कांग्रेसको १५औँ महाधिवेशन: इतर समूहको निर्वाचन समिति संयोजकमा पोखरेल
नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी १५औँ महाधिवेशनको तयारीलाई तीव्रता दिँदै केन्द्रीय निर्वाचन समिति संयोजकको जिम्मेवारी एकराज पोखरेललाई दिने निर्णय गरेको छ। पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा ३५ अनुसार सङ्खुवासभाका नेता पोखरेललाई निर्वाचन समिति संयोजक तोकिएको हो। सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुईकेलले विज्ञप्तिमार्फत उक्त निर्णय सार्वजनिक गरेका छन्। महाधिवेशनका निर्वाचनसम्बन्धी प्रक्रिया निष्पक्ष र […]
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न हुने भएको छ। पार्टी केन्द्रीय कार्यालयमा हुने बैठकमा पार्टीको १५औँ महाधिवेशनका बारेमा छलफल हुने पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले राससलाई जानकारी दिए। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ।
सरकार र संसद्लाई सही ट्र्याकमा ल्याउन मोर्चाले मद्दत गर्नेछ : जनार्दन शर्मा
प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष जनार्दन शर्मा ‘प्रभाकर’ ले अग्रगामी मोर्चा चुनाव लक्षित नभई राष्ट्रको आवश्यकता अनुसार बनेको बताएका छन् । ‘९ दलीय अग्रगामी मोर्चा’को मधेस प्रदेश समन्वय समितिले जनकपुरमा आयोजना गरेको बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। अहिले मुलुक प्रतिपक्षविहीन अवस्थामा जस्तै रहेको उल्लेख गर्दै सरकार र संसद्लाई सही ट्र्याकमा ल्याउन […]
‘अब जलविद्युत् आयोजना बनाउने हो र ?’ भन्ने प्रश्न उठ्नु दुःखद : अध्यक्ष डाँगी
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले पछिल्लो समय नेपालमा जलविद्युत् आयोजना निर्माण गर्ने कि नगर्ने भन्ने प्रश्न उठ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्। इप्पानद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रले ठुलो लगानी गरिरहेको अवस्थामा आयोजना निर्माणप्रति नै अन्योल सिर्जना हुनु गम्भीर र दुःखद विषय भएको बताएका हुन्। मुलुकको समृद्धिका लागि […]
“मेयर आचार्यको स्पष्टीकरणः ‘पहिले मान्छे बचाउनुपर्यो, अब बसपार्कको सुकुम्बासी समस्या समाधान हुन्छ’”

बसपार्क क्षेत्रमा सुकुम्बासी बस्ती व्यवस्थापनका विषयमा देखिएको अन्योलता अन्त्य गर्दै मेयर धनराज आचार्यले आउँदो आइतबारबाट बाँकी निर्णय प्रक्रिया पुनः अगाडि बढ्ने स्पष्ट पार्नुभएको छ। विभिन्न सरोकारवाला तथा सञ्चारमाध्यमका प्रतिनिधिहरूले बसपार्क क्षेत्रको सुकुम्बासी बस्ती व्यवस्थापनका विषयमा चासो राखिरहेको सन्दर्भमा मेयर आचार्यले एक स्पष्टीकरण मार्फत यस्तो जानकारी दिनुभएको हो। उहाँले भन्नुभयो, “नयाँ बस्ती व्यवस्थापन तथा सुकुम्बासी समस्या […]
सुदूरपश्चिममा बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

सुदूरपश्चिम प्रदेशमा देखिएको बजेट शून्यताको अवस्थालाई मध्यनजर गर्दै बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सर्वदलीय बैठकले प्रदेशको बजेट निर्माण प्रक्रियालाई शीघ्र अगाडि बढाउने निर्णय गरेको हो। बैठकमा सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बजेट शून्यताको अवस्था लामो समयसम्म रहँदा प्रदेश सरकारका नियमित […]
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन, १५ दिनको समयसीमा
भोटेकोशी बाढीका कारण सिर्जित असामान्य तथा प्रतिकूल परिस्थितिबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्न पूर्वाधार विकास मन्त्रालयले समिति गठन गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा गठित समितिले सार्वजनिक यातायात क्षेत्रमा भएको क्षति, क्षतिपूर्तिको आधार तथा यससँग सम्बन्धित अन्य विषयको अध्ययन गरी १५ दिनभित्र आवश्यक राय सुझावसहितको प्रतिवेदन […]
राष्ट्रसंघको महासभामा प्रधानमन्त्रीको सहभागिता: कुन-कुन विषय गर्दैछन् सम्बोधन ?
प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालका तर्फबाट जलवायु परिवर्तन र त्यसबाट सिर्जित क्षतिको विषयलाई प्रमुखताका साथ उठाउने भएका छन्। महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डल अमेरिकाको न्यूयोर्क जाने तयारीमा छ। संयुक्त राष्ट्रसंघको मुख्यालयमा सेप्टेम्बर २२ देखि २८ सम्म उच्चस्तरीय महासभा सञ्चालन हुँदैछ। प्रधानमन्त्री शाहले सेप्टेम्बर २४ मा महासभाको ‘जनरल डिबेट’लाई […]
फेवातालमा क्याकिङको शुल्क ३०० रुपैयाँ तोकियो, महेन्द्र नेपालीको संयोजकत्वमा नयाँ समिति गठन

पोखरा — पोखरास्थित प्रसिद्ध फेवातालमा जलखेलकुद व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरूले क्याकिङको दररेटमा एकरूपता ल्याउने निर्णय गरेका छन्। अबदेखि सबै कम्पनीहरूले फेवातालमा क्याकिङ गराउँदा अनिवार्य रूपमा ३०० रुपैयाँ दररेट कायम गर्नुपर्नेछ। हल्लञ्चोकस्थित सामुदायिक प्रहरी केन्द्रको भवनमा सम्पन्न फेवाताल सर्फिङ तथा क्याकिङ व्यवसायीहरूको विशेष भेलाले उक्त निर्णय गरेको हो। करिब ५० जना व्यवसायीहरूको उपस्थितिमा भएको उक्त […]
ठमेलमा गैरकानुनी रूपमा बस्दै आएका १० बंगलादेशी पक्राउ
ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा संलग्न रहेको अभियोगमा प्रहरीले १० जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–२६ स्थित ठमेल क्षेत्रका विभिन्न होटल तथा गेष्टहाउसमा गैरकानुनी रूपमा बसोबास र शङ्कास्पद गतिविधि गरिरहेको पाइएकाले प्रहरीले नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले बताए। प्रहरीका अनुसार पक्राउ पर्नेमा बंगलादेशको […]