मोटरसाइकल र साइकल ठोक्किँदा तीनजनाको मृत्यु

हुलाकी राजमार्गअन्तर्गत सिरहा–सन्हैठा खण्डमा मोटरसाइकल र साइकल एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ। सिरहा नगरपालिका–१८ स्थित हुलाकी राजमार्गमा मोटरसाइकल र साइकल ठोक्किँदा तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०१–००३–प ३२३० नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको साइकल एक आपसमा ठोकिँदा मोटरसाइकल चालकसहित तीनजनाको मृत्यु भएको प्रहरी […]

विश्वमा नेपालको परिचय र ब्राण्डिङलाई स्थापित गर्नुपर्छ : पर्यटनमन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विश्वमा देशको परिचय र ब्रान्डिङलाई स्थापित गर्नुपर्नेमा जोड दिनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पर्यटनमन्त्री पाण्डेले देशभित्र आफ्नो सम्पतीलाई संरक्षण, विकास र प्रवद्र्धन गर्नेका साथै देशबाहिर पनि परिचयलाई स्थापित गर्नुपर्ने बताउनुभयो । उहाँले बौद्धिक सम्पतीमाथिको अधिकारलाई कानूनहरूले सुनिश्चित नगरिदिएको कारणले कतिपय अवस्थामा पीडित हुनुपरेको जिकिर […]

त्रिविका विद्यार्थी र प्राध्यापकले सरकारी अस्पतालमा उपचार सुविधा पाउने

त्रिभुवन विश्वविद्यालयका विद्यार्थी तथा प्राध्यापकहरुलाई संघीय अस्पताल तथा प्रतिष्ठानहरुमा उपचार सुविधा दिन स्वास्थ्य मन्त्रालय र त्रिविबीच समझदारी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र त्रिविका उपकुलपति डा. खड्ग केसीको उपस्थितिमा मन्त्रालयमा भएको समझदारी अनुसार सबै संघीय अस्पताल तथा प्रतिष्ठानहरुमा त्रिविको उपचार कोषमार्फत ९० प्रतिशत तथा १० प्रतिशत योगदानमा आधारित उपचार सुविधा उपलब्ध […]

‘भटभटे माइला’ले ल्याए वेब-सिरिज ‘गाह्रो छ जिन्दगी’

कमेडी सिरियलमार्फत दर्शकमा बेग्लै पहिचान बनाएका कलाकार बेगम नेपालीले नयाँ वेब सिरिज ‘गाह्रो छ जिन्दगी’ ल्याएका छन् । ‘भटभटे माइला’ नामले परिचित उनले यसपटक भावनात्मक कथावस्तुमा आधारित सिरियल सुरु गरेका छन्, जसको पहिलो एपिसोड बुधबार युट्युबमार्फत सार्वजनिक भएको हो । यसअघि ‘गाह्रो छ हो’ कमेडी श्रृंखला ल्याएका उनले नयाँ श्रृंखलामार्फत जीवनका कठिन पक्ष देखाउने प्रयास […]

मन्त्री गुप्तालाई प्रश्न– कुलिङ पिरियडसँग संवैधानिक नियुक्ति विवादको साइनो छ ?

सरकारी कर्मचारीका लागि राजीनामा दिएपछि वा अनिवार्य अवकाश पाएपछि निश्चित समय अवधिसम्म संवैधानिक वा अन्य सरकारी नियुक्ति नपाउने प्रावधानमा दलहरू छलफलमा छन् । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले दुई वर्ष कुलिङ पिरियडको व्यवस्था राखेर संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभामा लगेको छ । प्रतिनिधि सभामा १ असारमा पेस भएको विधेयकको प्रतिवेदन ३ […]

राजावादीको आन्दोलन मत्थर भएपछि काठमाडौँको निषेधाज्ञा फिर्ता

राजावादीहरूको आन्दोलन मत्थर भएपछि  जिल्ला प्रशासन कार्यालय काठमाडौँले चक्रपथभित्र र अन्य सार्वजनिक स्थानमा लगाएको निषेधाज्ञा हटाएको छ । आन्दोलनलाई लक्षित गर्दै विभिन्न सार्वजनिक स्थानमा भेला, जुलुस, धर्ना र प्रदर्शन गर्न लगाएको प्रतिबन्ध लगाएको थियो । कार्यालयले आज एक सूचना जारी गर्दै गत जेठ १८ गतेको आदेश खारेज भएको जानकारी दिएको हो। यसअघि प्रशासनले जेठ १८ […]

आलमलाई सफाइ दिने दुई न्यायाधीश छानबिनमा

नेपाली कांग्रेसका नेता अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका दुई न्यायाधीशलाई न्याय परिषदले छानबिनका लागि तानेको छ। न्यायाधीश खुसीराम थारु र अर्जुन महर्जनविरुद्ध परिषदमा उजुरी परेको थियो। न्याय परिषदमा यसअघि दुवै न्यायाधीशको सुरक्षा र कार्यक्षेत्रबाट हटाउने विषयमा छलफल भए पनि सहमति नहुँदा निर्णय रोकिएको थियो। यसबीचमा न्यायाधीश थारुमाथि दुव्र्यवहार भएको घटना […]

आज भारी वर्षा र हावाहुरी समेतको सम्भावना

अहिले कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव छ। देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसका अतिरिक्त नेपालको मौसम प्रणालीमा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यूनचापिय क्षेत्रको समेत आंशिक प्रभाव छ। शुक्रबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। […]

भिजिट भिसामा ठगिएका २ हजार नेपाली सम्पर्कमा आएको रास्वपाको दाबी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २ हजारभन्दा धेरै भिजिट भिसा पीडित नेपाली आफूहरूको सम्पर्कमा आएको बताएको छ । जेठ १४ गते रास्वपाले भिजिट भिसा वा मानव तस्करीसँग सम्बन्धित प्रकरणका कारण ठगिएका नेपालीलाई सम्पर्कमा आउन आह्वान गरेको थियो थियो । ‘त्यो क्रममा भर्चुअल र फिजिकल माध्यमबाट २ हजार भन्दा धेरै पीडित नेपाली नागरिक सम्पर्कमा आए,’ रास्वपाका […]

चार प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने

हाल देशमा कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। यसका साथै देशको पश्चिम भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव छ। नेपालको मौसम प्रणालीमा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रको […]