निर्वाचनको परिणाम सँगै एमाले र आजपाबाट राजीनामा

रौतहट संसदीय निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा निर्वाचनको परिणाम आएसँगै आम जनता पार्टी र नेकपा एमालेका जिम्मेवार नेताहरूले राजीनामाको घोषणा गरेका छन् । आजपाका केन्द्रीय कार्यकारी सदस्य तथा उप–महासचिव सुधीर यादव र नेकपा एमालेका मधेस प्रदेश कमिटी सदस्य शेख एकरामुलले पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएका हुन्। उनीहरूले आइतबार बेलुकी छुट्टाछुट्टै वक्तव्य जारी गर्दै […]

मातृकालाई विजयी घोषणा नगरिएकोमा नेकपाको आपत्ति

नेपाली कम्युनिस्ट पार्टीले धनुषा–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका मातृका यादवलाई विजयी भएका प्रमाण पत्र नदिएकोमा आपत्ति जनाएको छ । सोमबार केन्द्रीय कार्यालयका सचिव गोविन्द आचार्यले विज्ञप्ति मार्फत निर्वाचन आयोगले निर्वाचन ऐन, २०७४ बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरिसकेकोमा विजयी उम्मेदवार यादवलाई प्रमाणपत्र नदिनु गम्भीर विषय भएको बताएको छ । […]

मतगणना नसकिँदै सुदन गुरुङ विजयी

गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका सुदन गुरुङको जित निश्चित भएको छ । ६४ हजार मत खसेको उक्त क्षेत्रमा ५३ हजार बढी  मतगणना हुँदा सुदन गुरुङले  २४ हजार ५१ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रेम कुमार खत्रीले १३ हजार ५११ मत मात्रै ल्याएका छन् । अब गन्न बाँकी १० हजार […]

समानुपातिक प्रणालीतर्फ आठ क्षेत्रको मतगणना सुरु हुन बाँकी

यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको आठ क्षेत्रको मतगणना सुरु हुन बाँकी रहेको छ । निर्वाचन आयोगका अनुसार सङ्खुवासभा, इलाम क्षेत्र नं. १, अछाम २, बाजुरा, गोरखा १ र २, धनुषा १ र २ गरी आठ क्षेत्रको समानुपातिकतर्फको मतगणना सुरु हुन बाँकी रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए […]

देशका ७ वटै प्रदेशमा आज मेघगर्जन-चट्यांगसहितकाे भारी हिमपात र वर्षा हुँदै

काठमाडाैं । हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। साेमबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशसहित लुम्बिनी प्रदेशको पहाडी-हिमाली भू-भागमा साधारणतया बादल लागेको हाे । साथै बाँकी पहाडी भू-भागमा आंशिक बादल लागेको छ । तराई भू-भागका केही स्थानहरूमा तुँवालो लागेको […]

इरान युद्धको बाछिटा: अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकासियो

 मध्यपूर्वमा विकसित पछिल्लो तनाव र इरानसँगको युद्ध चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठुलो उछाल आएको छ। सन् २०२२ यता पहिलो पटक कच्चा तेलको मूल्य प्रतिब्यारल १०० अमेरिकी डलर नाघेको हो। अमेरिका र इजरायलले इरानमाथि गरेको पछिल्लो हवाई आक्रमण र तेल डिपोहरूलाई निशाना बनाएपछि विश्वभर ऊर्जा सङ्कटको त्रास बढेको छ। सोमबार बिहान एसियाली बजार खुल्नेबित्तिकै […]

आज यी ६ प्रदेशमा वर्षाको सम्भावना

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ र बाँकी भूभागमा आंशिक बादल लागेको छ । आज दिउँसो […]

तनहुँ–१ मा रास्वपाकास्वर्णिम वाग्ले विजयी

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्ले विजयी भएका छन्। उनले ३८ हजार ४० मत प्राप्त गर्दै जीत हात पारेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १६ हजार २ सय ३१ मत ल्याएका छन्। त्यस्तै नेकपा एमालेकी उम्मेदवार भगवती न्यौपानेले ५ हजार ८ सय ३० मत […]

झापा–५ मा रास्वपाका समर्थककाे भिडमा केपी र बालेनको डुप्लिकेट (तस्बिरहरू)

 झापा निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ। खसेको १ लाख ६ हजार ३७२ मतमध्ये अहिलेसम्म ८८ हजार ४४१ मत गणना भइसकेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह ५५ हजार ९३४ मतसहित अग्रस्थानमा छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केपी शर्मा ओलीले १५ हजार ४०९ मत पाएका छन्। मतगणनास्थल भन्दा बाहिर […]

झापा–५ मा बालेन बिजयीः ओलीसँग बालेनको मतान्तर ३८ हजार कट्यो, २४ हजार अझै गन्न बाँकी

दमक– निर्वाचन क्षेत्र झापा–५ मा रास्वपा बरिष्ठ नेता बालेन शाह बिजयी भएका छन्। २४ हजार २२४ मत गन्न बाँकी छँदै ३८ हजार ६५ मतान्तरको अग्रतामा बालेनको जित भैसकेको छ। औपचारिक नतिजा आउनुअघि नै उनी प्रतिस्पर्धामा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा ३४ हजार मतान्तरले अगाडि छन्। पछिल्लो परिणाम अनुसार बालेनले ५२ हजार ९६ मत ल्याएका […]