अविरल वर्षाले वीरगञ्ज महानगरका अधिकांश क्षेत्रमा डुबानको समस्या

अविरल बर्सातले वीरगञ्ज महानगर क्षेत्रमा डुबानको समस्या देखिएको छ। शनिबारदेखि परेको भारी वर्षाको कारणले महानगरको अधिकांश वडामा डुबानको जोखिम उच्च देखिएको हो। वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले लगातार वर्षाको कारणले महानगरमा विभिन्न स्थानमा डुबानको समस्या देखिएको जानकारी दिनुभयो। ‘लगातार ठूलो वर्षाको कारणले पानीको निकासको समस्या देखिएको छ । तर, डुबानकै कारणले अहिलेसम्म यहाँ धनजनको क्षति […]
बारा अपडेटः टीकटक बनाउन खोलामा हाम फालेका थिए, बेपत्ता भए

बाढी पहिरोको जोखिमका बेला सुरक्षा अपनाउनका लागि सरकारले अपील गरे पनि कतिपय रमाइलो गर्ने गतिविधिको प्रयोजनका क्रममा लाग्दा दुख भोग्नुपर्ने अवस्थामा पुगेका छन्। यस्तै घटना बारा जिल्लामा भएको छ। टीकटक बनाउन खोलामा हाम फालेका एक जना बेपत्ता भएका छन्। प्रसौनी गाउँपालिका वडा नं २ बस्ने २१ वर्षीय विक्की गोसाईं बेपत्ता भएका हुन्। बिहान साढे ९ […]
यस्तो छ भक्तपुरमा अविरल वर्षाको असर

गत शुक्रबारदेखि परेको अविरल वर्षाले भक्तपुरको जनजीवन आंशिक प्रभावित बन्न पुगेको छ । जिल्लाको विभिन्न स्थानमा पहिरो जानुका साथै सडक अवरुद्ध भएका छन् भने डुबानसमेत भएको छ । वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत सूर्य विनायक साँगा सडक खण्डमा पहिराले बाटो अवरुद्ध भएको छ । शनिवार गएको पहिरो पन्छाइ सडक खुलाउने प्रयास भइरहेको छ । सूर्यविनयक–७ किवा […]
माईखोला गाउँ पस्दा झापामा ५ सय परिवार विस्थापित

अविरल वर्षाको कारण झापाको झापा गाउँपालिका र शिवसत्ताक्षी नगरपालिकाका विभिन्न वडामा माई खोलाको बाढी पसेको छ। बाढी गाउँ पस्दा दुई पालिकाका करिब ५ सय परिवार विस्थापित भएका प्रहरीले जनाएको छ। झापा गाउँपालिका वडा नम्बर २ सुगा बथानमा बाढी गाउँ पसेको हो। माई खोला गाउँ पस्दा ५६ घर विस्थापित भएका छन्। उनीहरूलाई उद्धार गरी नजिकैको विद्यालयमा […]
रौतहटमा चट्याङ लागेर ३ को मृत्यु

रौतहटमा शनिबार साँझ हावाहुरी र अविरल वर्षासँग परेको चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ भने प्रहरीको उपकरणमा समेत क्षति पुगेको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीका अनुसार शनिवार साँझ ६ बजे परेको चट्याङ लागेर कटहरिया नगरपालिका २ हंथियाहि गाउँका दुईजना र भारतीय सिमानासँग जोडिएको ईशनाथ नगरपालिका ८ मनसरी गाउँका एकजना गरी तीन जनाको […]
सर्लाहीको मनुसमारा आसपासमा २२३ मिलिमिटर वर्षा, बागमतीको ३५ ढोका खोलियो

सर्लाहीको बसवरिया गाउँपालिकास्थित मनुसमारा क्षेत्रमा भारी वर्षा मापन गरिएको छ। पछिल्ल्लो २४ घण्टामा यहाँ २२३.६ मिलिमिटर वर्षा मापन गरिएको हो। लगातारको भारी वर्षा भएपछि साना खहरे खोला, कुलो तथा जरुवा सिँचाइ ब्यारेजमा समेत पानीको सतह बढेको छ। पानी पर्ने क्रम अझै नरोकिने भएकाले वर्षाको पानीले समेत जिल्लाका विभिन्न स्थानमा बाढी र डुबान बनाउन सक्ने चिन्तामा […]
दसैंकाे चाैथाे दिन: आज पनि आफन्तबाट आशीर्वाद अर्पिन्दै

आश्विन शुक्ल त्रयाेदशी’ दसैंको टीकाको चाैथाे दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदै छ। आज विशेष कारण विजयादशमीका दिन टिका ग्रहण गर्न नपाएकाहरूले आफन्त तथा मान्यजनकाे हातबाट टिका लगाउँदै छन्। नौ दिनसम्म पूजाआराधना गरी विजयादशमीमा देवी विसर्जन गरेपछि सुरु भएको टीका लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम विजयादशमी, एकादशी हुँदै […]
देशभर वर्षा हुने, बाढी, पहिरो र डुबानाको जोखिम कायमै

हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायुको) प्रभाव रहँदा देशभर वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेस प्रदेशका अधिकांश स्थामा पूर्ण बदली रही बागमती, लुम्बिनी प्रदेशमा साधारणतया बदली र बाँकी भू-भागहरुमा आंशिक बदली रहने छ। कोशी र मधेस प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका […]
राइड सेयरिङमा चर्को शुल्क लिए कडा कारबाही गर्ने चेतावनी

मनसुनजन्य विपद्को अवस्थामा यात्रुहरूबाट चर्को शुल्क लिएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले राइड सेयरिङ सेवा प्रदायकलाई कारबाहीको चेतावनी दिएको छ । शनिबार जारी गरिएको कार्यालयको सूचनामा इन्ड्राइभ, पठाओ, यांगोलगायत राइड सेयरिङ गर्ने सवारी साधनहरूले यात्रुहरूबाट अत्यन्तै चर्को मूल्य लिएको गुनासो प्राप्त भएको उल्लेख छ । जिल्ला प्रशासन कार्यालयले यदि कसैले यस्तो किसिमको ठगी गरेको पाइएमा आवश्यक […]
पछिल्लो २४ घन्टामा कहाँ कति पानी पर्यो?

पछिल्लो २४ घन्टामा मधेसमा मुसलधारे वर्षा भएको छ। रौतहटको मशेपुर क्षेत्रमा पछिल्लो २४ घन्टामा ३५२.८ मिलिमिटर वर्षा भएको छ। रौतहटकै गौरमा ३३५, सर्लाही मनुस्मारा २०२.८, मलंगवामा १९१.८, रौतहटको गरूडामा २९९.२ बाराको निजगढमा २०८.८, कलैया २६६.४, पर्साको वीरगञ्ज २८८.४ मा, पर्साको मुडलीमा २३१.८, पर्साकै रंगपुरमा २६२.२ र सिमरा विमानस्थल २०२.४ मिलिमिटर वर्षा भएको छ। काठमाडौं उपत्यकासहित […]