प्रधानमन्त्री कार्कीको नाममा नक्कली आइडी बनाउने व्यक्तिमाथि कडा कारबाही गर्ने सरकारकाे चेतावनी

प्रधानमन्त्री सुशीला कार्कीको नाममा कुनै पनि सामाजिक सञ्जाल नरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता रविलाल शर्माले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री कार्कीकाे नामको कुनै पनि सामाजिक सञ्जाल नरहेको उल्लेख गर्नुभएकाे हाे । प्रधानमन्त्री कार्कीको नाम उल्लेख गरी नक्कली आइडी बनाइ फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जालबाट समाचारर पोस्टहरू गरेको पाइएको […]
जेनजी युवाको चाहना अनुसार आफूले काम गर्ने सञ्चारमन्त्री खरेलकाे प्रतिवद्धता

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी युवाकाे आन्दोलनका क्रममा घाइते भएकाहरुसँग भेट गर्नुभएको छ । सञ्चारमन्त्री खरेल शुक्रबार त्रिवि शिक्षण अस्पतालमा पुगेर उनीहरुलाई भेट्नुभएको हो । गत भदौ २३ र २४ गते भएको जेनजी युवाकाे आन्दोलनका क्रममा ७४ जनाको ज्यान गएको थियो । आन्दोलनमा गोली लागेर सयौं घाइते भएका छन् । आन्दोलनकै उपलब्धिस्वरुप तत्कालीन […]
सिटिइभिटीले शिक्षामन्त्रीको निर्देशन कार्यान्वयन थाल्यो

पाठ्यक्रम सुधार र सम्बन्धनको अन्योल अन्त्यलगायत विषयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले दिएको आठबुँदे निर्देशन कार्यान्वयनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले काम थालेको छ। परिषद्का अध्यक्षसमेत रहेका मन्त्री पुनले बिहीबार परिषद्लाई मौजुदा पाठ्यक्रममा सुधार गरी नवप्रवर्तन समावेश गर्न खाका तयार गरी असोज मसान्तभित्र पेस गर्नेलगायत लिखित निर्देशन दिए। निर्देशनमा एकीकृत […]
‘NGO/INGO को सामान लिन्न, वडालाई दबाबमुक्त राख्छु’: वडाध्यक्ष आचार्यको डेढ लाखको निजी लगानीमा कम्प्युटर हस्तान्तरण

हालै देशभर चर्किएको ‘जेनजी आन्दोलन’ को क्रममा घुसपेटगरी पोखरा महानगरपालिकाको कार्यालयसहित वडा नं. ७ को कार्यालयमा पनि तोडफोड तथा चोरि बाट ठूलो क्षति पुगेको छ। यस विषम परिस्थितिमा वडाध्यक्ष राम मोहन आचार्य ले आफ्नो वडाका नागरिकलाई तत्काल सेवा प्रवाह गर्न व्यक्तिगत लगानीमा कम्प्युटर लगायतका अत्यावश्यक सामग्रीहरू हस्तान्तरण गर्नुभएको छ। वडाध्यक्ष आचार्यले रु. १ लाख […]
पाँच हजार नाघे डेंगु संक्रमित

नेपालमा डेंगु संक्रमणदर ह्वात्तै बढेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण विभाग (इडिसिडी)का अनुसार ९ असोजसम्म पाँच हजार २३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, हालसम्म डेंगु संक्रमणबाट यस वर्ष दुईजनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ४० जनामा संक्रमण पुष्टि भएको छ भने एक सातायता २८१ जनामा डेंगु पुष्टि भएको इडिसिडीको तथ्यांक छ । ७५ जिल्लामा […]
गाजामा योजनाबद्ध भोकमरी

गत महिना इजरायली सरकारले गाजामा अनिकाल नभएको दाबी गर्दै सामाजिक सञ्जालमा भुक्तानी अभियान सुरु गर्यो । यसले फलफूल र तरकारीले भरिएका रेस्टुरेन्ट र बजारमा खाना देखाउँदै भिडियो सार्वजनिक गर्यो । ‘गाजामा अनिकाल छैन । बाँकी दाबी झुट हो,’ भिडियोमा भनिएको छ । यो सत्य हो कि आज तपाईंले दक्षिणी गाजामा बजार र पसलका तख्ता भरिपूर्ण देख्न सक्नुहुन्छ । तपाईं काँक्रो […]
रुसले पेट्रोल निर्यातमा प्रतिबन्ध लगाउने

तेल प्रशोधन केन्द्रहरूमा युक्रेनी आक्रमणले मूल्यलाई अहिलेसम्मकै उच्च स्तरमा पुर्याएसँगै रुसले बिहीबार आफ्नो पेट्रोल निर्यात प्रतिबन्धलाई सन् २०२५ को अन्त्यसम्म विस्तार गर्ने बताएको छ। मार्चदेखि लागू भएको प्रतिबन्धको उद्देश्य युक्रेनी आक्रमणले उत्पादन नियन्त्रण गर्दा देशमा घरेलु माग पूरा गर्न पर्याप्त इन्धन छ भन्ने सुनिश्चित गरेको रुसले जनाएको हो। किएभले महिनौँदेखि रुसी तेल प्रशोधन केन्द्रहरूलाई निशाना […]
हराएका हातहतियार फिर्ता गर्न गृहको आग्रह

गृह मन्त्रालयले गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाडौंलगायतका मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएका हतियार बुझाउन आग्रह गरेको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार, मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएको हातहतियार र खरखजाना कही कसैले फेला पारेमा नजिकको सुरक्षा निकायमा यही असोज मसान्तसम्म बुझाउन अनुरोध छ। सो मितिभित्र […]
आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक

नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकको अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४२ रुपैयाँ १७ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ २४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ९४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९० रुपैयाँ १७ पैसा र […]
रेड नोटिस जारी भएकी महिला युएईबाट पक्राउ

प्रहरीले ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी एक महिलालाई युएईबाट पक्राउ गरी बिहीबार नेपाल ल्याएको छ। पक्राउ पर्नेमा धनुषा जनकपुरधाम उपमहानगरपालिका–१६ बस्ने सिन्धुली कमलामाई नगरपालिका–१४ घर भएकी ऐश्वर्या दाहाल रहेकी केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए। ‘ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएर निज महिला फरार रहेकी थिइन्। प्रहरीले […]