बीमा बोर्डले स्रोतको सुनिश्चितता नगरी खर्च गर्दा राज्यलाई ठूलो आर्थिक भार : मन्त्री गाैतम
काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा बोर्डले स्रोतको सुनिश्चितता र अर्थ मन्त्रालयको सहमति बिना खर्च गर्दा राज्यलाई ठूलो आर्थिक भार परेको बताउनुभएको छ । ललितपुरमा शुक्रबार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री गौतमले यस्ताे बताउनुभएकाे हाे । स्वास्थ्य बीमाका लागि चालु आर्थिक वर्षमा विनियोजित १० अर्ब […]
‘अरूलाई खराब देखाएर आफू ‘राम्रो’ बन्ने मनोविज्ञान छ’
अहिले हाम्रो समाजमा एउटा गहिरो र डरलाग्दो मनोविज्ञान हाबी भइरहेको छ, जसलाई समाजशास्त्रीय भाषामा ‘अदर्स कल्चर’ भन्न सकिन्छ। यो भनेको आफूलाई राम्रो बनाएर वा राम्रो काम गरेर प्रस्तुत गर्नेभन्दा पनि, अरूलाई खराब देखाएर आफू राम्रो ठहरिन खोज्ने प्रवृत्ति हो। आजभोलि मानिसहरूमा आफ्नो सबल पक्षलाई बलियो बनाउने होइन, बरु अरूको कमजोरीमा औँला ठड्याएर आफूलाई ठिक साबित […]
अमेरिका र इरान वार्ता गर्न सहमत
काठमाडौं काठमाडौं । अमेरिका र इरानका अधिकारीहरूले शुक्रबार ओमानमा हुने वार्ताको पुष्टि गरेका छन् । बुधबार दुवै देशले इरानको आणविक कार्यक्रमसम्बन्धी वार्ता ओमानको राजधानी मस्कटमा हुने बताए । वार्तामा सहमति नभएको समाचारहरूबीच इरानका विदेशमन्त्री अब्बास अराघ्चीले सामाजिक सञ्जाल एक्समा लेख्दै भने, “म ओमानी दाजुभाइहरूलाई आवश्यक सबै व्यवस्था गरेकोमा कृतज्ञ छु ।” अमेरिकी राष्ट्रपतिको कार्यालयका अधिकारीहरूले […]
‘माया मात्रै रहेछ देशैभरी, देश बन्छ’- बालेन्द्र शाह
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह बालेनले देशैभरी माया मात्रै रहेको बताउनुभएको छ । वरिष्ठ नेता बालेनले बिहीबार राति सामाजिक सञ्जालमार्फत यस्तो बताउनुभएको हो । उहाँले यसरी नै देशलाई माया गर्न पनि आमजनतालाई आग्रह गर्नुभएको छ । माया गरेपछि देश बन्ने समेत उहाँले बताउनुभएको छ । त्यस्तै, नेता […]
सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै

राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने भएकी छिन् । गत मङ्गलबारको मन्त्रिपरिषद् बैठकले सो विधेयक सङ्घीय संसद्बाट फिर्ता लिन स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो । राष्ट्रियसभाको १७ औँ अधिवेशनमा दर्ता भएको उक्त विधेयक सभाको विधायन व्यवस्थापन समितिमा विचाराधीन थियो […]
चितवन पुगे रास्वपा सभापति रवि लामिछाने
चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने उपचारकै चितवन पुगेका छन्। खुट्टामा गम्भीर चोट लागेकाले उनी हाल सहज रूपमा हिँडडुल गर्न सक्ने अवस्थामा छैनन्। घटनापछि पहिलोपटक सार्वजनिक भएको तस्बिरमा लामिछानेको बायाँ खुट्टा कुर्कुच्चादेखि घुँडासम्म ब्यान्डेज गरिएको देखिन्छ। खुट्टा मोडेर बस्नसमेत कठिनाइ भइरहेको स्रोतले जनाएको छ। पत्नी निकिता लामिछानेले उनलाई एम्बुलेन्समार्फत विमानस्थलसम्म पुर्याएकी थिइन्। चितवन […]
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ। भट्टराईका पिता भोजप्रसाद भट्टराईको ९७ वर्षमा आज बिहान न्युरो हस्पिटल बाँसबारीमा निधन भएको हो। भट्टराईको शव अहिले केहीबेरमा पशुपतिस्थित विद्युतीय शव गृहमा दाहसंस्कार गरिने प्रगतिशील लोकतान्त्रिक पार्टी ९प्रलोपा० नेता रोशन पोखरेलले जनाकारी दिए । स्वर्गीय भट्टराईका २ छोरा २ छोरी छन् ।
रोहितले क्यानडाविरुद्ध नखेल्ने

कप्तान रोहितकुमार पौडेलले आइसिसी पुरुष टी–२० विश्वकपको दोस्रो वार्म अप खेलमा क्यानडाविरुद्ध नखेल्ने भएका छन् । नेपाल र क्यानडाबिचको दोस्रो खेल चेन्नईमा हुँदै छ । यसअघि यही मैदानमा नेपालले युएईलाई हराएको थियो । तर, प्रतियोगिताको उद्घाटनअघि प्रि म्याच कन्फेरेन्समा सहभागी हुनुपर्ने भएपछि रोहितले दोस्रो खेल छुटाउने भएका हुन् । प्रि म्याच कन्फेरेन्स मुम्बईको वानखेडे रंगशालामा हुँदै […]
तत्कालीन न्यायाधीश अधिकारीले पुनर्बहालीको माग गर्दै दायर रिटमा सुनुवाइ हुँदै

न्याय परिषद्को सिफारिसमा तत्कालीन कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बर्खास्त गरेका तत्कालीन जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीले पुनर्बहालीको माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र नृपध्वज निरौलाको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । पटक पटक कैफियत फैसला दिएको, कार्यक्षमताको अभाव रहेको र खराब […]
म्याग्दीको दोसल्लेबाट यसवर्ष दुई करोड मूल्य बराबरको सुन्तला बिक्री

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले यस वर्ष करिब रु. दुई करोड मूल्य बराबरको सुन्तलाको ब्यापार गरेका छन् । बयालीस घरधुरीको बसोबास रहेको दोसल्लो गाउँमा गतबर्ष सुन्तलाबाट रु एक करोड ८० लाख भित्रिएको थियो । यसपाली दाना कम लागेपनि मूल्य बढेको र नयाँ बिरुवामा दाना लागेकाले समग्रमा गत वर्षकै अनुपातमा आम्दानी भएको दोसल्ले व्यवसायिक सुन्तलाजात किसान […]