सामाजिक सञ्जालमा स्टन्ट गरेर नयाँ हुँदैन : प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकप्रियतावादमार्फत विश्व साम्राज्यवादले नेपालको लोकतन्त्रविरुद्ध प्रहार गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन्। सोमबार काठमाडौँ–५ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले त्यसको प्रतिवाद गर्न नयाँ संकल्पका साथ अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए। उनले नयाँको नाममा सामाजिक सञ्जालमा स्टन्ट गरेर केही नहुने स्पष्ट पारे। “सोसियल मिडियामा फन्डा गरे पनि उनीहरूसँग […]
बैंक खाताको सिफारिस लिन धनकुटाका ७ उम्मेदवारको आनाकानी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारको आर्थिक कारोबारका लागि छुट्टै बैंक खाता सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ । तर, धनकुटाका ७ जना उम्मेदवारले बैंक खाता सञ्चालनका लागि सिफारिस नै नलिएको पाइएको छ । निजी खाताबाट आर्थिक कारोबार गर्दै आएका उम्मेदवारहरूलाई निर्वाचन आयोगको अनुमती प्राप्त खाताबाट मात्रै आर्थिक कारोबार गर्न पाउने […]
इरानमा प्रमुख सुधारवादी नेताहरू पक्राउ

जनवरी महिनाको सरकार विरोधी प्रदर्शनका क्रममा देशको राजनीतिक तथा सामाजिक व्यवस्था भंग गर्न खोजेको र अमेरिका तथा इजरायलको हितमा काम गरेको आरोपमा इरानी अधिकारीहरूले चार जनालाई पक्राउ गरेका छन् । पक्राउ परेकामध्ये तीन जना प्रख्यात सुधारवादी राजनीतिज्ञ रहेको इरानी सञ्चारमाध्यमले जनाएको छ । पक्राउ पर्नेमा इरानको रिफर्म फ्रन्टकी प्रमुख अजार मन्सुरी, पूर्व कूटनीतिज्ञ मोहसेन अमिनजादेह […]
रोल्पामा अटो दुर्घटना हुँदा ७ जना घाइते

रोल्पा नगरपालिका–३ गोठमारेमा अटोरिक्सा दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक विरेन्द्रवीर विश्वकर्माका अनुसार रोल्पा नगरपालिका ३ गोठमारेकी २६ वर्षीया गायत्रा खड्का केसी, गायत्राकी २ वर्षीया छोरी रिहाना र सोही ठाउँ निवासी २३ वर्षीया निम […]
घोराही–तुलसीपुर सडकखण्डमा मोटरसाइकल पल्टिएको स्थान नजिक २ जना मृत फेला, दुवैको पहिचान खुल्यो

दाङको घोराही उपमहानगरपालिका–१६ सेवार खोलामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पाको त्रिवेणी गाउँपालिका ७ का २८ वर्षीय ज्ञानेन्द्र बुढाथोकी र दाङको तुलसीपुर उपमहानगरपालिका १७ झिंगई बस्ने ३९ वर्षीय कमल ओली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आज बिहान घोराही–तुलसीपुर सडकखण्डको सेवार खोलामा लु प्र ०२००१ प ११०२ […]
अन्डाको भाउ घट्यो, प्रतिक्रेट कति ?

अन्डाको भाउ घटेको छ । नेपाल लेयर्स कुखुरापालक संघले आज सोमबारदेखि लागु हुने गरी अन्डाको भाउ घटाएको हो । संघका अध्यक्ष विनोद पोखरेलले नेपालमा उत्पादन बढेको र यही समयमा भारतबाट पनि अन्डा नेपाल भित्रिएपछि भाउ घटेको बताए । नयाँ भाउ अनुसार ठूलो अन्डाको भाउ प्रतिक्रेट ३ सय ७५ र मिडियमको ३४५ कायम गरिएको छ । […]
टेलिकमको बिलिङ सिस्टम भ्रष्टाचार मुद्दामा सुनिल पौडेलसहित १८ जनाको पेसी तोकियो

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनाविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीश डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासमा सोमबार सुनुवाइका लागि पेसी तोकिएको हो। यस मुद्दामा दुई पटक वादी पक्ष र दुई पटक प्रतिवादी पक्षका कानुन व्यवसायीले निवेदन दिएपछि […]
बहुसूचक सर्वेक्षण नतिजा सार्वजनिक : पूर्वप्रसूति जाँचको पहुँच बढ्यो

राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२’ को नतिजा प्रतिवेदन सार्वजनिक गरेको छ । महिला, बालबालिका तथा घरपरिवारको अवस्थाबारे राष्ट्रिय तथा प्रदेशस्तरीय अनुगमन, मूल्याङ्कन, योजना तर्जुमा तथा स्तरीय र तुलनायोग्य सूचक उपलब्ध गराउने उद्देश्यका साथ यो सर्वेक्षण सञ्चालन गरी नतिजा सार्वजनिक गरिएको कार्यालयले जनाएको छ । तथ्याङ्क कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गरेको यो […]
बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीले दिए राजीनामा
काठमाडौँ । एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीले राजीनामा दिएका छन् । अमेरिकी यौन अपराधीलाई दोषी ठहर गरिएका जेफरी एपस्टीनसँग सम्बन्ध भए पनि पिटर म्यान्डेलसनलाई संयुक्त राज्य अमेरिकाका लागि राजदूतमा नियुक्त गरेपछि विवादमा परेका बेलायती प्रधानमन्त्री केइर स्टार्मरका प्रमुख सहयोगी (चिफ अफ स्टाफ) ले राजीनामा दिएका हुन्। डाउनिङ स्ट्रिटका चिफ अफ स्टाफ […]
फागुन २१ को चुनाव देशले जित्ने चुनाव हो : रवि लामिछाने
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फागुन २१ को प्रतिनिधि सभा निर्वाचन दल र नेताले भन्दा देशले जित्ने चुनाव भएको बताएका छन् । ‘जनसम्पर्क’ नाम दिइएको कार्यक्रमका लागि रूपन्देही क्षेत्र नम्बर १ को देवदह खैरेनीमा आएका लामिछानेले यस्तो बताएका हुन् । ‘दल र नेताले धेरैपटक जिते । हरेक निर्वाचनमा दलले जित्दै आएका छन् […]