डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव

एजेन्सी – चीनको फुझोउ शहरमा आयोजित नवौँ डिजिटल चीन शिखर सम्मेलनमा उन्नत प्रविधि र डेटा विकासका विविध प्रयोगहरू प्रस्तुत गरिएका छन् । करिब ५६ हजार वर्ग मिटर क्षेत्रफलमा फैलिएको प्रदर्शनीमा मानवजस्तै रोबोटहरूले आगन्तुकलाई स्वागत गरेका छन्, जहाँ लेखन गर्ने, चिया बनाउने तथा खेल खेल्ने रोबोटहरूले वास्तविक जीवनमा प्रविधिको प्रयोग देखाएका छन् । आगलागी जस्ता जोखिमपूर्ण […]

राष्ट्रपतिले जारी गरे थप तीन अध्यादेश

 राष्ट्रपति रामचन्द्र पौडेलले एकैचोटि तीन अध्यादेश जारी गरेका छन्। राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रपतिले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ तथा विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका हुन्। विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ […]

हुरीले मकैखेतीमा क्षति

इनरुवा (सुनसरी)- बुधबार राति आएको हुरीले यहाँको इनरुवासहित जिल्लाका विभिन्न स्थानमा मकैखेतीमा क्षति भएको छ । जिल्लाका इनरुवा, भोक्राहा, हरिनगर, देवानगञ्जलगायत स्थानीय तहमा व्यावसायिक रूपमा गरेको मकैखेतीमा हुरीले धेरै क्षति भएको भोक्राहा–६ का किसान नगेन्द्रकुमार साहले बताए । विगतमा गहुँखेती गर्दै आएकामा मकैबाट राम्रो आम्दानी हुने भन्दै यसपटक एक बिघा १५ कठ्ठामा मकैखेती गरेकामा हुरीले […]

नेपालबाट भारततर्फ स्याउ तस्करी, ६ हजार केजी स्याउसहित तीन गाडी नियन्त्रणमा

काठमाडौँ – मनराशिसवा नगरपालिका–२ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले ६ हजार ९ किलोग्राम स्याउसहित तीन वटा पिकअप गाडी नियन्त्रणमा लिएको छ । जिल्लाको मनराशिसवा नगरपालिका–२ स्थित सीमा क्षेत्रमा छापा मार्दै अवैध रूपमा भारततर्फ लैजान लागिएको ठुलो परिमाणको स्याउसहित तीन वटा पिकअप गाडी नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको स्याउको परिमाण ६ हजार ९ किलोग्राम रहेको छ […]

राष्ट्रपतिले जारी गरे थप तीन अध्यादेश

 राष्ट्रपति रामचन्द्र पौडेलले एकैचोटि तीन अध्यादेश जारी गरेका छन्। राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रपतिले स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ तथा विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका हुन्। विज्ञप्तिअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ […]

रास्वपा सचिवालय बैठक बस्दै

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको सचिवालय बैठक बोलाएका छन्। आइतबार दिउँसो साढे १२ बजेका लागि सभापति लामिछानेले सचिवालयको बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए। झाका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ। बैठकको एजेन्डाबारे जानकारी दिइएको छैन।

अर्थमन्त्री डा. वाग्ले र अमेरिकी विशेष दूतबीच भेटवार्ता, आर्थिक सहकार्य तथा विकास सहायताबारे छलफल

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया हेर्ने विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार दिउँसो करिब साढे तीन बजे अर्थ मन्त्रालयमा भएको उक्त भेट लगभग २० मिनेटसम्म चलेको बताइएको छ। भेटका क्रममा नेपाल-अमेरिका द्विपक्षीय आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने विषयका साथै विकास सहायता सम्बन्धी […]

सरकारले सम्पत्ति शुद्धीकरण ऐन संशोधनका लागि राष्ट्रपति कार्यालयमा पठायो अध्यादेश

 सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधनका लागि थप अध्यादेश राष्ट्रपति कार्यालय पठाएको छ । हाल कार्यान्वयनमा रहेको सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ संशोधनका लागि अध्यादेश जारी गर्न सरकारले सिफारिस गरेको हो । मन्त्रीपरिषद बैठकबाट एकै पटक निर्णय गरेर ८ वटा अध्यादेशहरु पटक-पटक गरी राष्ट्रपति कार्यालय पठाइएको छ। आठ वटा अध्यादेश मध्ये राष्ट्रपति रामचन्द्र पौडेलले अहिलेसम्म सहकारी […]

रुकुम पूर्वको जिप दुर्घटनापछि राजनीतिक कार्यक्रम श्रद्धाञ्जली सभामा रूपान्तरण

काठमाडौँ काठमाडौँ – रुकुम पूर्वबाट रोल्पाको जलजलातर्फ तीर्थयात्री लिएर जाँदै गरेको जिप दुर्घटनामा परी २० जनाको ज्यान गएपछि सो क्षेत्रका राजनीतिक तथा संगठनात्मक कार्यक्रम शोक सभामा परिणत गर्दै समापन गरिएको छ। नेकपा रुकुम पूर्वले आयोजना गरेको जिल्ला स्तरीय बैठक तथा प्रशिक्षण कार्यक्रमलाई दुर्घटनापछि श्रद्धाञ्जली सभामा रूपान्तरण गरिएको हो। कार्यक्रममा पार्टीका संयोजक तथा रुकुम पूर्वबाट निर्वाचित […]

आज टहरा भत्काइएका सुकुम्बासीलाई खरिपाटीदेखि बनेपासम्म ५ स्थानमा राखिने

काठमाडौं– शुक्रबार काठमाडौंका विभिन्न स्थानमा रहेका भत्काइएका टहराका सुकुम्बासीलाई सरकारले खरिपाटीदेखि बनेपासम्म ५ स्थानमा अस्थायी बसोबासको बन्दोबस्त गरेको छ। बल्खु, वंशीघाट, बालाजु, शंखमुललगायतका क्षेत्रमा रहेका सुकुमवासीका घर टहरा भत्काइएको छ । तत्कालका लागि ललितपुरको धापाखेलस्थित टेवा कार्यालय, भक्तपुरको खरिपाटीस्थित विद्युत तालिम केन्द्र, बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र र काभ्रेको बनेपास्थित […]