‘हेभीवेट’ उम्मेदवारका क्षेत्रमा प्रहरीले उच्च तहका अधिकृत खटाउने

प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रहरीले अति संवेदनशील निर्वाचन क्षेत्र भएका जिल्लामा ‘विशेष कमाण्ड’ बनाउने भएको छ । ‘हेभीवेट’ भिडन्त हुने जिल्लाहरुमा प्रहरी वरिष्ठ उपरीक्षकहरूको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गर्नेगरी प्रहरीले आन्तरिक छलफल गरिरहेको छ । आन्तरिक छलफलमा अधिकृतहरुले झापा, सर्लाही र दोलखा जिल्लालाई निर्वाचन सुरक्षाको दृष्टिकोणले ‘थ्रेट’ भएको जिल्लाको रुपमा लिएका छन् । तराई-मधेसका जिल्लाहरूलाई पनि चुनौतीपूर्ण […]

रास्वपालाई शक्ति राष्ट्रहरूले उपयोग गरिरहेका छन् : पूर्वसञ्चारमन्त्री गुरुङ

 नेकपा (एमाले) नेता एवं पूर्वसञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शक्ति राष्ट्रहरूको इसारामा चलिरहेको आरोप लगाएका छन् । नेकपा एमाले दोलखाका प्रतिनिधिसभाका उम्मेदवार समेत रहेका उनले सो टिप्पणी गरेका हुन् । सोमबार काठमाडौँमा आयोजित सञ्चारकर्मीबिचको अन्तरक्रियामा नेता गुरुङले सो पार्टीको समाउने र टेक्ने कुनै पनि धरातल नभएको जिकिर पनि गरे […]

सुर्खेत—२ मा नेकपा उम्मेदवारका एजेण्डाः आइटी कलेजदेखि आधुनिक वीरेन्द्रनगर सहरसम्म

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट सुर्खेत क्षेत्र नम्बर २ मा उम्मेदवार रहेका झकबहादुर मल्ल ‘सुदीप’ ले आफ्ना चुनावी एजेन्डाहरू सार्वजनिक गरेका छन् । सोमबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्ना चुनावी प्रतिबद्धता तथा एजेन्डाहरू सार्वजनिक गरेका हुन् । उक्त क्षेत्रमा अन्य उम्मेदवारहरूले अहिलेसम्म एजेन्डाहरू सार्वजनिक गरेका छैनन् । मल्लले प्रदेश राजधानी वीरेन्द्रनगरलाई आधुनिक तथा नमुना सहर […]

कांग्रेसलाई घोषणापत्रमा वैदिक सनातन राष्ट्र र संवैधानिक राजसंस्था समेट्न सुझाव

नेपाली कांग्रेस, वैदिक सनातन हिन्द राष्ट्र स्थापना महाअभियान, केन्द्रीय समन्वय समितिले पार्टीको आसन्न निर्वाचनका लागि पार्टीले लेख्ने घोषणापत्रमा वैदिक सनातन (हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थालाई समावेश गर्न सुझाव दिएको छ। पार्टीलाई घोषणापत्र लेखनबारे सुझाव दिँदै महाअभियानले पार्टीलाई वैचारिक र सैद्धान्तिक दिशामा फर्काउन सुझाव दिएको हो । महाअभियानका सहसंयोजक लोकेश ढकालद्वारा हस्ताक्षरित सुझावमा लामो समयदेखि पार्टीले […]

डिपोमा ग्यास नपाएपछि उपभोक्ताहरु खाली सिलिण्डर बोकेर नेपाल ग्यासकै कार्यालय पुगे

 दुई सातादेखि बजारमा देखिएको ग्यास अभाव अझै हट्न सकेको छैन । बजारमा खासगरी नेपाल ग्यासको चरम अभाव देखिँदा उपभोक्ता मारमा परेका छन् । उपत्यकाभर नेपाल ग्यासको बजारमा वर्चश्व धेरै छ । भारतबाट समयमै ग्यास ढुवानी भएर नेपाल नआउँदा ग्यासको चर्को अभावको सामना उपभोक्ताले गर्नुपरेको छ । नेपाल ग्यासका विक्री केन्द्रहरुमा दुई सातादेखि ग्यास नपाइएपछि खाली […]

सदाचार नीति छिट्टै ल्याउन सांसदहरूकाे आग्रह

सभाको साेमबारको बैठकमा ‘विकास, आर्थिक मामिला तथा सुशासन’ समितिका सभापति कमला पन्तबाट प्रस्तुत ‘राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथिको छलफलमा सदस्यहरूले नीति लागू भएमा देश सुशासनयुक्त हुने बताएका हुन् । उनीहरूले राज्य सञ्चालनका क्रममा नैतिक मूल्य र मान्यतालाई पालना गराई नेपाललाई सम्पत्ति शुद्धिकरणको ‘ग्रे लिष्ट’ बाट छिट्टै माथि उठाउनसक्नुपर्नेमा जोड दिए । छलफलमा सभा […]

सदाचार नीति छिट्टै ल्याउन सांसदहरूकाे आग्रह

राष्ट्रियसभाका सांसदहरूले सदाचार नीति लागू हुन नसक्दा भ्रष्टाचार मौलाइरहेको बताउँदै विकासमा गतिशीलता र सुशासन एवं सदाचार कायम गर्न चाँडै त्यस्तो नीति ल्याउन आग्रह गरेका छन् । सभाको साेमबारको बैठकमा ‘विकास, आर्थिक मामिला तथा सुशासन’ समितिका सभापति कमला पन्तबाट प्रस्तुत ‘राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथिको छलफलमा सदस्यहरूले नीति लागू भएमा देश सुशासनयुक्त हुने बताएका […]

राष्ट्रियसभा बैठकमा दुई प्रतिवेदन पेस

राष्ट्रियसभाको आजको बैठकमा दुई वटा प्रतिवेदन पेस भएको छ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘अध्यागमन ऐन, २०४९ र सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन प्रतिवेदन २०८२’ लाई सभामा पेस गरेका हुन्। प्रतिवेदन पेश गर्दै अध्यागमन व्यवस्थापनसम्बन्धी विधेयकबारे शर्माले राष्ट्रियसभाका अध्यक्ष समक्ष प्रष्ट पारेका थिए। साथै, बैठकमा  विकास, आर्थिक मामिला तथा सुशासन […]

इजरायलले खोल्यो गाजाको रफाह सीमानाका

इजरायल सरकारले इजिप्टसँगको सीमामा रहेको गाजाको रफाह सीमा नाका खोलेको छ । झन्डै २ वर्षदेखि बन्द रहेको सो नाका सोमबार खोलिएको हो । मानिसहरूको आवागमनलाई खुला गरेपछि इजरायलले कठोर नियन्त्रणमा सो सीमा खुलाएको छ । तर हरेक दिन यस सीमा भएर एक दर्जन मानिसलाई मात्रै आवतजावत गर्न दिइने बताइएको छ ।  मानवीय सहायता र व्यवसायीक सामाग्रीको ओसारपसार […]

तनहुँबाट ६७ निर्वाचन प्रहरी स्याङ्जा पठाइयो

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि यहाँबाट ६७ निर्वाचन प्रहरी छिमेकी जिल्ला स्याङ्जा पठाइएको छ । तनहुँका लागि आवश्यक सङ्ख्या एक हजार ५७३ जना राखेर बाँकी रहेका १९६ वैकल्पिक निर्वाचन प्रहरीमध्ये उक्त सङ्ख्यामा स्याङ्जा पठाइएको हो । जिल्ला प्रहरी कार्यालयले मागअनुरूप आवेदन नपरेकाले वैकल्पिक निर्वाचन प्रहरी पठाइदिन माग गरेकाले सहयोग गरिएको तनहुँका प्रहरी […]