“कर्मचारीहरूको अन्तिम चेतावनी: ७२ घण्टाभित्र समाधान नआए आन्दोलन”

आफ्ना मागहरू ७२ घण्टाभित्र सम्बोधन नभए सशक्त आन्दोलन गर्ने चेतावनी कर्मचारी संगठनहरूले दिएका छन् । सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा निजामती सेवा सम्बन्धी विधेयकमाथिको छलफलका क्रममा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले ७२ घण्टाभित्र माग सम्बोधन भएर विधेयक अगाडि नबढे आन्दोलनको अर्को चरण सुरु हुने चेतावनी दिएका हुन् । […]

कक्षा १२ को परीक्षा सर्‍यो

कक्षा १२ को राष्ट्रिय परीक्षा अब वैशाख २१ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने परीक्षा २१ गतेदेखि गर्ने निर्णय गरेको हो। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ परीक्षा सार्ने विषयमा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेसँग छलफल गरेका थिए। छलफलका क्रममा प्रधानमन्त्रीले परीक्षा सार्न सकिने […]

मौसम सतर्कता: देशका केही भागमा चट्याङ्ग र वर्षा हुने सम्भावना

पोखरहाल देशमा मुख्यतया स्थानीय तथा पश्चिमी वायुको प्रभाव रहेको छ। साथै बिहार आसपास रहेको न्यून चापीय रेखाको पनि सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा देखि आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित […]

शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको हो : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफूसँग असहमति नभई स्वास्थ्यका कारण राजीनामा दिएको स्पष्ट पारेका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै  उनले मन्त्री भट्टराईको राजीनामालाई प्रधानन्त्रीको असहयोग र उपेक्षाका कारण भनेर बाहिर चर्चा गरिएकोप्रति असन्तुष्टि जनाए । उनले भने, ‘उहाँ मैले बनाएको मन्त्री हो […]

कक्षा १२ को परीक्षा रोकिँदैन, आवश्यक परे निजामती कर्मचारी प्रयोग गरिने

पोखरा वैशाख ९/ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित समयमा नै गर्ने निर्णय गरेको छ । बोर्डको मंगलबार बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो ।बोर्ड अध्यक्ष महाश्रम शर्माले परीक्षा सञ्चालनमा सहयोग गर्न सबै पक्षलाई अनुरोध गर्ने निर्णय भएको जानकारी दिए । उनले भने– परीक्षा संवेदनशील विषय हो । साढे ५ लाख […]

आज कति छ सुनको मूल्य? एकैदिन ६,९०० रुपैयाँले बढ्यो

पोखरा बैशाख ९ / नेपाली बजारमा सुनको मूल्य तोलामा एकैपटक ६ हजार ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासङ्घकाअनुसार छापावाल सुनको मूल्य मङ्गलबार तोलामा एकैपटक ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि हिजो सोमबार सुनको मूल्य […]

सर्वोच्चको निर्देशन: लामिछानेको मुद्दा संयुक्त इजलासमा

सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको निवेदनको सुनुवाइ संयुक्त इजलासमा हुने भएको छ । लामिछानेलाई रिहा गर्न माग गर्दै सर्वोच्च अदालतमा दर्ता भएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा मंगलबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो । न्यायाधीश मुसलमानको एकल इजलासले संयुक्त इजलासमा पठाउन आदेश […]

पोखरा महानगरबाट ५१ करोडको खानेपानी आयोजना, भरतपोखरी–कृष्टी–निर्मलपोखरी लाभान्वित

पोखरा,  – पोखरा महानगरपालिकाले भरतपोखरी–कृष्टी–निर्मलपोखरी सहलगानी खानेपानी उपभोक्ता समितिलाई लागत साझेदारीमा ५१ करोड ७७ लाख रुपैयाँ स्वीकृत गरेपछि स्थानियवासी उत्साहित भएका छन्। पोखरा महानगरका मेयर धनराज आचार्यको नेतृत्वमा स्वीकृत गरिएको उक्त रकम परियोजना निर्माणको लागि अत्यन्तै महत्वपूर्ण मानिएको छ। परियोजना अन्तर्गत दीर्घकालीन र दिगो खानेपानी सुविधा विस्तार गर्ने लक्ष्य लिइएको छ। उपभोक्ता समितिका अध्यक्ष दाताराम […]

‘भुइँमान्छे’ पुस्तकमाथि पोखरामा परिचर्चा, बास्तोलाले गरे कार्यक्रम संयोजन

पोखरा,  – नेकपा (एमाले)की निलम्बित स्थायी समिति सदस्य विन्दा पाण्डेद्वारा लिखित पुस्तक ‘भुइँमान्छे’ माथि सोमबार पोखरामा आयोजित विशेष कार्यक्रममा परिचर्चा गरिएको छ। मदन भण्डारी फाउण्डेशन, कास्कीका अध्यक्ष माधव बास्तोलाको संयोजनमा सम्पन्न कार्यक्रममा सुरेन्द्र भण्डारीले संचालन गरेका थिए। कार्यक्रममा लेखक विन्दा पाण्डेसहित राजनीतिक विश्लेषक, साहित्यकार, पत्रकार र पार्टी कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। पुस्तकमा कोअर्डिनेसन केन्द्रदेखि […]

“पोखराका होटल व्यवसायीहरूको माग: धारामा पानी नआउँदा व्यवसाय प्रभावित”

सात तालको शहर पोखरा, त्यसमा पनि नेपालकै सबैभन्दा ठुलो ठानिएको फेवातालको किनारमा होटल ब्यबसाय गरिरहेका पोखराका ब्यबसायीहरुले नेपाल खानेपानी संस्थानसंग खानेपानीको माग गरेका छन्। होटल संघ पोखरा नेपालका ध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा गएको होटल ब्यबसायीहरुको एक टोलीले सोमबार कार्यालय प्रमुख सहायक प्रबन्धक इञ्जिनियर आशिष कार्कीलाई भेटेर एक ज्ञापन पत्र बुझाउदै खानेपानी माग गरेका हुन्। संघका […]