मोरङ–३ का कांग्रेस उम्मेदवार शर्माविरुद्ध आयोगमा उजुरी– ‘मासु रक्सी फ्रि गरेका छन्!’

Facebook
Email
Twitter
WhatsApp
LinkedIn

आसन्न प्रतिनिधि सभा चुनावमा मोरङ–३ का नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माविरुद्ध निर्वाचन आयोगको कार्यालयमा उजुरी परेको छ।

सोही क्षेत्रका भूवनकुमार वाग्लेले आयोगमा उजुरी गरेका छन्। उनले इमेलमार्फत उजुरी गर्दै प्रमाण पनि सोही साथ पठाएको बताएका छन्।

शर्माले चुनावको मुखमा निर्वाचन क्षेत्रभित्र यमबुद्ध फाउन्डेशनको नाममा १० लाख रुपैंया दान गरेको वाग्लेले जनाएका छन्।

निर्वाचन आचारसंहिताविपरित शर्माले बिराटचोक बेलबारी इलाकाका नेपालिका, ह्वाइट हाउसलगायतका फ्रिमा मासु रक्सी मिलाएको पनि उजुरीमा उल्लेख छ।

यस्तै मत माग्ने नाममा शर्माको स्वामित्वमा रहेको काठमाडौंको केमसीमा ५० प्रतिशत छुटमा उपचार गराउने भन्दै मतदाता प्रभावित बनाएको पनि उजुरीमा उल्लेख छ।

मोरङ–३ मा यसअघि निर्वाचित उनी फेरि उम्मेदवार छन्। उनको प्रतिस्पर्धा रास्वपाका गणेश कार्कीसँग रहेको छ। यस पटक कार्कीसँग उनको तिव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।