बालेनलक्षित काँग्रेस सांसद भट्टको टिप्पणीः देश जलाउनेहरुबाट कुनैपनि खालको अपेक्षा गर्न सकिँदैन

। नेपाली काँग्रेसका राष्ट्रिय सभाका सांसद नारायणदत्त भट्टले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहप्रति आक्रोश व्यक्त गर्नुभएको छ । बुधवार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले साहले भदौ २४ गते देशलाई खरानी बनाउने कामको नेतृत्व साहले गरेको आरोप लगाउँदै त्यस्ता व्यक्तिले प्रधानमन्त्री भएर मुलुकको मुहार फर्छ भन्ने कुनै ग्यारेन्टी नभएको बताउनुभयो । सांसद भट्टले साहले काठमाडौं […]

प्रचण्डले विप्लवलाई भनेः ‘यताउता नभौँतारिनुस्, एकतामा आउनुस्’

काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी)लाई पनि एकता प्रक्रियामा आउन आग्रह गनुभएको छ । बुधवार पार्टी कार्यलय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँले कम्युनिष्ट आन्दोलनलाई सुदृढ गर्न एकता आजको अपरिहार्य आवश्यकता भएको बताउनु भयो । उहाँले विप्लव नेतृत्वको पार्टीलाई आत्मसमिक्षा गर्दै मूलधारमा फर्किन आह्वान गर्नुभयो । समाजवादी मोर्चाको […]

मधेस प्रदेशबाट ५८ जना जेनजी पुस्ताका युवा चुनावी मैदानमा

फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मधेस प्रदेशबाट ५८ जना जेनजी पुस्ताका युवा उम्मेदवार बनेका छन्। निर्वाचन आयोगको तथ्याङ्क अनुसार तीमध्ये दुईजना महिला र ५६ जना पुरुष रहेका छन्। आयोगका अनुसार जेनजी पुस्ताका उम्मेदवारमध्ये ४१ जना स्वतन्त्र र १७ जना विभिन्न राजनीतिक दलबाट चुनावी मैदानमा उत्रिएका हुन्। युवाको बढ्दो राजनीतिक सक्रियताले यसपटकको निर्वाचनलाई थप रोचक […]

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

सङ्घीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो सवा १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय सभाअन्तर्गत विभिन्न कार्यक्रमहरू हुनेछन् । शून्य समय र विशेष समयमा सांसदहरूले आफ्ना धारणा राख्नेछन् । विशेष समयमा बोल्नका लागि राजनीतिक दलहरूलाई समय उपलब्ध गराइनेछ ।

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

 बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका उच्च भेग सिगास, खोडपे, अनारखोली, ढोल्यामोडमा हिमपात भएको हो । हिमपात भएपछि गहुँलगायत हिउँदे बाली सप्रिनेमा यहाँका किसान ढुक्क भएका स्थानीय राजबहादुर टेरले बताए । हिमपातका कारण अत्यधिक चिसो बढेपछि जिल्लाको जनजीवन प्रभावित भएको छ । यसैगरी ढोरपाटनसहित बागलुङका उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ […]

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४३, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५२, आलु रातो प्रतिकिलो रु ३०, आलु रातो […]

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

। मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबासका पशुपालन किसानले दिएका छन् । बेलबास दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध भएका ६१ मध्ये ४५  किसान व्यावसायिक रूपमा पशुपालन गरेर समाजमा नमूना कार्य गर्दै आएका हुन् । अहिलेको सुक्खायाममा दूध उत्पादन घट्नुपर्ने वृद्धि हुँदै गइरहेको संस्थाका […]

विश्वकपका लागि नेपाली टोलीको तयारी सन्तोषजनक : कप्तान पौडेल

 – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले विश्वकपका लागि टिमको तयारी सन्तोषजनक रहेको बताएका छन्। नेपाल क्रिकेट संघ (क्यान)सँगको भिडियो संवादमा उनले अभ्यास, टिम संयोजन र खेलाडीहरूको मनोबल सबै सकारात्मक रहेको उल्लेख गरे। कप्तान पौडेलका अनुसार टिमले आगामी दिनहरूमा थप अभ्यास खेल खेल्दै तयारीलाई अझ धारिलो बनाउनेछ। “तयारी राम्रो भइरहेको छ। अभ्यास खेल बाँकी […]

निर्वाचन आयोगले चुनावी आचारसंहिता अनुगमनका लागि अनुगमन अधिकृत तोक्यो

 । निर्वाचन आयोगले चुनावी आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत तोकेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउनका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई तोकिएको बताउनुभएके हो । सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषयको जिम्मेवारी दिएको उहाँको भनाइ छ । प्रमुख कोष नियन्त्रक, कोष नियन्त्रकहरुलाई आर्थिक विषयसँग सम्बन्धित विषयमा फरकफरक कार्य […]

मधेशसहित ७ वटै प्रदेशमा आज दिउँसोदेखि वर्षा र हिमपात हुँदै

 । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको हो । साथै बाँकी भू-भागमा भने आंशिक बादल लागेको छ। त्यस्तै, बुधबार दिउँसो भने देशको उच्च पहाडी तथा हिमाली भू‍-भागमा पूर्णतया बादल लाग्ने भएको हो । बाँकी पहाडी र तराईका भू-भागमा […]