आचारसंहिता उल्लङ्घन नगर्न आग्रह

जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिता उल्लङ्घन नगर्न राजनीतिक दल, उम्मेदवार तथा सरोकार भएका सबैलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले मङ्गलबार एक सूचना जारी गरी निर्वाचन आयोगले लागू गरेको आचारसंहिताको उल्लङ्घन भएको गुनासो प्राप्त भएकाले सम्बद्ध सबैलाई सचेत गराइएको जनाउँदै आगामी फागुन ४ गतेदेखि मात्र जुलुस, आमसभा, कोणसभा, घरदैलो कार्यक्रम तथा सञ्चारमाध्यममार्फत प्रचारप्रसार गर्न […]
महावीर पुन कुर्सीको लोभले होइन, कानुन बनाउन चुनाव लड्दैछन् : प्रकाश सपुत
चर्चित गायक प्रकाश सपुतले पूर्वमन्त्री महावीर पुन कुर्सीको मोहले नभई देशका लागि आवश्यक कानुन बनाउन चुनावमा होमिएको दाबी गरेका छन् । पुनलाई चुनाव जितको शुभकामना दिन म्याग्दीको बेनी पुगेका सपुतले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् । सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहेका पुनले पदबाट राजीनाम दिएर म्याग्दीबाट प्रतिनिधिसभा निर्वाचनका […]
प्राप्त जिम्मेवारीअनुरूप कार्य सम्पादन गर्न गृह मन्त्रालयको निर्देशन

गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने सन्दर्भमा प्राप्त जिम्मेवारीअनुरूप कार्यसम्पादन गर्न निर्देशन दिएको छ । सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा आज ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२ को कार्यान्वयन गर्न निर्देशन दिएको हो । सो छलफल शान्ति सुरक्षाको अवस्था, निर्वाचन […]
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छः प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्कीले मौसमले साथ नदिएमा हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन गराइने बताएकी छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१ हात्तिखोरमा राष्ट्रिय सेवा दलको तालिम समापन कार्यक्रममा सहभागी भएपश्चात् प्रधानमन्त्री कार्कीले सञ्चारकर्मीहरुसँगको कुराकानीमा भनिन्, “निर्वाचनका लागि सरकारले आवश्यक सहयोग गर्छ, विषेशगरी हिमाली जिल्लामा मौसम अनुकूल नभएमा दोस्रो चरणमा निर्वाचन गराउँछौ ।” कम मतदाता भएका […]
निर्वाचनको लागि पुराना दलमै बढी उत्साह, नयाँ दल निराश देखिएः खिमलाल देवकोटा
वरिष्ठ अधिवक्ता तथा पूर्व सांसद डा. खिमलाल देवकोटाले आगामी फागुन २१ गते हुने निर्वाचनको लागि नयाँ भन्दा पुराना राजनीतिक दलहरूमा बढी उत्साह देखिएको बताएका छन् । नेपाल कानून समाजले मंगलबार विज्ञहरुसँग प्रतिनिधि सभा निर्वाचनको सम्बन्धमा आयोजना गरेको छलफलमा उनले पुराना दलहरुमा नै उत्साहित देखिएको बताएका हुन् । उनले नयाँ राजनीतिक दलहरू भने विभाजित र निराश […]
‘फ्रि भिसा फ्रि टिकट’को व्यवस्था खारेज गर्नुपर्छ : मन्त्री भण्डारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीलाई श्रमिकमैत्री बनाउन ‘फ्रि भिसा फ्रि टिकट’को व्यवस्था खारेज गर्नुपर्ने बताएका छन् । मंगलवार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् । उनले एक महिनाभित्र वैदेशिक रोजगारीको क्षेत्रमा रहेका सबै सिन्डिकेटहरु तोड्ने दाबी पनि गरे । उनले श्रमिकलाई ट्र्यापमा पार्ने खालका सबै प्रकारका कार्यविधि […]
फ्यूल कन्ट्रोल स्वीचमा समस्या देखिएपछि एयर इन्डियाको बोइङ जेट ग्राउन्डेड
भारतीय हवाई सेवा प्रदायक कम्पनी एयर इन्डियाले बोइङ ७८७–८ ड्रिमलाइनर जहाजलाई ग्राउन्डेड गरेको छ । पाइलटले विमानको इन्धन नियन्त्रण स्विचमा सम्भावित खराबीको सङ्केत गरेपछि विमानलाई ग्राउन्डेड गरिएको हो । पाइलटको चिन्तामाथि प्राथमिकताका साथ जाँच भइरहेको कम्पनीले एउटा विज्ञप्तिमा भारतको नागरिक उड्डयन नियामकलाई सूचित गर्दै जानकारी दिएको छ । बोइङका प्रवक्ता एयर इन्डियासँग समन्वयमा रहेको र यस मामिलाको […]
विश्व शान्ति र समृद्ध नेपालको नारासहित साइकल यात्रा
। विश्व शान्ति र समृद्ध नेपालको नारासाथ साइकल यात्रा थालेका यात्री मंगलबार महोत्तरीको बर्दिबास आइपुगेका छन् । पूर्वको मेचीबाट पश्चिम महाकालीसम्मको यात्रा गत आइतबारबाट थालेका सात जना साइकल यात्री तेस्रो दिन बर्दिबास आइपुगेका हुन् । विश्व शान्ति र भातृत्व, स्वास्थ्य सचेतना र समृद्ध नेपालको कामना यात्राको अभिष्ठ रहेको टोली नेता काठमाडाैँको कीर्तिपुरका बासिन्दा ४० वर्षीय […]
अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान हुने
अमेरिकी कंग्रेसले सरकारी कामकाज ठप्प अन्त्य गर्न खर्च विधेयकमाथि मङ्गलबार मतदान गर्ने तयारी गरेको छ । सोमबार राति हाउस रुल्स कमिटीले सिनेटबाट पारित खर्च प्याकेजलाई पूर्ण सदनमा पेश गर्ने निर्णय गरेपछि मतदानको बाटो खुलेको हो । सङ्घीय अध्यागमन एजेन्टहरूको कारबाहीका कारण उत्पन्न विवादले खर्चसम्बन्धी वार्ता अवरुद्ध भएको थियो । विशेषगरी मिनियापोलिसमा दुई अमेरिकी नागरिकको मृत्यु […]
आश्वासन मात्र होइन ‘इकोनोमिक ग्यारेन्टी’ खोज्दै व्यवसायी
फागुन २१ को प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरू चुनावी घोषणापत्र लेखनको अन्तिम तयारीमा छन्। तर, यसपटक निजी क्षेत्रले दलका घोषणापत्रलाई केवल औपचारिक दस्ताबेजका रूपमा मात्र नभई देशको आर्थिक भविष्य कोर्ने मुख्य आधारका रूपमा चासोका साथ हेरेको छ। भदौ २३ र २४ को ‘जेन–जी’ आन्दोलनको रापताप र सुशीला कार्की नेतृत्वको सरकारले गराउन लागेको यो निर्वाचनमा आर्थिक […]