रातको समयमा बेनी–जोमसोम सडक तीन दिन बन्द

१७ असोज स् स्थानीय प्रशासनले म्याग्दीको उत्तरी क्षेत्र हुँदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा तीन दिनका लागि रातको समयमा सवारीसाधन सञ्चालन गर्न रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा आज बसेको सुरक्षा निकायको बैठकले असोज १८ देखि २० गतेसम्म साँझ ५ देखि बिहान ६ बजेसम्म बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा सवारीसाधन बन्द […]

कैलालीबाट ६ जुवाडे पक्राउ

कैलालीबाट ५ जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। टीकापुर नगरपालिका-१ दुर्गानगर टोल बस्ने मणिराज पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा मणिराज समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ८ सय रूपैयाँ र २ बुक तास सहित उनीहरुलाई नियन्त्रणमा लिएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको […]

तनहुँ, चितवन र धादिङ प्रशासनले भन्यो- अत्यावश्यकबाहेक यात्रा नगर्नुहोला

पृथ्वी राजमार्गको कोत्रे-मुग्लिन-नागढुंगा र मुग्लिन-नारायणगढ सडकमार्फत यात्रा गर्दा सचेतता अपनाउन तनहुँ, चितवन र धादिङका जिल्ला प्रशासन कार्यालयले संयुक्त सूचना जारी गरेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि यही असोज २० गतेसम्म भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेकाले संयमित भएर यात्रा गर्न ती कार्यालयले संयुक्त रूपमा अनुरोध गरेका हुन्। विभागका अनुसार भारी वर्षा हुन […]

अक्टोबर ९ मा आयोजना हुने भनिएको विरोध प्रदर्शनमा कुनै संलग्नता नरहेको जेनजीको प्रष्टीकरण

भदौ २३ गतेको आन्दोलन आह्वानकर्तामध्येको एक जेन जेड मुभमेन्ट अलायन्सले अक्टोबर ९ मा आयोजना हुने भनिएको विरोध प्रदर्शनमा कुनै संलग्नता नरहेको प्रष्ट पारेको छ । पछिल्लो समय केही व्यक्ति र समूहले अक्टोबर ९ मा जेनजी आन्दोलनको दोस्रो कार्यक्रम गर्ने भनेर सामाजिक संजालमा प्रचार गरिरहेका बेला अलायन्सले त्यसमा असहमति जनाएको हो । अलायन्सले वक्तव्य जारी गर्दै […]

राति यात्रा नगर्न सडक विभागको अनुरोध

जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै सचेत रहन सबैमा आग्रह गरेको छ । वर्षासँगै पहिरोको पनि जोखिम भएकाले विभागले राति यात्रा नगर्न आग्रह गरेको हो । सडक विभागले पनि राति यात्रा नगर्न सुझाउँदै मातहतका सम्पूर्ण कार्यालयका कर्मचारीलाई  विपद्प्रतिधार्यकार्यका निम्ति तयार रहन आह्वान गरेको छ । […]

मोरक्कोमा जेनजी आन्दोलन : ३ जनाको मृत्यु, झण्डै ३०० घाइते

मोरक्कोमा व्यापक सामाजिक असन्तुष्टि र आर्थिक दबाबका कारण, युवा नेतृत्वमा रहेको जेनजी आन्दोलनले गत केही दिनयता सरकार विरोधी प्रदर्शनहरू गराएको छ। नागरिक सेवा, स्वास्थ्य, शिक्षा र भ्रष्टाचारविरुद्धका मागले थप तिक्त भएर हिंसात्मक संघर्षमा परिणत भएको छ। बुधबार राति सुरक्षा बलहरूले प्रदर्शनकर्ताहरूमाथि गोली चलाउँदा ३ जना मारिएका छन्। आन्तरिक मन्त्रालयका अनुसार ती तीन जनालाई “पुलिसका हतियार […]

बेलायतमा यहूदीहरूमाथि आक्रमण गर्ने व्यक्तिको प्रहरीद्वारा पहिचान

बेलायतको म्यानचेस्टरमा रहेको एउटा यहूदी प्रार्थना स्थल नजिकै भएको आक्रमणमा दुई यहूदी पुरुषको मृत्यु भएको छ। प्रहरीले अपराधीको पहिचान गरेको छ। प्रहरीका अनुसार आक्रमणकारीको नाम जिहाद अल-शामी हो। सिरियाली मूलका ३५ वर्षीय बेलायती नागरिक अल-शामीले बिहीबार हीटन पार्क हिब्रू मण्डलीको यहूदी सभाघर बाहिर भेला भएका मानिसहरूमाथि आफ्नो कार ठोक्काएका थिए र त्यसपछि बाटो काट्नेहरूलाई चक्कुले […]

महोत्तरीको खयरमारामा बस पल्टिँदा दुईजनाको मृत्यु, दुई दर्जनभन्दा बढी घाइते

महोत्तरीको बर्दीबास नगरपालिका १० र ११ को मध्यमा पर्ने खयरमारास्थित विद्यालयको भित्तामा ठोक्किएर यात्रुवाहक बस पल्टिँदा एक पैदल यात्रीसहित दुईजनाको मृत्यु भएको छ भने दुई दर्जनभन्दा बढी घाइते भएका छन् । सर्लाहीको ईश्वरपुर नगरपालिका– १२, घारीबथानबाट खयरमारा हुँदै काठमाडौंका लागि हिँडेको ना.६ख दिवाबस खयरमारामा गति अनियन्त्रित भई विद्यालयको भित्तामा ठक्कर खाएर पल्टिँदा पैदलयात्री बर्दीबास– १०, खयरमारानिवासी […]

आजदेखि अत्यावश्यक बाहेक यात्रा नगर्न विपद् प्राधिकरणको अनुरोध

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अत्यावश्यक अवस्थामा बाहेक चार दिनसम्म यात्रा नगर्न अनुरोध गरेको छ । अत्यन्त जरुरी नभए यही असोज आजदेखि २० गते सोमबारसम्म लामो यात्रा नगर्न अनुरोध गरेको प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिइन् । जल तथा मौसम विज्ञान विभागले चार दिनसम्म पाँच प्रदेशका […]

भारत–चीनबीच ५ वर्षपछि पुन: सीधा हवाई सेवा सुरु हुने

भारत र चीनबीच पाँच वर्षपछि पुन: हवाई सेवा सुरु हुँदैछ । सिधा हवाई सेवा यही अक्टुबर महिनाको अन्त्यसम्म सुरु गर्ने सहमति दुई देशबीच भएको छ । दुबै देशका नागरिक उड्डयन प्राधिकरणबीच लामो समयदेखि भएको छलफलपछि एकअर्का देशमा सीधा हवाई उडान सञ्चालन गर्ने सहमति भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । सीधा हवाई सेवा पुन: सञ्चालनले […]