पाकिस्तानकाे एक मस्जिदमा विस्फोट हुँदा ७० जनाको ज्यान गयो

एजेन्सी । पाकिस्तानको राजधानी इस्लामाबादमा भएको विस्फोटमा करिब ७० जनाको ज्यान गएको छ । प्रार्थनाको समयमा शुक्रबार दिउँसाे एक मस्जिदमा भएको विस्फोटमा साढे २ सय जना भन्दा बढी घाइते भएकाे बीबीसीले जनाएको हाे । जिल्ला प्रशासनका प्रवक्ताले शहरका ३ वटा अस्पतालमा आपत्काल घोषणा गरिएको बताएका छन् । साथै घाइतेहरूको उपचारको अनुगमन गर्न विभिन्न अस्पतालहरूमा सहायक आयुक्तहरू […]

आयोगले ३४ राजनीतिक दल र उम्मेदवारलाई स्पष्टीकरण साेध्याे

काठमाडाैं । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनका घटनामा छानबिन र कारबाही भइरहेको जनाएको छ । नियमित पत्रकार सम्मेलनका क्रममा शुक्रबार आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आचारसंहिता पालना गराउन र उल्लङ्घनकर्तालाई कारबाहीको दायरामा ल्याउन सक्रियता बढाएको बताउनुभएको हो ।प्रवक्ता भट्टराईका अनुसार पछिल्लो समय जिल्ला तहबाटै उजुरी लिने र फर्स्याेट गर्ने क्रम बढेकाले केन्द्रमा उजुरीको चाप घटेको छ । आयोगले […]

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध, केन्द्रीय सुरक्षा समिति बैठकमा भएका यी हुन् निर्णय

काठमाडौं– केन्द्रीय सुरक्षा समितिको बैठकले आगामी निर्वाचनमा ड्रोनको प्रयोगमा रोक लगाउने निर्णय गरेको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा शुक्रबार बसेको बैठकले योसहित अन्य निर्णय गरेको छ। गृह मन्त्रालयका अनुसार अर्यालले आसन्न प्रतिनिधिसभाको निर्वाचनमा सुरक्षा तयारीबारे ब्रिफिङ लिँदै जोखिम आँकलन गरी सुरक्षा व्यवस्था चुस्त राख्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन पनि दिए। अर्यालले सुरक्षाको मामलामा कुनै कमजोरी […]

रास्वपा र बालेनबीचको एकता विचार र सिद्धान्तविहीन ‘स्टन्ट’ मात्रै: नेता सापकोटा

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अग्निप्रसाद सापकोटाले राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन्द्र शाह बालेनबीचको पछिल्लो सहकार्यलाई ‘स्टन्ट’ को रुपमा चित्रण गर्नुभएको छ । शुक्रबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उनीहरुमा कुनै ठोस एजेण्डा नभएको र प्राविधिक सहमति मात्र भएको बताउनुभयो । नयाँ शक्तिहरूका पछाडि भयानक तागत रहेको आरोप लगाउँदै […]

संसद भवनको निर्माण कार्य आगामी चैत्र पहिलो हप्ताभित्र सक्न राष्ट्रियसभा अध्यक्ष दाहालको निर्देशन

काठमाडाैं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले चैत्रको पहिलो हप्ताभित्र संघीय संसद भवनको निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । सिंहदरवारस्थित कार्यकक्षमा शुक्रबार शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र निर्माण कार्यमा सम्पन्न सम्बन्धित पक्षलाई बोलाएर उहाँले सोही निर्देशन दिनुभएको हो । नयाँ संसद भवनबाटै प्रतिनिधिसभा र राष्ट्रियसभा सञ्चालन गर्नेगरी कुनैपनि अवरोध नहुने […]

राष्ट्रियसभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला सम्बन्धि विधेयक पारित

काठमाडाैं । राष्ट्रिय सभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक २०८१ पारित भएको छ । राष्ट्रिय सभाकाे शुक्रबारकाे बैठकमा प्रधानमन्त्री सुशीला कार्कीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले पेश गर्नु भएको सो विधेयक सर्वसम्मतिले पारित भएको हो । विधेयकमा सो प्रयोगशालाको स्थापना र संचालनका लागि आवश्यक कानूनी व्यवस्था गरिएको छ । राष्ट्रिय […]

झापा जिल्ला यस पटक पूर्णरूपमा सूर्यमय हुने अध्यक्ष ओलीकाे दावी

 । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा जिल्ला सूर्यमय हुने दावी गर्नुभएकाे छ । गृहजिल्लास्थित चन्द्रगढी विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले झापा यस पटक पूर्ण रूपमा एमालेमय हुने दावी गर्नुभएकाे हाे । झापाली जनताको माया र समर्थन एमालेप्रति रहेको उल्लेख गर्दै उहाँले झापालाई सूर्यमय बनाउन सबै नेता तथा कार्यकर्ता र समर्थकलाई आ-आफ्नो स्थानबाट […]

समानुपातिक बन्दसूची : युवामा महिला र पुरुषमा प्रौढ उम्मेदवार बढी

काठमाडौँ- आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन,  समानुपतिकतर्फको बन्दसूचीमा २५ देखि ८० वर्षभन्दा माथि उमेरका उम्मेदवार पनि समावेश भएका छन् । निर्वाचन आयोगको बन्दसूचीमा समाविष्ट विवरणअनुसार युवामा महिला उम्मेदवार र प्रौढमा तुलनात्मक रूपमा पुरुष उम्मेदवार बढी रहेको देखिएको छ । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार बन्दसूचीमा कूल तीन हजार १३५ उम्मेदवार रहेकामा महिला एक हजार ७७२ […]

आयाेगले आचारसंहिता विपरीतका १८१ सूचना कारबाहीका लागि साइबर ब्यूरोमा पठायाे

निर्वाचन आयोगले निर्वाचन सम्बन्धी गलत सूचना प्रवाह गर्ने १ सय ८१ वटा सूचना नेपाल प्रहरीको साइबर ब्यूरोमा कारबाहीका लागि पठाएको छ । आयोगले शुक्रबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले साेही सूचना विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाहीका लागि साइबर ब्यूरोमा पठाएकाे बताउनुभएकाे हाे । सात वटा गलत सूचना दूरसञ्चार प्राधिकरण ऐन, अनुसार कारबाहीका […]

निर्वाचन आयोगले क्यान महासंघलाई सोध्यो स्पष्टिकरण (पत्रसहित)

काठमाडौं । निर्वाचन आयोगले कम्प्युटर एसोसियशन नेपाल महासंघ (क्यान) लाई स्पष्टिकरण सोधेको छ । महासंघले आयोगको स्वीकृति नलिई साधारण सभा आयोजना गरेको भन्दै स्पष्टिकरण माग गरिएको हो ।आयोगले यहि माघ १७ गतेको सूचना अनुसार २१ गते आयोजना गर्ने भनिएको साधारण सभा सम्पन्न भएको हो वा होईन यदि हो भने निर्वाचन आयोगको आचारसंहिता २०८२ बमोजिम निर्वाचन आयोगको […]