निर्वाचन सुरक्षाको द‌ृष्टिमा सुदूरका चार जिल्ला संवेदनशील

  सुदूरपश्चिम प्रदेशको बाजुरा, अछाम, दार्चुला र बझाङ जिल्ला निर्वाचन सुरक्षाका द‌ृष्टिमा संवेदनशील देखिएपछि प्रहरीले सोही बमोजिमको सुरक्षा व्यवस्थापन गर्न लागेको छ । प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक पदमबहादुर विष्टले गत विगतका वर्षमा भएका निर्वाचनको समयमा भएका घटनालाई अध्ययन विश्लेषण गरेर यी चार जिल्लालाई संवेदनशीलको सूचीमा राखी सोही बमोजिकको सुरक्षा व्यवस्थापन […]

प्रधानमन्त्रीको दौड र निर्वाचनको परिणाम

पूर्वघोषित वा स्वघोषित प्रधानमन्त्रीका दाबेदारहरूबारे चर्चा हुँदा अहिलेको नेपाली राजनीतिमा एउटा अनौठो तर अर्थपूर्ण दृश्य देखिन्छ । निर्वाचन हुन अझै बाँकी छ, तर प्रधानमन्त्री पदका लागि छिनाझपटी सुरु भइसकेको छ । नेपालको संविधान स्पष्ट छ– यसले संसदमा बहुमत प्राप्त दलको नेतालाई प्रधानमन्त्रीका रूपमा स्वीकार गर्छ । यदि कुनै एक दलले स्पष्ट बहुमत नल्याएमा दुई वा […]

हार्वर्ड विश्वविद्यालयबाट ट्रम्पले १ अर्ब डलर क्षतिपूर्ति माग्ने

हार्वर्ड विश्वविद्यालयसँग चलिरहेको विवादमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १ अर्ब डलर क्षतिपूर्ति माग्ने घोषणा गरेका छन् । उनले सोमबार राति ट्रुथ सोसलमा एउटा पोस्ट गर्दै हार्वर्डले न्यूयोर्क टाइम्सलाई ‘निरर्थक कुरा खुवाएको’आरोप समेत लगाए । हार्वर्डले प्र–प्यालेस्टिनी प्रदर्शनका क्रममा यहूदीहरूको विरोध नियन्त्रण गर्न पर्याप्त कदम नचालेको आरोप व्हाइट हाउसले लगाउँदै आएको छ । यस आरोपलाई विश्वविद्यालयले […]

कांग्रेसमा ३० दिने विशेष रणनीति लागू

 नेपाली कांग्रेसले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी ‘जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ नामक ‘विशेष रणनीति’ लागू गरेको छ । उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको निर्वाचन परिचाल समितिले ‘निर्वाचन परिचालन निर्देशिका’ बनाएको छ । त्यो निर्देशिकामा ३० दिन ‘जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ भन्ने वाक्यांश राखिएको छ । जिल्ला सभापतिबाहेकका नेताहरू अब आफ्नो […]

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक आज बिहान साढे ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ ।बैठकमा अन्तरतह विधायिकी अन्तरसम्बन्ध सम्बन्धी भ्रमणको समिक्षा र मस्यौदा प्रतिवेदन उपर छलफल हुनेछ ।

‘हेभीवेट’ उम्मेदवारका क्षेत्रमा प्रहरीले उच्च तहका अधिकृत खटाउने

प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रहरीले अति संवेदनशील निर्वाचन क्षेत्र भएका जिल्लामा ‘विशेष कमाण्ड’ बनाउने भएको छ । ‘हेभीवेट’ भिडन्त हुने जिल्लाहरुमा प्रहरी वरिष्ठ उपरीक्षकहरूको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गर्नेगरी प्रहरीले आन्तरिक छलफल गरिरहेको छ । आन्तरिक छलफलमा अधिकृतहरुले झापा, सर्लाही र दोलखा जिल्लालाई निर्वाचन सुरक्षाको दृष्टिकोणले ‘थ्रेट’ भएको जिल्लाको रुपमा लिएका छन् । तराई-मधेसका जिल्लाहरूलाई पनि चुनौतीपूर्ण […]

रास्वपालाई शक्ति राष्ट्रहरूले उपयोग गरिरहेका छन् : पूर्वसञ्चारमन्त्री गुरुङ

 नेकपा (एमाले) नेता एवं पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शक्ति राष्ट्रहरूको इसारामा चलिरहेको आरोप लगाएका छन् । नेकपा एमाले दोलखाका प्रतिनिधिसभाका उम्मेदवार समेत रहेका उनले सो टिप्पणी गरेका हुन् । सोमबार काठमाडौँमा आयोजित सञ्चारकर्मीबिचको अन्तरक्रियामा नेता गुरुङले सो पार्टीको समाउने र टेक्ने कुनै पनि धरातल नभएको जिकिर पनि गरे […]

सुर्खेत—२ मा नेकपा उम्मेदवारका एजेण्डाः आइटी कलेजदेखि आधुनिक वीरेन्द्रनगर सहरसम्म

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट सुर्खेत क्षेत्र नम्बर २ मा उम्मेदवार रहेका झकबहादुर मल्ल ‘सुदीप’ ले आफ्ना चुनावी एजेन्डाहरू सार्वजनिक गरेका छन् । सोमबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्ना चुनावी प्रतिबद्धता तथा एजेन्डाहरू सार्वजनिक गरेका हुन् । उक्त क्षेत्रमा अन्य उम्मेदवारहरूले अहिलेसम्म एजेन्डाहरू सार्वजनिक गरेका छैनन् । मल्लले प्रदेश राजधानी वीरेन्द्रनगरलाई आधुनिक तथा नमुना सहर […]

कांग्रेसलाई घोषणापत्रमा वैदिक सनातन राष्ट्र र संवैधानिक राजसंस्था समेट्न सुझाव

नेपाली कांग्रेस, वैदिक सनातन हिन्द राष्ट्र स्थापना महाअभियान, केन्द्रीय समन्वय समितिले पार्टीको आसन्न निर्वाचनका लागि पार्टीले लेख्ने घोषणापत्रमा वैदिक सनातन (हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थालाई समावेश गर्न सुझाव दिएको छ। पार्टीलाई घोषणापत्र लेखनबारे सुझाव दिँदै महाअभियानले पार्टीलाई वैचारिक र सैद्धान्तिक दिशामा फर्काउन सुझाव दिएको हो । महाअभियानका सहसंयोजक लोकेश ढकालद्वारा हस्ताक्षरित सुझावमा लामो समयदेखि पार्टीले […]

डिपोमा ग्यास नपाएपछि उपभोक्ताहरु खाली सिलिण्डर बोकेर नेपाल ग्यासकै कार्यालय पुगे

 दुई सातादेखि बजारमा देखिएको ग्यास अभाव अझै हट्न सकेको छैन । बजारमा खासगरी नेपाल ग्यासको चरम अभाव देखिँदा उपभोक्ता मारमा परेका छन् । उपत्यकाभर नेपाल ग्यासको बजारमा वर्चश्व धेरै छ । भारतबाट समयमै ग्यास ढुवानी भएर नेपाल नआउँदा ग्यासको चर्को अभावको सामना उपभोक्ताले गर्नुपरेको छ । नेपाल ग्यासका विक्री केन्द्रहरुमा दुई सातादेखि ग्यास नपाइएपछि खाली […]