भोटेकोशी बाढीपीडितलाई ६ महिनाभित्र अस्थायी आवासमा सारिने

भोटेकोशी बाढीबाट प्रभावितलाई ६ महिनाभित्र अस्थायी आवासमा स्थानान्तरण गरिने भएको छ। नेपाल वातावरण पत्रकार समूहले आज यहाँ आयोजना गरेको ‘भोटेकोशी बाढीः पुनःस्थापनाको सवाल’ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीले बाढीपीडितका लागि तीन वर्षभित्र स्थायी आवास निर्माण गरी हस्तान्तरण गर्ने लक्ष्यका साथ काम अघि बढाइएको बताए। बाढी प्रभावित रसुवा, नुवाकोट, गोरखा […]

चुनाव हार्न तयार छौं, तर कसैसँग गठबन्धन गर्दैनाैं: महामन्त्री संग्रौला

नेपाली कांग्रेसले विगतका निर्वाचनहरूमा गर्दै आएको सत्ताकेन्द्रित चुनावी गठबन्धनको नीति पूर्ण रूपमा त्याग्ने घोषणा गरेको छ। अब हुने सबै तहका निर्वाचनमा कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रने र त्यसका लागि चुनावी परिणाम प्रतिकूल आए पनि सामना गर्न तयार रहेको पार्टीले जनाएको छ। नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग कुरा गर्दै […]

पोखरा एमालेद्वारा आश्विन ३१ गते शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरिँदै

पोखरा। नेकपा (एमाले) पोखरा महानगर कमिटीको आयोजनामा विजयादशमी, शुभदीपावली तथा नेपाल संवत् लगायतका चाडपर्वहरूको पावन अवसरमा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम आयोजना गरिने भएको छ।   कमिटीका अध्यक्ष जीवन आचार्यका अनुसार पार्टी कार्यालय प्राङ्गण, शान्तिबनमा आउँदो २०८३ आश्विन ३१ गते बिहान ७:३० बजे कार्यक्रम सञ्चालन हुनेछ। महानगर कमिटीका अध्यक्ष जीवन आचार्यले बडादसैँ, तिहार तथा नेपाल […]

शंकास्पद आचरण गर्ने २४ दक्षिण कोरियाली नागरिक निष्कासित

नेपालमा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा २४ दक्षिण कोरियाली नागरिकलाई अध्यागमन विभागले निष्कासित गरेको छ। भिसाको उद्देश्यविपरीत कार्य गरेको र उनीहरूको आचरण शंकास्पद देखिएको भन्दै विभागले उनीहरूलाई नेपालबाट निष्कासित गरेको हो। अध्यागमन विभागका अनुसार जिल्ला प्रशासन कार्यालय, मोरङले असोज २३ गते अनुसन्धान तथा कारबाहीका लागि उनीहरूलाई विभागमा उपस्थित गराएको थियो। विभागले २४ जनाकै भिसा रद्द […]

गौशालामा मोबाइल र नगद चोरी गर्ने दुई जना पक्राउ

काठमाडौँको गौशाला क्षेत्रमा घरभित्र प्रवेश गरी मोबाइल तथा नगद चोरी गर्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट चाडपर्व सुरक्षा योजनाअनुसार ड्युटीमा खटिएको प्रहरी टोलीले मंगलबार काठमाडौँ महानगरपालिका–९ विजयचोकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ घर भई हाल काठमाडौँको माछापोखरी बस्ने २६ वर्षीय सबिन मिजार […]

भारतीय सहयोगमा तेह्रथुममा ४ करोड ४१ लाख लागतमा शीतभण्डार भवन निर्माण सुरु

जिल्लाको लालीगुराँस नगरपालिका वडा नम्बर २ मा निर्माण हुन लागेको शीतभण्डार (कोल स्टोर) भवनको शिलान्यास गरिएको छ। भारतीय दूतावास काठमाडौँका प्रथम सचिव ऋषभ देव र लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले संयुक्त रूपमा उक्त शीतभण्डार भवनको शिलान्यास गरेका हुन् उक्त शीतभण्डार भवन भारत सरकारको करिब ४ करोड ४१ लाख नेपाली रुपैयाँ वित्तीय सहायतामा निर्माण हुन लागेको […]

मस्कको राजनीतिक खर्चप्रति स्यान्डर्सको आलोचना

अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले आगामी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीलाई सहयोग गर्न अर्बपति उद्यमी एलन मस्कले ३६ करोड ६० लाख अमेरिकी डलर खर्च गरेको भन्दै अमेरिकी राजनीतिमा धनाढ्यहरूको बढ्दो प्रभावको आलोचना गरेका छन्। उनले मस्कको सम्पत्ति उल्लेख्य रूपमा बढे पनि राजनीतिक खर्च नरोकिएको भन्दै ‘मस्कलाई रोकौँ, धनाढ्यहरूको राजनीतिक वर्चस्व अन्त्य गरौँ’ भनेका छन्। सामाजिक सञ्जाल एक्समा […]

रुसी डिजेल निर्यातले मूल्य घटाउनेमा ईयूका अर्थ प्रमुख सशङ्कित

युरोपेली सङ्घ (ईयू)का अर्थ मामिला प्रमुख भल्डिस डोम्ब्रोभ्स्किसले अमेरिकाले रुसी डिजेल निर्यातलाई अनुमति दिए पनि त्यसले विश्व बजारमा इन्धनको मूल्य घटाउन खासै प्रभाव नपार्ने बताउनुभएको छ । इरान युद्ध सुरु भएयता इन्धनको मूल्य उल्लेख्य रूपमा बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको कुराकानीपछि रुसले विश्व बजारमा ठूलो परिमाणमा डिजेल उपलब्ध […]

सिङ्गा तातोपानी कुण्ड पुनःनिर्माण

म्याग्दी नदीमा गएको बाढीले क्षति पुर्‍याएको बेनी नगरपालिका–४ मा रहेको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्ड पुनःनिर्माण भएको छ । यही असोज ८ देखि ११ गतेसम्मको झरिपछि म्याग्दी नदीको किनारमा रहेको तातोपानीको कुण्डहरूमा क्षति पुगेको थियो । मुख्य पोखरी र परिसरमा थुप्रिएको हिलो, बालुवा र गेग्रान श्रमदान अभियानमार्फत पन्छाएर पुनःनिर्माण गरिएको सिङ्गा तातोपानी कुण्ड व्यवस्थापन […]

सरु र रेनुका सम्मिलित पारो एफसी बन्यो भुटानको लिग च्याम्पियन

नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मिडफिल्डर सरु लिम्बू र रेनुका नगरकोटे सम्मिलित पारो महिला फुटबल क्लब भुटानको महिला राष्ट्रिय लिगको च्याम्पियन भएको छ। पारोले चार वर्षपछि लिगको उपाधि जितेको हो। चाम्लिमिथाङमा मंगलबार लिगको अन्तिम खेलमा थिम्पु सिटी एफसीले रोयल थिम्पु कलेज (आरटिसी) एफसीलाई ३–१ ले हराएपछि पारोले उपाधि पक्का गर्‍यो। अन्तिम खेलमा आरटिसी पराजित भएपछि […]