अरनिको राजमार्ग र बेनी-जोमसोम सडक लगायत यी सडक पहिरोले भए अवरुद्ध

वर्षापछिको बाढी पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार सिन्धुपाल्चोकमा अरनिको र लमजुङमा मध्यपहाडी राजमार्ग यतिबेला पूर्णरुपमा अवरुद्ध छ। त्यसैगरि मध्यपहाडी राजमार्गको भोजपुर खण्ड र बेनी जोमसोम सडक खण्डमा पनि एकतर्फी मात्रै गाडीहरु चलेका छन्। पहिरो पन्छाएर अवरुद्ध सडकमा गाडी सञ्चालनको तयारी भइरहेको पनि प्रहरीले जनाएको छ। अवरुद्ध सडकको सूची हेर्नुहोस्
युवराज सफलले अदालतमा मागे माफी : ५० हजार रुपैयाँ धरौटीमा छाड्न अदालतको आदेश

विभिन्न बिषयमा मुद्दा हाल्दै हिड्ने व्यक्तिको रुपमा पहिचान बनाएका युवराज पौडेल भनिने युवराज सफलले काठमाण्डौ जिल्ला अदालतमा माफी मागे पछि अदालतले ५० हजार रुपियाँ धरौटीमा छाड्न आदेश दिएको छ। सामाजिक सञ्जालमार्फत महान्यायाधिवक्ता र महान्यायाधिवक्ता कार्यालयको मानमर्दन हुने गरी अभिव्यक्ति दिएको अभियोगमा पक्राउ परेका सफलले काठमाण्डौ जिल्ला अदालतमा दिएको बयानको क्रममा आफूबाट गल्ति भएको महसुुस गर्दै […]
शेखर कोइराला समूहको भेला आज

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आज आफ्नो समूहको छुट्टै भेला बोलाएका छन् । बागमती प्रदेश स्तरीय भेला बोलाएको त्यो समूहका नेता निवर्तमान सहमहामन्त्री जीवन परियारले जानकारी दिए । भेलामा बागमती प्रदेश भित्रका बहालवाला र निवर्तमान केन्द्रीय सदस्य र पदाधिकारी, जिल्ला सभापति र पूर्व जिल्ला सभापति सांसद र पूर्वसांसद, प्रदेश सभा सदस्यहरू र बागमती प्रदेश […]
चितवनका युवाको माल्टामा निधन

चितवनका एक युवाको युरोपेली देश माल्टामा निधन भएको छ। चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १८, गुञ्जनगर घर भएका तुल्सीराम तामाङको माल्टामा बुधबार बिहान निधन भएको हो। उनको हृद’यघातका कारण निधन भएको बताइएको छ। सन् २०२२ को जनवरीमा रोजगारीका लागि माल्टा पुगेका तामाङ बुजिब्बा क्षेत्रमा बसोबास गर्दै आएका थिए र सेन्ट जुलियन्सस्थित एक रेस्टुरेन्टमा कार्यरत थिए। […]
विशेष महाधिवेशनपछि कांग्रेसमा ३ गुट

नेपाली कांग्रेसका स्पष्ट रूपमा ३ गुट देखा परेका छन् । गत पुसमा भएको विशेष महाविवेशनपछि कांग्रेसमा गुटको संख्या बढेको हो । विशेष महाधिवेशन हुनुभन्दा अगाडि कांग्रेसमा संस्थापन र डा शेखर कोइराला गुट थिए । अहिले त्यो बेलाको संस्थापन गुट निवर्तमान सभापति शेरबहादुर देउवा समूहका रूपमा गतिविधि गर्दै आएको छ । सो समूहको भेला बुधबारदेखि महाराजगञ्जस्थित […]
‘भेहिकल फ्री असन’ २०८३ वैशाख ५ गतेबाट सुरु
काठमाडौं– काठमाडौंको असन क्षेत्रको मौलिकतालाई जोगाउन वैशाख ५ गतेदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध गरेर सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप बढाउने निर्णय भएको छ । यस अघि स्थानीय संघसंस्था, क्लब तथा समुदायको चैत २८ गतेबाट कार्यक्रम सञ्चालन गर्ने तयारी थियो । यस क्रममा काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, […]
भक्तपुरको पचपन्न हाते लामो लिङ्गो ढाल्ने जात्रा सम्पन्न
भक्तपुर – भक्तपुरको प्रसिद्ध बिस्का जात्राको पाँचौँ दिन मंगलबार साँझ भेलुखेलस्थित यसीँख्योमा ५५ हात लामो यसीँ (लिङ्गो) ढाल्ने जात्रा सम्पन्न भएको छ । पुरानो वर्षको बिदाइ र नयाँ वर्षको आगमनको अघिल्लो दिन उठाएको लिङ्गो आज तान्त्रिक विधिपूर्वक पूजाआजा गरी साँझ ५ः४९ मिनेटमा ढालिएको हो । भैरवनाथको प्रतीक मानिने लिङ्गोमा बाँडिएको अष्टमातृकाको प्रतीक आठ वटा डोरी फुकाएर […]
मधेस प्रदेशका १३६ पालिका एवं सहरमा स्वच्छ, सफा तथा सुन्दर सहर निर्माणको अभियान
मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले जनकपुरधामदेखि सुरु भएको स्वच्छ, सफा तथा सुन्दर सहर निर्माणको अभियान मधेस प्रदेशका १३६ पालिका एवं सहरमा सञ्चालन गरिने बताएका छन् । जनकपुरधाममा आज पत्रकार सम्मेलनमा उनले जनकपुरधामबाट सुरु भएको सार्वजनिकस्थलको संरक्षण गर्ने अभियान मधेस प्रदेशका सबै पालिकामा सञ्चालन हुने बताएका हुन् । गृहमन्त्री महतोले गत चैत […]
अरनिको राजमार्ग : आजदेखि दुईतर्फी आवागमन
स्तरोन्नती भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडकखण्डमा आजदेखि दुईतर्फी आवागमन गराइएको छ । सडक कलोपत्रे गर्न २३ दिनदेखि पटकपटक विभिन्न मितिमा आवागमन बन्द तथा एकतर्फी सञ्चालन गर्दै आइएको थियो । उक्त सडकखण्डमा गत चैत २२ गतेदेखि मात्रै कालोपत्रे (पीच)को काम सुरु गरिएको थियो । त्यस दिनदेखि रातको समयमा पूर्णरूपमा बन्द गराई दिउँसो एकतर्फी सञ्चालन गरी […]
सरकारको राष्ट्रिय प्रतिवद्धता– किसानलाई क्रेडिट कार्ड, बिमा, सहुलियत ऋणदेखि पेन्सनसम्मको व्यवस्था
काठमाडौं – सरकारले कृषि पेशाको सम्मान र आत्मनिर्भरताको प्रतिवद्धता जाहेर गरेको छ। आज राष्ट्रिय प्रतिवद्धता सार्वजनिक गर्दै कृषि उपजको उत्पादन वृद्धि गरी आत्मनिर्भर हुन नीतिगत, कानुनी र भन्सार सुधार लगायतका कार्य गरिने जनाएको हो। प्रतिवद्धतामा भनिएको छ, ‘कृषि क्षेत्रमा आयात प्रतिस्थापनलाई टेवा पुग्ने गरी भारतसँगको व्यापार सम्झौता तथा नेपालभित्रै उत्पादन सम्भव भएका कृषि उपजको उत्पादन […]