कांग्रेसको नीतिः निर्वाचन प्रचार प्रसार गर्दा अन्य दलका उम्मेदवारलाई गाली गर्न नपाइने

नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रचार प्रसारका क्रममा अन्य दलका उम्मेदवारलाई गाली नगर्ने नीति बनाएको छ । आइतबार बिहान कार्यसम्पादन समितिको भर्चुअल बैठकबाट पारित ‘निर्वाचन परिचालन निर्देशिका–०८२’मा प्रचार प्रसारका क्रममा गाली नगर्ने उल्लेख गरेको हो । ‘नेपाली काँग्रेस आफ्ना प्रतिस्पर्धी पार्टीहरू र तिनका उम्मेदवारहरूबारे स्वस्थ टिप्पणी गर्ने, आलोचना गर्नुपर्दा विषयगत तर्कका साथ गर्ने […]

ज्येष्ठ नागरिकप्रति कर्तव्य निर्वाह नगर्ने व्यक्तिलाई सार्वजनिक सेवा सुविधाबाट वञ्चित गर्ने कानून ल्याउँदै सरकार

ज्येष्ठ नागरिकको सम्मानपूर्वक जीवनयापन सुनिश्चित गर्न परिवारबाट कर्तव्य निर्वाह नगर्ने व्यक्तिलाई सार्वजनिक सेवा सुविधाबाट वञ्चित गर्नेगरी सरकार कानुन निर्माणको तयारीमा जुटेको छ । आइतबार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव श्रद्धा श्रेष्ठले यस्तो जानकारी दिएकी हुन् । ज्येष्ठ नागरिकप्रतिको पारिवारिक जिम्मेवारीलाई कानूनी तथा नीतिगत […]

समावेशी शासनले मात्रै राजनीतिक स्थायित्व सम्भव छ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले देशको चौतर्फी विकास, समृद्धि र सामाजिक न्यायका लागि राजनीतिक स्थायित्व अनिवार्य सर्त भएको बताएका छन्। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको रजत जयन्ती तथा नेपाल आदिवासी ज्ञान सम्मेलन महोत्सवको आइतबार उद्घाटन गर्दै उनले राज्यले सबै जाति र समुदायलाई विश्वासमा लिएर समावेशी शासन प्रणालीलाई व्यवहारमा उतारेपछि मात्र राजनीतिक स्थायित्व सम्भव हुने धारणा राखेका हुन्। […]

सामाजिक सुरक्षा भत्ता २० लाख बढी ज्येष्ठ नागरिकले बुझ्छन् : राधिका अर्याल

सरकारले अघि बढाएको सामाजिक सुरक्षा भत्ताको कार्यक्रमबाट २० लाख ९ हजार १ सय ६९ जेष्ठ नागरिक लाभान्वित भइरहेका छन् । आईतवार सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा मन्त्रालयकी सचिव राधिका अर्यालले यस्तो जानकारी दिनुभएको हो । ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरीय र सम्मानित बनाउन थप विशेष व्यवस्था आवश्यक रहेको विषयमा जरुरी सार्वजनिक […]

निर्वाचनमा राप्रपा बलियो शक्ति नभए मुलुकमा जेन–जी विद्रोह भन्दा ठूलो दुर्घटना हुन्छ : राजेन्द्र लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले आसन्न निर्वाचनमा आफ्नो पार्टी विजयी नभए देश जेन–जी आन्दोलनको भन्दा ठूलो दुर्घटनामा फस्ने चेतावनी दिनुभएको छ । आईतवार काठमाडौंका पार्टीका उम्मेदवारहरुको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले सो चेतावनी दिनुभएको हो । अध्यक्ष लिङदेनले देशलाई दुर्र्घटनामा फस्न नदिन पनि आम मतदाताले राप्रपालाई विजयी गराउनै पर्ने जिकिर गर्नुभयो । उहाँले राप्रपाले […]

ग्यास अभावको मौका छोपेर बजारमा ‘ब्रह्मलुट’ : ग्याससहितको सिलिन्डर किन्न ४ हजार ६ सय

बजारमा अहिले खाना पकाउने एलपी ग्यासको चरम अभाव छ । सर्वसाधारणले सहज रूपमा ग्यास पाउन सकेका छैनन् । डिपोहरूमा रित्ता सिलिन्डरको लाइन छ भने विक्रेताकहाँ नाम टिपाएर हप्तौँ कुर्नुपर्ने बाध्यता छ । यता नेपाल आयल निगमले ग्यास आयात बढाएको र सहज भइसकेको बताइरहेको छ । उद्योगीहरू भने ग्यास आयात बढेको तर उपभोक्ताले अनावश्यक रूपमा खरिद […]

‘विषालु’ बन्यो बिहे भोज, नयाँ बिरामी थपिएको थपियै

 खोटाङमा बिहे भोज खाँदा बिरामी पर्नेको संख्या बढिरहेको छ । जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएपछि आफन्त र स्थानीयवासी बिरामी परेका हुन् । माघ २१ गतेको विवाह भोज खाएकामध्ये बेहुला–बेहलीसहित करिब डेड सय स्थानीय बिरामी परेका छन् । उपचारपछि धेरैजसो बिरामी निको भएर घर फर्किरहेका छन् । तर, नयाँ बिरामी थपिने क्रम जारी रहेको जन्तेढुंगा […]

बागलुङ–२ मा नेकपालाई जनमोर्चाको भर, कांग्रेस–एमालेलाई नयाँको डर

 प्रतिनिधि सभाको निर्वाचन मिति नजिकिएसँगै बागलुङ क्षेत्र नम्बर २ मा पनि बिस्तारै चुनावी सरगर्मी बढ्न थालेको छ । भौगोलिक विकटता र अप्ठ्यारो भूगोलका कारण यहाँका उम्मेदवारले एकै पटकमा धेरै मतदाता भेट्न मुस्किल पर्छ । अग्ला–अग्ला पहाड छिचोलेर एकदेखि अर्को बस्ती पुग्नुपर्दा घण्टौँ लाग्ने गर्छ । स–सानो टोलमा पुगेर मतदाता रिझाउन धेरै समय खर्चिनु पर्ने बाध्यता […]

एपिस्टनसँगको सम्बन्धबारे फ्रान्समा पूर्व मन्त्रीमाथि छानबिन

फ्रान्सका वित्तीय अपराध अभियोजकहरूले पूर्व संस्कृतिमन्त्री ज्याक लाङमाथि कर छलीबाट प्राप्त रकम शुद्धीकरण गरेको आशङ्कामा प्रारम्भिक अनुसन्धान सुरु गरेका छन् । अमेरिकी यौन अपराधी जेफ्री एप्स्टिनसँगको सम्बन्धबारे खुलासा भएपछि यो छानबिन सुरु भएको हो । ८६ वर्षीय लाङले आधारहीन भन्दै आरोप अस्वीकार गरेका छन् । अनुसन्धानले आफ्नो इमानदारी स्पष्ट गर्ने उनको भनाइ छ । अनुसन्धान […]

खोकनामा अझै पेलिन्छ तेल : तीन सय वर्षे काठको कोलले धानेको परम्परा

ललितपुरको ऐतिहासिक बस्ती खोकना शुद्ध तोरीको तेलका लागि आज पनि परिचित छ । खोकना सम्झनासाथ धेरैको मनमा शुद्ध तोरीको तेलको स्वाद र सुगन्ध झल्किन्छ । करिब तीन सय वर्ष लामो इतिहास बोकेको काठको तेल मिल (कोल) अहिले पनि यहाँ सञ्चालनमा रहेकाले खोकनाको पहिचान जोगिएको स्थानीय बताउँछन् । ललितपुर महानगरपालिका–२१ खोकनामा रहेको ऐतिहासिक ‘गाबु ज्याः सा’ […]