जान आग्रह गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले प्रतिनिधिसभामा सोधेको प्रश्नको उत्तर प्रधानमन्त्री ओलीले फेसबुकमार्फत दिएका हुन् । प्रचण्डले ३ सय दिनमा फ्लडलाइट र प्यारापिट कहाँ बन्यो भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका थिए । आफ्नो नेतृत्वको सरकारले […]

फुस्रे खोलामा पौडी खेल्ने क्रममा बेपत्ता प्रकाश त्रिपाठीको शव फेला

पोखरा असार ३०/ पोखरामा पौडी खेल्ने क्रममा बेपत्ता भएका पुरूषको शव फेला परेको छ । पोखरा महानगरपालिका(१७ पावरहाउसस्थित फुस्रे खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका पोखरा महानगरपालिका ५ प्रस्याङ बस्ने ३० वर्षीय प्रकाश त्रिपाठीको शव फेला परको हो । आइतबार बिहान सशस्त्र प्रहरीले शव फेला पारेको सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । ‘गोताखोरसहितको सुरक्षा […]

बागलुङमा गएराती बोलेरो जिप भीरबाट खस्यो : १६ जना घाइते

बागलुङको ताराखोलामा गएराती बोलेरो जिप भीरबाट खस्दा १६ जना घाइते भएका छन्। जिल्लाको ताराखोलादेखि गल्कोटतर्फ फर्कदै गरेको ग १ ज ७१८९ न को बोलेरो पिक अप जिप ताराखोला ३ पिरेचास्थित बगरदेखि केहि तल आइतबार राति करिब १० बजेतिर भीरबाट खस्दा १६ जना घाइते भएका हुन्। जिप मोटरबाटो देखि करिब ३० मिटर तल खसेको बताइएको छ। […]

गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध

गुल्मीका धेरैजसो ठाउँमा विद्युत आपूर्ति बन्द भएको छ । आइतबार रातिदेखि विद्युत सेवा अवरुद्ध भएको हो । कपिलवस्तुको मोतिपुर नजिकै रहेको १३२ केभी प्रसारण लाइनको टावरमा हावाहुरीका कारण क्षति पुगेपछि गुल्मी वितरण केन्द्रअन्तर्गतको सेवा अवरुद्ध भएको हो । नेपाल विद्युत प्राधिकरण, गुल्मी वितरण केन्द्रका अनुसार प्रसारण लाइनमा समस्या देखिएपछि सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण गुल्मी […]

एयर इन्डिया दुर्घटना : पाइलटले जानाजान दुर्घटना गराएको हुनसक्ने विशेषज्ञको आशंका

एयर इन्डिया उडान १७१ को दुर्घटना जानाजानी पाइलटद्वारा गराइएको हुन सक्ने आशंका एक वरिष्ठ विमान सुरक्षा विशेषज्ञले गरेका छन्। भारतका प्रख्यात विमान सुरक्षा विज्ञ क्याप्टेन मोहन रंगनाथनले इन्धन नियन्त्रण स्विचहरू र ककपिट अडियोको आधारमा यो दुर्घटना मानवनिर्मित हुन सक्ने बताएका हुन्। उनका अनुसार, बोइङ ७८७ ड्रीमलाइनरको इन्जिनमा इन्धन आपूर्ति काट्ने स्विचहरू स्वत: बन्द हुँदैनन्, तिनलाई […]

जंगली हात्तीले लियो महिलाको ज्यान

मोरङको बेलबारीमा जंगली हात्तीको आक्रमणमा परेर घाइते बनेकी एक महिलाको उपचारका क्रममा ज्यान गएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बेलबारी नगरपालिका– ८ की ४५ वर्षीया अमिना राजवंशीको  उपचारका क्रममा आइतबार राति मृत्यु भएको हो। आइतबार दिउँसो तीन बजेको समयमा घर नजिकै रहेको खेतमा पानी लगाउन गएकी राजवंशी  जंगलबाट निस्केको हात्तीले आक्रमण गरेको थियो। न्युरो अस्पताल […]

सेनाले गर्‍यो सकेट बम डिस्पोज

नेपाली सेनाले जुम्लामा सकेट बम डिस्पोज गरेको छ। सोमबार नेपाली सेनाले तातोपानी गाउँपालिका-४ स्थित जैइतपुरको चउरमा सकेट बम डिस्पोज गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। नेपाल प्रहरीको टोली गस्ती जानेक्रममा सकेट बम फेला परेको थियो। बम फेला परेपछि सेनालाई बोलाइएको थियो। बम डिस्पोजल टोली गएर त्यसलाई निष्क्रिय पारेको हो।

पंखाको तार जोड्दा अचानक करेन्ट लाग्यो, उपचार क्रममा मृत्यु

रूपन्देहीको गैंडहवामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय सूर्यपुराका अनुसार गैंडहवा गाउँपालिका वडा नं. ६ लोधपुरवाका २५ वर्षीय अनिल प्रसाद मौर्यको करेन्ट लागेर मृत्यु भएको हो। आइतबार साँझ सवा ८ बजेतिर आफ्नै घरको सुत्ने कोठामा रहेको टेबल पंखाको तार जोड्ने क्रममा अचानक करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए। करेन्ट लागेर […]