अन्नपुर्ण पर्यटन पत्रकारिता पुरस्कार पोखराका पत्रकार रोहितलाई दिईने

पोखरा, यसवर्षको ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८२’ पत्रकार रोहितराज पराजुलीलाई प्रदान गरिने भएको छ । नयाँपत्रिका दैनिकको पोखरा व्यूरोमा कार्यरत पत्रकार पराजुलीलाई सो पुरस्कारबाट सम्मान गरिन लागिएको हो । पुरस्कारको राशि रु. २५ हजार नगद र सम्मानपत्र रहेको छ । उनलाई यही जेठ २० गते घान्द्रुकमा हुने अन्नपूर्ण म्याराथनको पाँचौ संस्करणको समापन समारोहमा पुरस्कार प्रदान गरिनेछ । […]
बैंकहरूको अनिवार्य नगद मौज्दात आइतबारदेखि दैनिक ९० प्रतिशत

बैंक तथा वित्तीय संस्थाले आगामी आइतबारदेखि दैनिक रुपमा राख्ने अनिवार्य नगद मौज्दात बढेको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा वित्तीय प्रणालीको तरलता व्यवस्थापनका लागि अनिवार्य नगद मौज्दात दैनिक सीमा बढाउने उल्लेख गरेको थियो । सो अनुसार केन्द्रीय बैंकले निर्देशन जारी गर्दै दैनिक कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दात ९० प्रतिशत पुर्याउन भनेको हो […]
संस्थाको साख खस्कदा राज्य असफल

नोबेल पुरस्कार विजेता प्राध्यापकद्वय डारोन एसेमोग्लु र जेम्स रोबिन्सनले आफ्नो पुस्तक ‘ह्वाई नेसन फेल’मा निष्कर्ष निकालेका छन्— समावेशी संस्थाहरूले राजनीतिक र आर्थिक सहभागितालाई प्रोत्साहन गर्छन्, जसबाट दिगो विकास सम्भव हुन्छ भने दोहनकारी संस्थाहरूले सीमित व्यक्तिको हितमा काम गर्छन् र विकासमा बाधा पुर्याउँछन् । डग्लस सी नर्थले आफ्नो पुस्तक ‘इन्स्टिच्युसन, इन्स्टिच्युसनल चेन्ज एन्ड इकोनोमिक पर्फमेन्स’ मा […]
र्यापर एमीवे बन्ताईलाई ज्यान मार्ने धम्की

एमीवे बन्ताई भारतीय मनोरञ्जन उद्योगको चर्चित नाम हुन् । उनको वास्तविक नाम मुहम्मद बिलाल शेख हो । उनका कुडी, गली का कुट्टा, रिंग रिंग, गिरफतार र जमैका टु इन्डिया जस्ता गीत चर्चित छन् । एमीवेलाई बन्ताई रेकड्र्सको नाममा दर्ता गरिएको मोबाइल नम्बरमा ज्यान मार्ने धम्की आएको बताइएको छ । धम्की आउने बित्तिकै र्यापरले आफ्नो कर्मचारी […]
बागमती सरकारले दोलखाको डाङडुङे डाँडालाई फिल्म सिटीको रुपमा विकास गर्ने

बागमती सरकारले पर्यटकीय क्षेत्र दोलखाको डाङडुङे डाँडालाई फिल्म सिटीको रुपमा विकास गर्ने भएको छ । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उक्त कुराको घोषणा गरे । प्रदेशका मौलिकता एवं सांस्कृतिक विविधता झल्काउने चलचित्रको निर्माणमा प्रोत्साहन गर्ने जनाउँदै उनले दोलखाको उक्त थलोलाई फिल्म सिटीको रुपमा विकास […]
अमेरिका अध्ययनमा जाने विद्यार्थी भिसाको अन्तर्वार्ता अस्थायी रूपमा बन्द

अमेरिकी सरकारले विदेशी विद्यार्थीहरूको भिसा प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ । विदेशी विद्यार्थीको सामाजिक संजाल जाँच अनिवार्य बनाउने तयारीका लागि यस्तो निर्णय गरिएको हो । ट्रम्प प्रशासनले अमेरिकी दूतावासहरू र कन्सुलर सेक्सनहरूलाई विद्यार्थी भिसा आवेदकहरूको नयाँ अन्तर्वार्ता समय तालिका रोक्न आदेश दिएको छ । यो आदेश मंगलबारको मितिमा जारी भएको र यसमा अमेरिकी […]
बजेट अभावमा नारायणगढ–मुग्लिन सडकको भासिएको भाग बनेन

बजेट अभावमा नारायणगढ–मुग्लिन सडकको २६ किलोमा भासिएको भाग चालु आर्थिक वर्षमा नबन्ने भएको छ । सो क्षेत्रमा एक सय ६५ मिटर भाग भासिएको छ । गत असोजको अविरल वर्षापछि सो ठाउँमा सडक भासिएको थियो । सो क्षेत्रको ८५ मिटर लम्बाइ र ३.५ मिटर चौडाइ आठ मिटर तलसम्म भासिएको छ । बाँकी भाग चिरा परेको छ […]
१२ किलो चाँदीसहित एक जना पक्राउ

काठमाण्डौको नागढुङ्गाबाट १२ किलो चाँदीसहित एक जना पक्राउ परेका छन् ।प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा बा प्र ०१–००३ ख ३७०१ नम्बरको बसका सहचालक रहेका सिंहलाई बिलबीजक नभएका चाँदीका सिक्री, चन्द्रमा, पाउजुलगायतका गरगहनासहित पक्राउ गरेको परिसरका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक अपीलराज बोहराले बताउनुभयो । चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गा चेकप्वाइन्टबाट १२ किलो १७६ ग्राम […]
युवा संघ महाधिवेशन: नेतृत्व चयनका लागि मतदान सुरु

राष्ट्रिय युवा संघ नेपालको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । पोखरा सभागृहमा मंगलबार बिहान १० बजेदेखि मतदान सुरु भएको हो । आगामी नेतृत्वका लागि क्षितिज थेबे र सुमन पुरीले उम्मेदवारी दिएका छन् । सुरुमा भोटिङ पनि उनीहरूले नै गरेका छन् । निर्वाचनका लागि ४२ इलेक्ट्रिक मेसिन राखिएको छ । हरेक प्रदेशको लागि फरक […]
१८औँ गणतन्त्र दिवसमा पोखरामा वृहत सरसफाइ कार्यक्रम सम्पन्न

पोखरा, — १८औँ गणतन्त्र दिवसको अवसरमा आज बिहान पोखरामा वृहत सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। पोखरा–१७ स्थित ड्रायामसाइड पार्क क्षेत्र आसपास सञ्चालन गरिएको कार्यक्रममा सरकारी तथा गैरसरकारी निकाय, स्थानीय निकायका प्रतिनिधि र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। गण्डकी प्रदेशको गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा र पोखरा महानगरपालिकाको व्यवस्थापनमा सम्पन्न उक्त कार्यक्रम बिहान ७:३० बजे […]