अछाममा बलात्कार मुद्दाका फरार अभियुक्त पक्राउ

जबरजस्ती करणी, मानव बेचबिखन तथा शरीर बन्धक मुद्दामा फरार रहेका एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका–४ बस्ने २३ वर्षीय मोहन बहादुर चन्द रहेका छन् । चन्दले परिवर्तित नाम ६९ मंगलसेन ६४ की युवतीमाथि जबरजस्ती करणी गरेको आरोपमा २०८१ साल माघ ४ गते जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिएको थियो । […]
आरआर क्याम्पसमा तोडफोड गर्ने नेविसंघका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी

प्रदर्शनी मार्गमा रहेको रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा तोडफोड गरेको अभियोगमा नेविसंघका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । वैशाख २२ गते नेविसंघका नेता तथा कार्यकर्ताहरूले आरआरमा तोडफोड गरेका थिए । तोडफोडमा संलग्न १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । क्याम्पस प्रशासनले दिएको जाहेरीका आधारमा प्रहरीले १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । आरआर […]
प्रदीप नेपाल कठोर कम्युनिस्ट नियमबाट बाहिर निस्केर खुलापनका पक्षपोषण गर्ने नेता : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व मन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधनमा दुःख व्यक्त गर्दै परिवारलाई समवेदना पठाएका छन्। राष्ट्रपति पौडेलले समवेदना पठाउँदै नेपाललाई भिन्न मतहरूलाई प्रस्ट ढङ्गले आफ्ना विचारलाई राख्ने नेपाल कठोर कम्युनिस्ट नियमबाट बाहिर निस्केर खुलापनका पक्षपोषण गर्ने नेता रहेको उल्लेख गरेका छन् । विचारमा कठोर, जीवनशैलीमा सरल, अनि बहसमा निर्भीक प्रदीप नेपाल सम्मानको […]
पूर्वराजाको नाममा उठाएको पैसा बुझे नवराज सुवेदीले

राजावादी समूहले चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शन गरेपछि काठमाडौँ महानगरपालिकाले त्यसको भोलिपल्ट पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र काट्यो । राजावादीले वातावरण प्रदूषण गरेको लगायतका शीर्षकमा महानगरले ७ लाख ९३ हजार जरिवाना गर्ने निर्णयसहित पत्र काटेको थियो । महानगरपालिकाले पूर्वराजा शाहलाई ८ वटा पत्र काटेपछि राजावादीले भने पूर्वराजा आयोजक नभएकाले उनलाई पत्र काट्नु न्याससंगठन भएको […]
दाइजोप्रथा अन्त्यका लागि कानुन बनाएर तत्काल कार्यान्वयन गर्नुपर्छ : मीना यादव

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की नेत्री तथा प्रतिनिधिसभा सदस्य मीना यादवले अस्थिर सरकार भएका कारण देशको विकास हुन नसकेको टिप्पणी गरेकी छन् । उनले भनेका छन्, ‘जुन पार्टीको नेतृत्वमा सरकार बने पनि बढीमा एक वर्ष वा दुई वर्ष मात्रै चलेको छ, खाली सरकार बनाउने र ढाल्ने खेल मात्रै भइरहेको छ, जनचासोका विषयमा कसैलाई मतलब […]
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले थाल्यो दुईतिरबाट काम

महाकाली कोरिडोरअन्तर्गत निर्माणाधीन दार्चुला–टिङ्कर सडक खण्डमा नेपाली सेनाले दुईतिरबाट ट्रयाक खोल्न सुरु गरेको छ। दुम्लिङ र गागाबाट ट्रयाक खोल्न थालिएको हो। सेनाले व्यास गाउँपालिका-१ को छाङ्गरु गागाबाट सडक खन्न थालेको छ। यसअघि व्यास गाउँपालिका-३ तुसारपानी हुँदै वडा नम्बर २ को दुम्लिङ, कल्जु, आतुङती, तम्बाकुलगायतको ठाउँमा मात्र काम हुँदै आएको थियो। दार्चुला-टिङ्कर ७९ किलोमिटर सडकको ट्रयाक […]
सुन तस्कर आरोपित दावालाई दोहोरो नागरिकता दिने कर्मचारीलाई १ वर्ष १ महिना जेल

सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङ (नीमा तामाङ) नागरिकता र राहदानी किर्तेमा दोषी ठहर भएका छन् । सुन तस्करी प्रकरणमा पक्राउ परेर अहिले पुर्पक्षका लागि कारागारमा रहेका दावालाई काभ्रे जिल्ला अदालतले दोषी ठहर गरेको हो । काभ्रे जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले झुटा विवरण पेस गरी नागरिकता र राहदानी लिने सुन तस्करीमा संलग्न चिनियाँ […]
‘चीन–रसिया सहकार्यले अन्तर्राष्ट्रिय न्यायको रक्षा गर्ने’

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन र रसियाले विश्वका प्रमुख राष्ट्रका रूपमा विशेष जिम्मेवारी बहन गर्न तयार रहेको बताएका छन् । उनले हालको विश्व परिदृश्यमा एकपक्षीयता, शक्तिको राजनीति र दादागिरीजस्ता प्रवृत्तिको विरोध गर्दै, दुवै देशले अन्तर्राष्ट्रिय न्याय, निष्पक्षता र संयुक्त राष्ट्रसंघको अधिकारको संरक्षण गर्न मिलेर काम गर्ने बताए । सीले […]
प्रधानमन्त्री आधुनिकीकरण परियोजनाबारे केही विषय उठेको छ । हामी त्यो परियोजनाको विषयमा थप बुझ्ने र चासो राख्ने काम गर्छौं । हामी आम सञ्चारमाध्यमलाई पनि प्रधानमन्त्री आधुनिकीकरण परियोजनामा भ्रष्टाचार र अनियमितता भएको छ भने खोजी गर्न आग्रह गर्न चाहन्छौँ । तरकारी निकासीमा प्रहरीले प्रतिगाडी पैसा लिएको भन्ने कुरा आएको छ । त्यसको पनि पत्रकार साथीहरूले अनुगमन गरिदिनुहोस् । मसँग पनि प्रहरीले पैसा लिने गरेको भनेर पालिका अध्यक्षज्यूले र त्यहाँका किसानले गुनासो गरेका छन् । प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई यस विषयमा खबरदारी गर्नुपर्छ । सुनसरीको तरकारी मोरङ लाँदा मोरङको प्रहरीले रोकेको भन्ने कुरा किसानबाट आएको छ । प्रहरीले पनि ७० प्रतिशत तरकारी यहाँको राख्ने र ३० प्रतिशत तरकारी पारीबाट आउने गरेको भन्छ । त्यो सत्य हो कि होइन ? सत्य होइन भने प्रहरी अधिकारीहरू पनि कारबाहीको भागीदार बन्नुपर्छ । सत्य हो भने किसानले पनि त्यस्तो गर्नुहुँदैन ।

देशमा तीन तहको सरकार छ । सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार छ । यी तीन सरकारको माध्यमबाट संविधानले व्यवस्था गरेअनुरुप मुलुकमा स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि क्षेत्रको विकासमा लाग्नुपर्छ । हामी सङ्घीयता कार्यान्वयन भएको लगभग ८ वर्षमा छौँ । त्यसमा पनि उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा म २२ औँ मन्त्री परेँ । म एउटा […]
स्वरोजगार प्रवर्द्धनका लागि अचार तालिम: पोखरा–८ मा महिलाको सक्रिय सहभागिता

पोखरा महानगरपालिका वडा नं ८ मा तीनदिने अचार बनाउने तालिम सम्पन्न भएको छ। स्थानीयस्तरमा सीप विकास र आत्मनिर्भरता अभिवृद्धिको लक्ष्यसहित आयोजित तालिम वडा अध्यक्ष रूद्रनाथ बरालको संयोजनमा सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन वडा सचिव झंमकनाथ पौडेलले गर्नुभएको थियो। तालिम समापन कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरका मेयर धनराज आचार्य, विशेष अतिथि वडा नं ७ का अध्यक्ष […]