विदेशबाट फर्केर ३० रोपनीमा व्यावसायिक अकबरेखेती

यहाँका एक युवाले व्यावसायिकरुपमा अकबरे खुर्सानी खेती थालेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर १ चौरका असिम तिवारीले स्वदेश फर्केसँगै विदेशमा सिकेको सीपको सदुपयोग गर्दै व्यावसायिकरुपमा अकबरे खुर्सानी खेती सुरु गरेका हुन् ।  यहाँका एक युवाले व्यावसायिकरुपमा अकबरे खुर्सानी खेती थालेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर १ चौरका असिम तिवारीले स्वदेश फर्केसँगै विदेशमा सिकेको […]

सभामुखसहित प्रमुख सचेतकहरूको बैठकमा भएन सहमति

प्रतिनिधिसभामा जेठ १३ गतेदेखिको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेको पहलमा बसेको सत्तापक्ष र प्रतिपक्षी दलहरूको बैठकमा कुनै सहमति हुन सकेन । सभामुख घिमिरेसहित उपसभामुख इन्दिरा रानामगर, कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरासिया, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका प्रमुख सचेतक महेश बर्तौला, प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज […]

झन्डै ७ करोड हिनामिना गरेको आरोपमा सांसदसहित १७ जना विरूद्ध मुद्दा दर्ता

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सत्तारूढ नेकपा (एमाले) मधेस प्रदेशका सांसद दीपेन्द्रकुमार ठाकुरसहित १६ जना र एक कम्पनीविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ। धनुषाको औरही गाउँपालिका-२ स्थित १५ शय्या अस्पताल भवन निर्माणमा अनियमितता देखिएपछि ठाकुरसहित १६ जना व्यक्ति र एक कम्पनीसहित १७ विरूद्ध अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार लुम्बिनी/डि एन्ड जेभी तथा डी एन्ड एन बिल्डर्स […]

आज कहाँकहाँ हुनेछ वर्षा?

हाल देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। विभागका अनुसार अहिले बिहान सुदूरपश्चिम, लुम्बिनी प्रदेशका केही भूभागमा हल्लादेखि मध्यम वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित अन्य स्थानमा भने बदलीको अवस्था छ। पछिल्लो एक […]

नेपालले मानिस बाहेक अरु निर्यात गर्न सकेन : देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले मानिस बाहेक अरु निर्यात गर्न नसकेको बताउनुभएको छ । कांग्रेसको केन्द्रिय आपूर्ति तथा उपभोक्ता विभागले मङ्गलवार काठमाडौंमा आयोजना गरेको ‘आर्थिक वर्ष २०८२/८३ को बजेटले उपभोक्ता बजार आपूर्ति श्रृङ्खलामा पार्ने प्रभाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभापति देउवाले सीमानाकामा नेपाली नागरिकहरुलाई धेरै दुःख दिन नहुने बताउनुभयो । उहाँले नेपाल […]

पोखरा महानगरको दूरदृष्टि: एमबीबीएस छात्रवृत्ति मार्फत युवा चिकित्सक उत्पादनमा लगानी

पोखरा महानगरपालिकाले चिकित्साशास्त्र (एमबीबीएस) अध्ययनका लागि तीन जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ। महानगरपालिकाका मेयर धनराज आचार्यको पहलमा यो छात्रवृत्ति कार्यक्रम अघि बढेको हो। महानगरपालिकाले आज एक सूचना जारी गर्दै इच्छुक नगरवासीलाई तोकिएको मापदण्डअनुसार आवेदन पेस गर्न अनुरोध गरेको छ। यो छात्रवृत्तिका लागि आवेदन दिनका लागि १५ दिनको समयसीमा तोकिएको छ। यस छात्रवृत्ति कार्यक्रमअन्तर्गत […]

सुशासन र रोजगारी समाजवादको तयारी भन्ने मुल नारालाई अगाडि सार्दै पोखरामा कोण सभा,नेकपा(एस)

पोखरा जेष्ठ, २७,नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजावादी कास्की जिल्ला कमिटीले आज पोखरामा कोण सभा सम्पन्न गरेको छ । सुशासन र रोजगारी समाजवादको तयारी भन्ने मुल नारालाई अगाडि सार्दै सो पार्टिले सुरु गरेको दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तरगत पोखराको सृजनाचोकमा कोण सभा गरिएको हो । कोण सभालाई संवोधन गर्दै सो पार्टिका केन्द्रिय सल्लाहाकार परिषदका सदस्य ईश्वरी […]

नेपाल एसबिआई बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबिच सम्झाैता

नेपाल एसबिआई बैंक लिमिटेडले एनपीएस राष्ट्रिय कार्ड स्वीच तथा “नेपाल पे कार्ड” को प्रिन्सिपल मेम्बरसिपका लागि नेपाल क्लियरिङ हाउस लिमिटेसँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्र बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारीको उपस्थितिमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, विकास आनन्द र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी […]

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । मंगलबार सिंहदरबारमा बसेको समिति बैठकले सर्वसम्मत रूपमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो । सरकारले नेपाल नागरिकता ऐन, २०६३ लाई दोस्रो पटक संशोधन गर्न विधेयक ल्याएको थियो । समिति […]

विद्यार्थीलाई रुची अनुसार पढ्न दिनुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरूलाई रुची अनुसारको विषय पढ्न दिनुपर्ने बताएका छन् । ‘पढ्न पाएन भने सिक्न पाएन भने मूर्ख जस्तो बस्छन्, यदि उसले रोजेको विषय पढ्न पाए भने आफ्नो प्रतिभा अनुसार काम गर्न सक्छन्,’राजर्षी जनक विश्वविद्यालय जनकपुरको दीक्षान्त समारोहलाई मंगलबार सम्बोधन गर्दै उनले भने । रुचीको विषय पढेर प्रतिभा देखाउन विद्यार्थीहरूलाई उनले सुझाव समेत […]