यीनै हुन् पोखराको बीच बजारमा सृजनाको ज्यान लिने ‘चोर’ भान्जा र उनका सहयोगी
पोखरा– आफ्नी माइजुलाई पोखराको बीच बजारमा धारिलो हतियार प्रहार गरी हत्या गर्ने युवकसहित उनका सहयोगीलाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ। घटनामा पर्वतको कुश्मा नगरपालिका ११ शिल्मी घर भई पोखरा महानगरपालिका ६ डेरा बस्ने २७ वर्षका सन्तोष भन्ने शिशिर केसी र कास्कीकै पोखरा महानगरपालिका १७ रातोपहिरो बस्ने ३२ वर्षका कुशल परियार पक्राउ गरिएको जिल्ला […]
संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति पुगे संसद् भवन

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने सिंहदरवास्थित संसद् बैठकमा पुगेका छन् । त्यस्तै उपराष्ट्रपति रामसहायप्रसाद यादव पनि संसद् भवन पुगेका छन् । राष्ट्रपति पौडेल संसद् भवन पुग्दा सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले स्वागत गरेका छन् । नेपाल सरकार,मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा,९५ बमोजिम दिउँसो ३ […]
महान्यायाधिवक्ता कडेलको नियुक्तिविरूद्धको रिट सर्वोच्चद्वारा दर्ता गर्न अस्वीकार
सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा. नारायणदत्त कडेलको नियुक्ति बदर गर्न माग गर्दै पेस भएको रिट दर्ता गर्न अस्वीकार गरिदिएको छ । अधिवक्ता माधव कुमार बस्नेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतलाई विपक्षी बनाई पेश गरेको उक्त रिट निवेदनलाई सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले शुक्रबार दरपीठ गरिदिएका हुन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले कडेललाई यही चैत २२ गते […]
उपसभामुखको शपथ साँझ ६ बजे
काठमाडौं – उपसभामुखको शपथको समय तय भएको छ । राष्ट्रपति कार्यालय शितलनिवासले आज साँझ ६ बजे उपसभामुखको शपथ हुनेछ । आज अपराह्न ४ बजे प्रतिनिधिसभाको बैठकले उपसभामुख चयन गर्नेछ । उपसभामुख पदका लागि २ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । सत्तारुढ दल रास्वपासहितको समर्थनमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर र राप्रपाकी सरस्वती लामा उम्मेदवार […]
राष्ट्रपति सी र ताइवानको मुख्य विपक्षी दलकी नेतृबिच बेइजिङमा भेटवार्ता
चीनका राष्ट्रपति सी जिनपिङ र ताइवानको मुख्य विपक्षी दल कुओमिन्ताङ (केएमटी) की अध्यक्ष चेङ ली–वनबिच शुक्रबार बेइजिङमा महत्वपूर्ण भेटवार्ता भएको छ। विगत एक दशकमा चिनियाँ भूमिमा ताइवानी विपक्षी नेताको यो पहिलो भ्रमण हो। भेटका क्रममा राष्ट्रपति सीले १० वर्षपछिको यो भेट दुई पार्टी र ताइवान बिचको सम्बन्ध विकासका लागि निकै महत्वपूर्ण रहेको बताए। सीले भने, […]
उपसभामुखमा रुवीलाई मतदान गर्ने रास्वपाको निर्णय, संसदीय दलमा लामिछानेले सांसदलाई के भने?
काठमाडौं– प्रतिनिधि सभाको उपसभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले श्रम संस्कृति पार्टीकी उम्मेदवार रुवीकुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ। रास्वपाकै समर्थनमा ठाकुरले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी थिइन्। सिंहदरबारस्थित संसदीय दलको कार्यायमा विहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। संसदीय दलका नेता तथा प्रधानमन्त्री बालेन शाहसहितको बैठकमा सभापति रवि लामिछानेले सांसदहरुलाई विभिन्न निर्देशन दिएका थिए। […]
काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनबारे छलफल

काठमाडौँ उपत्यकाको ‘ट्राफिक’ व्यवस्थापनमा केन्द्रित रहेर काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले शुक्रबार जनप्रतिनिधि, प्राविधिक, सुरक्षा निकायका अधिकारी, नागरिक समाज तथा सञ्चारकर्मीको सहभागितामा छलफल कार्यक्रम गरेको छ। प्रतिनिधिसभा सदस्य आशिष गजुरेलको प्रमुख आतिथ्यमा भएको छलफलमा ट्राफिक व्यवस्थापनका चुनौतीबारे गहन छलफल भएको थियो। त्यस अवसरमा सांसद गजुरेलले सीमित स्रोतसाधनका बाबजुद ट्राफिक प्रहरीले ठूलो जिम्मेवारी बहन गरिरहेको उल्लेख […]
विराटनगरको डिग्री क्याम्पसमा पहिलोपटक ३ वर्षे एलएलबी सञ्चालन हुँदै
कोशी प्रदेशको राजधानी विराटनगरमा पहिलोपटक कानुन विषयको स्नातक तह (३ वर्षे एलएलबी) को अध्यापन सुरु हुने भएको छ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको डिग्री क्याम्पस, विराटनगरले आगामी शैक्षिक सत्रदेखि यो कोर्स सञ्चालन गर्न लागेको हो । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का अध्यक्ष प्रितम साहले आफूहरुको निरन्तरको प्रयास र प्रभावकारी पहलपछि क्याम्पसले त्रिविबाट कानुन सङ्काय सञ्चालनको ऐतिहासिक […]
ईयूमा फिङ्गरप्रिन्ट र फोटोसहितको नयाँ यात्रा नियम लागू
युरोपेली सङ्घ (ईयू)को नयाँ डिजिटल सीमा प्रणाली इन्ट्री/एक्जिट सिष्टम (ईईएस) शुक्रबारदेखि पूर्ण रूपमा लागू गर्ने लक्ष्य राखिएको छ । यस प्रणालीअन्तर्गत यात्रुहरूले पासपोर्ट स्क्यानसँगै आफ्नो फिङ्गरप्रिन्ट र फोटो पनि दर्ता गर्नुपर्ने हुन्छ । यो प्रणाली ईयूका २९ देशहरू समेटिएको शेन्जेन सीमाका सबै सीमा नाकाहरूमा लागू गर्ने योजना छ । ईईएस प्रणाली अक्टोबर १२ देखि क्रमिक रूपमा लागू […]
प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज निर्वाचन हुँदै
प्रतिनिधिसभाको उपसभामुख चयनका लागि शुक्रबार निर्वाचन हुँदैछ । उपसभामुख बन्न बिहीबार दुई जनाले उम्मेदवारी दिएका थिए । श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुर र राप्रपाकी सरस्वती लामाले उम्मेदवारी दिएका हुन्। श्रम संस्कृति पार्टीकी उम्मेदवार ठाकुरलाई सत्तारुढ दल रास्वपाले समर्थन गरेको छ भने राप्रपाले एकल समर्थक र प्रस्तावकमा उपसभामुख पदमा उम्मेदवारी दिएको छ । ठाकुरको प्रस्तावकमा […]