नवौं पोखरा स्पोट्र्स अवार्डका लागि ४ विद्यामा मनोनयन सार्वजनिक

पोखरा वैशाख १७/ ‘नवौं पोखरा स्पोट्र्स अवार्ड २०८१’ को लागि ४ विद्यामा मनोनयन सार्वजनिक भएको छ । बुधबार पोखराको लेकसाइडस्थित बुम¥याङ रेष्टुरेण्टमा आयोजित पत्रकार सम्मेलनमा स्पोर्टस् अवार्डको ४ विद्याको मनोनयन आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सम्मेलन मार्फत सार्वजनिक गरेको हो । अवार्ड अन्तरगत वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी […]
केन्द्र–वाम पार्टीद्वारा जर्मन गठबन्धन सम्झौता अनुमोदन, मेर्जलाई चान्सलर निर्वाचित हुने मार्ग प्रशस्त

जर्मनीको केन्द्र–वाम सोसल डेमोक्रेट्सले नयाँ गठबन्धन सरकारमा सामेल हुने सम्झौता स्वीकृत गरेको छ । यसले संसदलाई कन्जरभेटिभ नेता फ्रेड्रिच मेर्जलाई देशको नयाँ चान्सलरका रूपमा निर्वाचित गर्ने बाटो प्रशस्त गरेको छ । निवर्तमान चान्सलर ओलाफ स्कोल्जको पार्टी मेर्जको केन्द्र–दक्षिणपन्थी क्रिश्चियन डेमोक्रेटिक युनियन (सिडियु) र यसको बाभेरियन भगिनी पार्टी, क्रिश्चियन सोसल युनियन (सिएसयु) द्वारा नेतृत्व गरिएको गठबन्धनमा […]
पूर्व इस्कन नेता चिन्मय कृष्ण दासले पाए जमानत

बंगलादेशको एक अदालतले आज देशद्रोहको मुद्दा खेपिरहेका पूर्व इस्कॉन नेता चिन्मय कृष्ण दासलाई जमानत दिएको छ। बंगलादेशमा इस्कॉन सन्त चिन्मय कृष्ण दास ब्रह्मचारीलाई देशद्रोहको आरोपमा पक्राउ गरिएको थियो।बंगलादेशको एक अदालतले आज देशद्रोहको मुद्दा खेपिरहेका पूर्व इस्कॉन नेता चिन्मय कृष्ण दासलाई जमानत दिएको छ। बंगलादेशमा इस्कॉन सन्त चिन्मय कृष्ण दास ब्रह्मचारीलाई देशद्रोहको आरोपमा पक्राउ गरिएको थियो।चिन्मय […]
गृहमन्त्री र भाजपा विदेश विभाग प्रमुखबिच भेटवार्ता

गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेबिच बुधबार भेटवार्ता भएको छ नेपाल भ्रमणका लागि काठमाडौँ आएका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख चौथाईवालेले सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर गृहमन्त्री लेखकसँग भेटवार्ता गरेका हुन् । भेटमा गृहमन्त्री लेखकले भारतको जम्मु–कश्मिरमा भएको आतंकवादी आक्रमण घटनाको निन्दा गरे । मन्त्री लेखकले घटना दुःखद् भएको […]
रुस नजाने भए मोदी

जम्मू कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलालाई लिएर भारत र पाकिस्तानबिच तनाव बढ्दै गएको छ। यसैबिच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो रुस भ्रमण स्थगित गरेको खबर आइरहेको छ। प्रधानमन्त्री मे ९ मा मस्कोमा हुने विजय दिवस परेडमा सहभागी हुने छैनन् । मोदीलाई रुसले विजय दिवस परेडमा आमन्त्रित गरेको थियो। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बुधबार भने कि […]
रेशमलाई भेटेपछि सीकेले भने, ‘एकीकरणकै दिन किन पक्राउ गरियो ? यो धेरै ठुलो प्रश्न हो’

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आदिवासी, जनजाति, दलित, मधेसी, मुस्लिममाथि अन्याय र दमन भइरहेको बताउनुभएको छ । बुधवार नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरेपछि भेट्न डिल्लीबजार कारागार पुगेका उनले सो कुरा बताएका हुन् । उनले कार्यक्रमको मुखमै आएर पक्राउ गर्नु अलोकतान्त्रिक भएको बताए । उनले अधिकार माग्नै नहुने, बोल्नै नहुने जस्तो व्यवहार सरकारले […]
सरकार र शिक्षकबीच वार्ता सुरु

सरकार र शिक्षक महासंघबीच वार्ता सुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ता भइरहेको हो । शिक्षक महासंघले प्रस्ताव गरेको ९ बुँदेमा सहमति जुटाउने गरी छलफल अगाडि बढेको महासंघका नेताहरूले बताएका छन् ।शिक्षकको आन्दोलन २० चैतदेखि काठमाडौंमा जारी छ ।
रुस-युक्रेन शान्ति प्रयासबाट पछि हट्न सक्ने अमेरिकी धम्की

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मंगलबार रूस र युक्रेनले ‘ठोस प्रस्तावहरू’ अघि नसारे अमेरिकाले मध्यस्थता छाड्ने चेनावनी दिएका छन् । उनका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रारम्भिक प्राथमिकतामा अमेरिकी धैर्य कम हुँदै गएको छ । ट्रम्पले ह्वाइट हाउसमा फर्केको पहिलो २४ घण्टामै युद्ध अन्त्य गर्ने वाचा गरेका थिए । तर, उनले कार्यालयमा एक सय दिन मनाउँदै […]
अध्यक्ष बरालद्वारा नेपाल रेडक्रस कास्की शाखाको गोदाम तथा विपद् सिकाइ केन्द्र भवनको शिलान्यास

नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको गोदाम घर तथा विपद् सिकाइ केन्द्र भवनको शिलान्यास एक विशेष कार्यक्रमका बीच सम्पन्न भएको छ। पोखरा महानगरपालिका वडा नं ८ मा निर्माण हुने उक्त भवनको शिलान्यास वडा अध्यक्ष रूद्रनाथ बरालले गरेका हुन्। कार्यक्रममा बोल्दै अध्यक्ष बरालले रेडक्रसले आपतकालीन सेवा, विपद् व्यवस्थापन र मानव सेवा क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै, […]
आज अक्षय तृतीया पर्ब मनाइँदै

पोखरा बैशाख १७/ प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवम् सेवन गरी मनाइँदैछ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजासामान तयार पारी सङ्कल्प गरिन्छ । दियो, कलश र गणेशलाई पूजा गरी कलशमाथि अष्टदल लेखेको तामाको थाली राखी अष्टदलमा भगवान् विष्णुको […]