राजविराज-७ स्थित नेपाल टेलिकम भवनमा लागेको आगो नियन्त्रणमा

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

काठमाडौँ- माघ १३ गते सप्तरीको राजविराज नगरपालिका-७ मा रहेको नेपाल टेलिकमको भवनमा आगलागी भएको घटनामा सुरक्षाकर्मीको संयुक्त प्रयासबाट आगो नियन्त्रणमा लिइएको छ।

प्राप्त विवरण अनुसार बरख गणबाट परिचालित नेपाली सेनाको टोलीले अन्य सुरक्षा निकायहरूसँग समन्वय गरी घटनास्थलमा तत्कालै उद्धार तथा नियन्त्रण कार्य सञ्चालन गरेको थियो।

संयुक्त प्रयासका कारण आगलागी फैलिन नपाउँदै स्थिति नियन्त्रणमा आएको सेनाले जनाएको छ ।