अब मंसिरभित्रै विशेष महाधिवेशनको विकल्प छैन’ : गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले चुनावअघि महाधिवेशन हुने दाबी गरेका छन्। सानेपामा बसेको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अहिलेको कार्यसमितिको म्याद थप नहुने बताए। उनले भने, ‘मैले नियमित महाधिवेशन गर्न सकिन्छ भनेर नै कार्यतालिका पेस गरेको हुँ। केही साथीहरू सकिँदैन भन्नुहुन्छ। त्यसका लागि उत्तम बाटो भनेको विशेष महाधिवेशन हो। मंसिरको २७र२८ गते जुन दिन […]
सुन्धारा कारागारबाट फरार कैदी पक्राउ

जेन-जी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। पालुङस्थित इलाका प्रहरी कार्यालयको प्रहरी टोलीले गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार मकवानपुरको थाहा नगरपालिका–९ बस्नेत टोल निवासी ३२ वर्षीय भूपेन्द्र बस्नेतलाई पक्राउ गरेको हो। निजलाई भीमफेदी कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
अमेरिकी सेनाका उच्च अधिकारी युक्रेनमा

अमेरिकी सेनाका उच्च अधिकारी युक्रेन भ्रमणमा पुगेका छन् । रुस–युक्रेन युद्ध अन्त्यको उपायबारे छलफल गर्न पेन्टागनका उच्च अधिकारी किभ पुगेका हुन् । अमेरिकी सेनाका सचिव डान ड्रिस्कोलले नेतृत्व गरेको टोलीले आज युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग भेट गर्ने कार्यक्रम छ । जेलेन्स्की आफ्नो टर्की भ्रमण सकाएर आजै युक्रेन फर्कदैछन् । युद्ध अन्त्यका लागि अमेरिका र रुसले […]
सशस्त्रको दंगा नियन्त्रण गण स्थापनाका लागि स्वीकृति

उपत्यकामा भिड तथा दंगा नियन्त्रणलाई लक्षित गरी सशस्त्र प्रहरी बलले विशिष्टीकृत गण स्थापना गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्रको नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव स्वीकृत गरेको हो । हाल कीर्तिपुरमा एसपीको नेतृत्वमा रहेको नीलबाराही गणलाई स्तरोन्नति गरी एसएसपीको नेतृत्वमा दंगा नियन्त्रण गण बन्नेछ । सो गणमा प्रहरीलाई भिड नियन्त्रणसम्बन्धी विशेष तालिम दिने र सोही […]
सिमरा घटनापछि एमाले आक्रामक: सरकारलाई महेश बस्नेतको ‘शक्ति’ रोक्ने प्रयास नगर्न चेतावनी, ‘चुनावको सपना मुर्खता’

नेकपा (एमाले) का महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतलाई लक्षित गरी सिमरा विमानस्थलमा भएको अवरोध र त्यसपछि उत्पन्न राजनीतिक तनावले एमाले पंक्तिलाई थप आक्रामक बनाएको छ। एमाले पोखरा महानगर कमिटीका सचिव सुशील बस्नेतले सामाजि संजाल फेसवुकमा लेख्दै सरकारलाई ४०-५० जनाको अपराधीको जत्थालाई तह लगाउन र शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै यस्तो अवस्थामा चुनाव […]
दुर्गा प्रसाईलाई तत्काल छाेड्न सरकारसँग अध्यक्ष ओलीकाे आग्रह

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाभियानमा संयोजक दुर्गा प्रसाईलाई तत्काल छाेड्न सरकारसँग आग्रह गर्नुभएकाे छ। उहाँले संयाेजक प्रसाईलाई मध्यरातमा पक्राउ गर्ने काम सरकारले गरेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभएकाे हाे।काठमाडाैंमा बुधबार आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभयाे। उहाँले भन्नुभयाे,-‘अपराध गरे पो थुन्ने हो । भएको भिडियो बाहिर ल्याउनु […]
भौतिक पुनर्निर्माण कोषमा निर्माण व्यवसाय विकास परिषद्को एक करोड सहयोग

निर्माण व्यवसाय विकास परिषद्ले जेन–जी आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनर्स्थापनाका लागि स्थापना गरेको कोषमा एक करोड रुपैयाँ जम्मा गरेको छ। परिषदमातहत रहेको निर्माण व्यवसायी कोषबाट बुधबार भौतिक पुनर्निर्माण कोषमा रकम जम्मा गरिएको हो। परिषद्का अध्यक्षसमेत रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई चेक हस्तान्तरण […]
सिमरा घटनाबारे रास्वपाले भन्याे– दलले सार्वजनिक कार्यक्रम गर्न पाउनुपर्छ

राष्ट्रिय स्वतन्त्र पार्टीले राजनीतिक दलले सार्वजनिक कार्यक्रम गर्न पाउनुपर्ने बताएको छ। सिमरा घटनाबारे पार्टीको धारणा सार्वजनिक गर्दै प्रवक्ता मनीष झाले सरकारको ध्यानाकर्षण गराएका हुन्। बाराको सिमरा क्षेत्रमा बुधबार एमालेका कार्यकर्ता र जेन–जी समूहबिच झडपपछि वातावरण तनावग्रस्त बनेको छ। झडपको क्रममा सिमराचोकमा स्वागतद्वार भत्काउने र सार्वजनिक स्थानमा तोडफोड गर्ने घटनासमेत भएका छन्। साे घटनाबारे झाले भनेका […]
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार अभियुक्त पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त निराजन भन्ने निरन्जनकुमार खरेल पक्राउ परेका छन्। रौतहटको फतुवा हर्साह–९ का ४२ वर्षीय खरेललाई गत शुक्रबार पक्राउ गरी आवश्यक कारबाहीका लागि काठमाडौं जिल्ला अदालत पेस गरेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ। आ.व ०७९/०८० मा जिल्ला प्रहरी परिसर काठमाडौंमा खरेलविरुद्ध नक्कली भुटानी शरणार्थीसम्बन्धी ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसुरमा जाहेरी […]
मधेश प्रदेश प्रमुखले सरकार आह्वान गर्न ढिलाईमा राजनीति गरेकाेप्रति लोसपाको प्रदर्शन

मधेश प्रदेशका प्रदेश प्रमुखले सरकार आह्वान गर्न ढिलाई गरेर राजनीति गरिरहेको आरोप लगाउँदै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरु विरोधमा उत्रिएका छन्। प्रदेश प्रमुखले दलीय कार्यकर्ता जस्तै राजनीति गर्न खोजिरहेको भन्दै लोसपाका नेता कार्यकर्ताहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले प्रदेश प्रमुख विरुद्ध नारावाजी गर्दै मधेशको प्रदेश प्रमुखको कार्यालय अगाडि विरोध प्रदर्शन गरेका छन् । लोसपाका नेता […]