कास्कीमा प्रहरीलाई निर्वाचन सुरक्षा सम्बन्धी अभिमुखीकरण
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षार्थ खटिने जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी चौकी र युनिट इञ्चार्जलाई आज निर्वाचन सुरक्षा, आचारसहिंतालगायत विषयमा अभिमुखीकरण गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीको उपस्थितिमा जिल्लाको सुरक्षा अवस्था र आगामी दिनमा तय गर्नुपर्ने रणनीतिका विषयमा अन्तरक्रिया एवं छलफल भएको कार्यालयका प्रहरी नायब उपरिक्षक […]
अमेरिका र भारतबिच अन्तरिम व्यापार सम्झौताको घोषणा
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२५ फेब्रुअरीमा सुरु गरेको अमेरिका–भारत द्विपक्षीय व्यापार सम्झौता (बिटीए) वार्तालाई अगाडि बढाउन अन्तरिम व्यापार सम्झौताको घोषणा गरेका छन् । संयुक्त राज्य अमेरिका र भारत बीचको अन्तरिम सम्झौताले व्यापारमा ऐतिहासिक कोसेढुङ्गाको प्रतिनिधित्व गर्दै आपसी हित र पारस्परिक सन्तुलित व्यापारको साझा प्रतिबद्धता प्रदर्शन गर्ने जनाइएको […]
मिथ्या सूचना नियन्त्रणमा निर्वाचन आयोग सक्रिय
२४ माघ, काठमाडौं । निर्वाचन आयोगले मिथ्या सूचना नियन्त्रणका लागि सक्रिय रहेको बताएको छ । आयोगकी सदस्य जानकीकुमारी तुलाधर सामाजिक सञ्जालसँग सम्झौता लगायतका कार्य समेत भएको बताउँछिन् । ‘मिथ्या सूचना, भ्रामक सूचना, हेट स्पिचलाई कसरी नियमन र नियन्त्रण गर्ने भन्ने कुरामा आयोग सदैब सचेत रहेको छ’ उनी भन्छिन्, ‘अहिले मात्रै हामीले मेटा, टिकटक लगायतसँग एमओयू […]
प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त

प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता सुनिल थापाको असामयिक निधनको खबरले आफू मर्माहत भएको बताएकी छन् । अभिनेता थापाको निधनसँगै नेपाली र भारतीय चलचित्र जगतले एक बहुआयामिक कलाकार मात्र नभई दरिलो खम्बा गुमाएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले ‘चिनो’ का राते काइँलादेखि ‘मेरी कोम’का प्रशिक्षकसम्ममा उनका खलनायक र सहनायकका उम्दा भूमिकाले करोडौँका मन जित्न […]
डा.कर्मा वाङ्छु शेर्पालाई सम्मान
संयुक्त राज्य अमेरिकास्थित विलमिङटन मेट्रोपोलिटन विश्वविद्यालयबाट सम्मानार्थ विद्यावारिधि उपाधि प्राप्त गरेका डा.कर्मा वाङ्छु शेर्पालाई सम्मान गरिएको छ । शेर्पा शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सम्मानित भएका हुन् । कुलुङ शेर्वी किदुगको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा डा.शेर्पाको शैक्षिक उपलब्धि, सामाजिक योगदान तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली समाजको पहिचान प्रवर्द्धन गर्न पुर्याएको योगदानबारे चर्चा भएको थियो । कार्यक्रममा […]
पाकिस्तानकाे एक मस्जिदमा विस्फोट हुँदा ७० जनाको ज्यान गयो
एजेन्सी । पाकिस्तानको राजधानी इस्लामाबादमा भएको विस्फोटमा करिब ७० जनाको ज्यान गएको छ । प्रार्थनाको समयमा शुक्रबार दिउँसाे एक मस्जिदमा भएको विस्फोटमा साढे २ सय जना भन्दा बढी घाइते भएकाे बीबीसीले जनाएको हाे । जिल्ला प्रशासनका प्रवक्ताले शहरका ३ वटा अस्पतालमा आपत्काल घोषणा गरिएको बताएका छन् । साथै घाइतेहरूको उपचारको अनुगमन गर्न विभिन्न अस्पतालहरूमा सहायक आयुक्तहरू […]
आयोगले ३४ राजनीतिक दल र उम्मेदवारलाई स्पष्टीकरण साेध्याे
काठमाडाैं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनका घटनामा छानबिन र कारबाही भइरहेको जनाएको छ । नियमित पत्रकार सम्मेलनका क्रममा शुक्रबार आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आचारसंहिता पालना गराउन र उल्लङ्घनकर्तालाई कारबाहीको दायरामा ल्याउन सक्रियता बढाएको बताउनुभएको हो ।प्रवक्ता भट्टराईका अनुसार पछिल्लो समय जिल्ला तहबाटै उजुरी लिने र फर्स्याेट गर्ने क्रम बढेकाले केन्द्रमा उजुरीको चाप घटेको छ । आयोगले […]
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध, केन्द्रीय सुरक्षा समिति बैठकमा भएका यी हुन् निर्णय
काठमाडौं– केन्द्रीय सुरक्षा समितिको बैठकले आगामी निर्वाचनमा ड्रोनको प्रयोगमा रोक लगाउने निर्णय गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा शुक्रबार बसेको बैठकले योसहित अन्य निर्णय गरेको छ। गृह मन्त्रालयका अनुसार अर्यालले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा सुरक्षा तयारीबारे ब्रिफिङ लिँदै जोखिम आँकलन गरी सुरक्षा व्यवस्था चुस्त राख्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन पनि दिए। अर्यालले सुरक्षाको मामलामा कुनै कमजोरी […]
रास्वपा र बालेनबीचको एकता विचार र सिद्धान्तविहीन ‘स्टन्ट’ मात्रै: नेता सापकोटा
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अग्निप्रसाद सापकोटाले राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन्द्र शाह बालेनबीचको पछिल्लो सहकार्यलाई ‘स्टन्ट’ को रुपमा चित्रण गर्नुभएको छ । शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उनीहरुमा कुनै ठोस एजेण्डा नभएको र प्राविधिक सहमति मात्र भएको बताउनुभयो । नयाँ शक्तिहरूका पछाडि भयानक तागत रहेको आरोप लगाउँदै […]
संसद भवनको निर्माण कार्य आगामी चैत्र पहिलो हप्ताभित्र सक्न राष्ट्रियसभा अध्यक्ष दाहालको निर्देशन
काठमाडाैं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले चैत्रको पहिलो हप्ताभित्र संघीय संसद भवनको निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । सिंहदरवारस्थित कार्यकक्षमा शुक्रबार शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र निर्माण कार्यमा सम्पन्न सम्बन्धित पक्षलाई बोलाएर उहाँले सोही निर्देशन दिनुभएको हो । नयाँ संसद भवनबाटै प्रतिनिधिसभा र राष्ट्रियसभा सञ्चालन गर्नेगरी कुनैपनि अवरोध नहुने […]