आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखी साधारणतया बदली रहेको छ। देशको पहाडी भूभागको थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ। देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी […]

वडाअध्यक्ष पराजुलीले कर्मचारी र व्यवसायीलाई हातपात गरे

  पोखरा, पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष देवकृष्ण पराजुलीले मंगलबार महानगरको कार्यालयमा कर्मचारीमाथि हातपात गरेका छन। प्रशासकीय अधिकृत इश्वरी प्रसाद पोखरेलमाथि प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईँको कार्यकक्षमै तालिमको विषयमा सामान्य सोधपुछ भइरहेका बेला उनी आक्रोशित भई अचानक पोखरेलको कठालो समात्दै लछारपछार गर्न थालेका थिए। टेलिफोन सम्पर्कमा प्रशासकीय अधिकृत पोखरेलले भने, “एक्कासि हातपात भयो। […]

‘ऊनको स्वीटर’ लाई युनिभर्सल सर्टिफिकेट

नेपाली चलचित्र ऊनको स्वीटरले केन्द्रीय जाँच समितिबाट युनिभर्सल सर्टिफिकेट पाएको छ । चलचित्रको निर्माता आर्टमाण्डुले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएको हो । अर्टमाण्डुले भनेको छ, ‘खुसीको खबर ! हाम्रो फिल्म ’ऊनको स्वीटर’ ले केन्द्रीय चलचित्र जाँच समिति बाट युनिभर्सल सर्टिफिकेट बाट प्राप्त गरेको छ । राहतको महसुस गरेका छौँ ।’ चलचित्र यही वैशाख २६ गतेदेखि […]

पूर्वमन्त्री प्रदीप नेपाल रहेनन्

पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । नेपालको मंगलबार नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पताल स्रोतले पुष्टि गर्‍यो । नेपाल लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित थिए ।  बौद्धिक बामपन्थी राजनीतिज्ञ भनेर चिनिने उनी रोगले शिथिल बनाउँदै लगेपछि पछिल्लो समय राजनीतिबाट निष्क्रिय थिए । उनी नेकपा एमालेको ९ महिने शासनकालमा सूचना […]

वडा नं ८ मा अचार बनाउने तालिम : आत्मनिर्भरता र सीप विकासतर्फको सार्थक प्रयास

वडा नं ८ मा आयोजना गरिएको तीनदिने अचार बनाउने तालिम सम्पन्न भएको छ। स्थानीय स्तरमा सीप विकास तथा आत्मनिर्भरता अभिवृद्धिको लक्ष्यसहित सञ्चालन गरिएको तालिमको संयोजन वडा अध्यक्ष रूद्रनाथ बरालले गर्नुभएको हो। कार्यक्रमका प्रमुख अतिथि वडा नं ७ कै अध्यक्ष राम मोहन आचार्य रहनुभएको थियो भने अतिथिका रूपमा वडा सदस्यहरू पार्वति के.सी, लक्ष्मी बी.के, गोविन्द बराल, […]

पोखरामा कोठा फोरेर सुनका गरगहना चोरी गर्ने पक्राउ

पोखरा बैशाख २३/ पोखरामा कोठा फोरेर सुनका गरगहना चोरी गरेको आरोपमा २ जना पक्राउ परेका छन । गएको मङ्गलबार रातिको समयमा पोखरा महानगरपालिका वडा नं।२ मोहरिया टोल स्थितमा २ वटा घरको कोठा फोरी सुनका गरगहना तिलहरी (१ थान, सुनको औंठी (१ थान चन्द्रमा (१ थान र नगद रु। दुई हजार समेत चोरी भएको थियो । […]

पोखराको सेती नदीमा डुबेर बाग्लुङका युवराजको ज्यान गयो

पोखरा / पोखराको सेती नदीमा डुबेर एक युवाको मृत्यु भएको छ। बाग्लुङ जिल्लाको निसिखोला गाउँपालिका–३ घर भई हाल पोखरा महानगरपालिका(१४ स्थित मझेरीपाटन बस्ने १८ वर्षीय युवराज विक पोखरा १४ खाल्टेमसिना स्थित सेती नदिमा डुबेर मृत्यु भएको हो। प्रहरीका अनुसार , सोमबार दिउसो करीब दुई बजेको समयमा सेती नदीमा पौडी खेल्ने क्रममा उनी बेपात्ता भएका थिए। […]

श्री जनजागृति माध्यमिक विद्यालयले नयाँ बस खरिद, पोखरा महानगरपालिकाबाट १५ लाखको सहयोग

पोखरा,  – पोखरा महानगरपालिका–१८ स्थित श्री जनजागृति माध्यमिक विद्यालयले विद्यार्थीहरूको सहज र सुरक्षित यातायात व्यवस्थाका लागि नयाँ विद्यालय बस खरिद गरेको छ। कुल ३० लाख रुपैयाँको लागतमा खरिद गरिएको सो बसमा पोखरा महानगरपालिकाको शिक्षा महाशाखाबाट १५ लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको विद्यालयका प्रधानाध्यापक यम बा थापाले जानकारी दिनुभयो। बस हस्तान्तरणको अवसरमा एक विशेष कार्यक्रम […]

एसिया प्यासिफिक क्षेत्रका हवाई तथा नागरिक उड्डयन विशेषज्ञहरू पोखरामा

पोखरा, २२ वैशाख ।एसिया प्यासिफिक क्षेत्रका हवाई तथा नागरिक उड्डयन विशेषज्ञहरू पर्यटन राजधानी पोखरामा भेला भएका छन् । उनीहरू अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण अन्तरगतको हवाई उड्डयनमा वन्यजन्तुजन्य जोखिम व्यवस्थापन समूहको सातौँ बैठकमा सहभागी हुन पोखरामा भेला भएका हुन् । समूहको बैठक वैशाख २७ गतेसम्म पोखरामा बस्ने छ ।

व्यवस्थाविरूद्ध हुने गतिविधिको प्रतिवाद गर्ने सरकारको नीतिप्रति राप्रपाको आपत्ति

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष बुद्धिमान तामाङले सरकारले अघि सारेको नीति तथा कार्यक्रमप्रति आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि बोल्दै उपाध्यक्ष तामाङले सरकारको नीति तथा कार्यक्रमप्रति आपत्ति जनाएका हुन् । सरकारले अगामी आर्थिक वर्षमा वर्तमान व्यवस्थाविरुद्ध हुने गतिविधिको प्रतिवाद गर्ने नीति लिएको राष्ट्रपति रामचन्द्र पौडेलले जानकारी […]