७२ घण्टाभित्र माग सम्बोधन भएर विधेयक अगाडि नबढे आन्दोलनको अर्को चरण सुरु हुनेछ,’ बैठकमा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले भनेका थिए । निजामती विधेयक राज्य व्यवस्था समितिमा विचाराधीन छ । संसद्को वर्षे अधिवेशन १२ वैशाखदेखि सुरु हुँदैछ । विधेयक अगाडि बढाउन आवश्यक रहेको तर सबैको अपनत्व हुनेगरी अगाडि बढ्नुपर्ने एमाले सांसद श्रेष्ठले बताए ।

नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले निजामती कर्मचारीलाई सडक आन्दोलनमा जान नदिने वातावरण बनाउनुपर्ने बताएका छ । उनीहरूले ७२ घण्टे अल्टिमेटम दिएको ख्याल गर्दै समिति अगाडि बढ्नुपर्ने उनले बताए । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा निजामती विधेयक विचाराधीन छ । बुधबारको छलफलमा बोल्दै एमाले सांसद श्रेष्ठले शिक्षक आन्दोलन स्मरण गरे । ‘हेर्दा हेर्दै शिक्षकहरु […]

चीनको डान्सबारमा लगेर नेपाली बालिका बिक्री, ११ वर्षपछि समातिए आरोपित

चीनको डान्सबारमा लगेर नेपाली बालिका बेचबिखन गरेको आरोपमा ११ वर्षपछि एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१ घर भई काठमाडौं ठमेल बस्ने आशिष परियार नेपाली भनिने आशिष नेपाली छन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले बबरमहलबाट मंगलबार पक्राउ गरेको हो । उनले एक बालिकालाई प्रेमजालमा पारेर चीन लगेर बेचेको आरोप […]

पहलगाम आक्रमणका ३ संदिग्धको स्केच सार्वजनिक

नयाँ दिल्ली । भारतीय सुरक्षा र गुप्तचर एजेन्सीहरूले पहलगाम आक्रमणका संदिग्ध आतंककारीहरूको स्केच जारी गरेका छन् । यिनीहरूको नाम आसिफ फौजी, सुलेमान शाह र अबु तल्हा भएको बताइएको छ । यस आक्रमणको मास्टरमाइन्ड लश्कर–ए–तैयबाका उपप्रमुख सैफुल्लाह खालिद भएको गुप्तचर स्रोतहरूले बताएका छन् । हमलाको जिम्मा लश्कर–ए–तैयबाको प्रोक्सी शाखा, रेजिस्टेन्स फ्रन्ट (टीआरएफ)ले लिएको छ । आक्रमणमा आफ्नो […]

घरेलु हिंसासम्बन्धी मुद्दामा अस्ट्रेलियन पूर्वक्रिकेटर स्लेटर निलम्बित सजायसहित रिहा

अस्ट्रेलियन पूर्वक्रिकेटर माइकल स्लेटरलाई घरेलु हिंसासम्बन्धी अभियोगमा दोषी ठहर गर्दै चार वर्षको जेल सजाय सुनाइएको छ । तर उनले पहिले नै एक वर्षभन्दा बढी समय हिरासतमा बिताएकाले बाँकी सजाय निलम्बित गरिएको छ र उनलाई तुरुन्त रिहा गरिएको छ। स्लेटरले एक महिलालाई घाँटी दबाएको, पछ्याएको, कुटपिट गरेको र घरभित्र जबरजस्ती प्रवेश गरेको लगायतका सातवटा अभियोग स्वीकार […]

प्रधानमन्त्रीसँग भारतीय विद्युतमन्त्रीको भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका विद्युत, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल भट्टरले शिष्टाचार भेट गरेका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार भएको भेटमा दुई छिमेकी मुलुकबिचको मित्रवत र सांस्कृतिक सम्बन्ध, ऊर्जा क्षेत्रको विकास र सहकार्यका विविध पक्षमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । पछिल्ला दिनमा दुई देशबिचको ऊर्जा क्षेत्रमा राम्रो सहकार्य विकास […]

र्‍यान्डम रिडर्स सोसाइटीले मनायो पुस्तक दिवस

पोखरा, वैशाख १० गते । र्‍यान्डम रिडर्स सोसाइटीले पुस्तक आदानप्रदान गरेर विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस बुधवार पोखरामा मनाएको छ । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीले गोला थुतेर सुरु गरेको कार्यक्रममा ३० जनाले पुस्तक साटासाट गरेका थिए । नेपाली लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष डा. ईश्वरमणि अधिकारी, साहित्यकार तीर्थ गुरुङ, शिव त्रिपाठी, त्रिवेणी, अनुराग अधिकारी, विष्णु […]

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री भन्छन्, ‘मधेसमा योजना किन्ने र बेच्ने चलन धेरै छ’

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मधेसमा योजनाहरू किन्ने र बेच्ने चलन धेरै भएको बताएका छन् । पहिलो पटक मधेसका जिल्लाहरू भ्रमणमा आएका शाहीले मधेसमा योजनाहरू किन्ने/बेच्ने चलनका कारण आवश्यकता भएको ठाउँमा बजेट नपर्ने र आवश्यकता नभएको ठाउँमा बजेटको दुरुपयोग हुने गरेका टिप्पणी गरे । ‘मधेसमा पैसा बालुवामा पानी हालेजस्तो भयो, त्यसको सदुपयोग भएन,’ शाहीले […]

भारतीय प्रधानमन्त्री मोदीसँग ओलीले गरे टेलिफोन संवाद

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सकमक्षी नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन् । जम्मु कश्मिरमा आतंकवादी समूहले गरेको हमलापछि प्रधानमन्त्री ओलीले मोदीसँग संवाद गरेका हुन् । उनले मोदीसँगको छलफलका क्रममा आतंकवादी हमलमा ज्यान गुमाउनेप्रति समवेदना प्रकट गर्दै यस्ता कार्यविरुद्ध नेपालको ऐक्यबद्धता रहेको बताएका छन् । ‘मैले उहाँ (मोदी) सँग कुरा गरें र पहलगाम आतंकवादी हमलामा […]

छात्रालाई यौन दुर्ब्यबहार गरेको आरोपमा संखुवासभाबाट बोर्डिङ स्कुलका शिक्षक पक्राउ

पोखरा, १० बैशाख २०८२। संखुवासभा सदरमुकाम खाँदबारीस्थित एक बोर्डिङ स्कुलका शिक्षक विद्यालयमा अध्ययनरत एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्। विद्यालयमा अध्ययनरत एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प खाँदबारीस्थित सूर्य सेकेण्डरी बोर्डिङ स्कुलमा कार्यरत शिक्षक बिवेक खत्रीलाई प्रहरीले पक्राउ गरेको हो। चैनपुर नगरपालिका ३ सिद्धकाली घर भएका शिक्षक खत्रीले आफ्नै विद्यालयमा अध्ययन […]

डोटीमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

डोटीको भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका– १ गोल्डेनमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख विनोद शर्माका अनुसार धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०१००१ ख ३४२८ नम्बरको खाद्यान्न बोकेको मिनिट्रक आज बिहान दुर्घटना भएको हो । दुर्घटनामा चालक अर्जुन धामीसहित तीन जनाको मृत्यु भएको हो । मृतक दुई जनाको सनाखत […]