महोत्तरी-२ का मतदाताका गुनासा : बर्खामा डुबान र हिउँदमा पानीको हाहाकार

महोत्तरी । प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिएसँगै महोत्तरी–२ मा पनि चुनावी चहलपहल सुरु भएको छ । घरआँगन, टोल बस्तीमा आएका उम्मेदवार र दलका नेता कार्यकर्तालाई यहाँका मतदाता समस्या देखाउनेभन्दा पनि असन्तुष्टि पोख्न थालेका छन् । “हाम्रो बस्ती नदीका कारण समस्यामा छ, बर्खामा नदीमा आउने बाढीका कारण बस्ती र खेत जोखिममा पर्दै आएको छ”, भङ्गाहा–६ हतिसर्वा मजराका […]

पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दा विशेष अदालतमा सुनुवाइ हुँदै

पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा नेकपाका सहसंयोजक माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि आइतबार पेसी तोकिएको छ । विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो । यसअघि विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधव नेपाल […]

‘सरकारी ‘ब्लन्डर’ र मन्त्रीको ‘स्टन्ट’ ले पूर्वाधार विकास ठप्प’

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले राजनीतिक दलहरूले अबको घोषणापत्रमा राजनीतिक एजेन्डालाई थाती राखेर आर्थिक एजेन्डालाई मुख्य प्राथमिकता दिनुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष सिंहले मुलुकको निकासका लागि अब परम्परागत राजनीतिक नाराभन्दा रोजगार सिर्जना र सुशासनको ठोस योजना आवश्यक रहेको […]

भेनेजुएलामा आम माफी विधेयक प्रस्तुत

 भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले आम माफी विधेयक प्रस्तुत गरेकी छन् । जसले राजनीतिक कारणले जेलमा रहेका सयौँ व्यक्तिहरूको रिहाइको अवसर प्रदान गर्न सक्छ । यसमा विपक्षी नेता, पत्रकार र मानवअधिकारकर्मीहरू पनि समावेश हुन सक्ने सम्भावना छ । अमेरिकी समर्थन प्राप्त विपक्षी समूहले यस कदमको अपेक्षा लामो समयदेखि गरेका थिए । रोड्रिगेजले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि […]

हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै

भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध बनेको माथिल्लो मुस्ताङ जोड्ने (कागबेनी–कोरला) सडकको बाक्लो हिउँ पन्छ्याउन सुरु भएको छ । शुक्रबारदेखि कोरलानाका जोड्ने सडकको हिउँ पन्छ्याउन सुरु गरिएको हो । अवरुद्ध नेपाल–चीन जोड्ने कोरला सडकअन्तर्गत आज बिहानदेखि हिउँ पन्छाएर लोमान्थाङसम्मको सडक सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रशासन कार्यालयसहित लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको संयुक्त पहलमा कालीगण्डकी करिडोर […]

आर्थिक कसुरमा जेल सजायको अन्त्यदेखि लगानी प्रवर्द्धन दशक सम्मका विषय घोषणापत्रमा राख्न माग

 नेपाल उद्योग वाणिज्य महासङ्घले राजनीतिक दलहरू समक्ष विशेष घोषणापत्रमार्फत आफ्ना सुझावहरू प्रस्तुत गरेको छ। महासङ्घले शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेको हो। पत्रकार सम्मेलन बोल्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान पुर्‍याइरहेको निजी क्षेत्र उपेक्षित भएको भन्दै निजी क्षेत्रको प्रस्ताव समावेश गर्नुपर्ने बताए। उनले महासङ्घले मुलुकको अस्थिर […]

मालदिभ्सको स्क्याममा धेरै नेपाली परिरहेका छन् : सरोज सापकोटा

कुनै समय रोजगारीका लागि आकर्षक गन्तव्य थियो, मालदिभ्स । नेपालबाट डाक्टर, इन्जिनियर, पाइलटहरूको रोजाइमा पर्थ्यो । आकर्षक तलब, सुविधाले नेपालीलाई लोभ्याउँथ्यो मालदिभ्सले । पछिल्लो समय हस्पिटालिटी, कन्ट्रक्सनलगायत श्रम क्षेत्रमा अवसर खोज्दै नेपालीहरू त्यहाँ पुगिरहेका छन् । तर, केही वर्ष यतादेखि मालदिभ्समा आत्महत्यादेखि, स्क्यामका घटनाहरू निकै बढिरहेका छन् । यसबाट नेपाली समुदाय पनि अछुतो छैन । […]

जुम्लामा ९७४ निर्वाचन प्रहरी छानिए

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाबाट ९७४ निर्वाचन प्रहरी छनोट भएका छन् । छनोट भएकामध्ये ८७८ नेपाल प्रहरीतर्फ र ९६ सशस्त्र प्रहरीतर्फ निर्वाचनमा प्रहरी छनोट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविनबाबु रेग्मीले जानकारी दिए सबै प्रक्रियाबाट सफल भई छनोट भएका निर्वाचन प्रहरीलाई आइतबार नियुक्तिका लागि सम्पर्कमा बोलाइएको प्रहरी नायब […]

तोडफोड, हिंसा र आगजनीबाट सत्ता परिवर्तन खोज्ने तत्त्वहरूले देश युक्रेन बनाउँछन्: राजन भट्टराई

नेकपा (एमाले) का सचिव तथा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. राजन भट्टराईले तोडफोड, हिंसा र आगजनीबाट सत्ता परिवर्तन खोज्ने तत्वहरूले देश युक्रेन बनाउने दाबी गरेका छन्  । नेकपा एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको प्रतिनिधि भसा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले […]

रास्वपा सप्तरीका केही नेता कार्यकर्ता जसपा नेपाल प्रवेश

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विष्णुपुर गाउँपालिका नेता मुनिलाल खंगसहित केही कार्यकर्ता शनिबार परित्याग गरी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नवप्रवेशीलाई माला र टीका लगाएर पार्टीमा प्रवेश गराएका हुन् । तत्कालीन जमुनी मधेपुरा गाउँ विकास समितिका पूर्वअध्यक्ष उनी केही दिनअघि रास्वपा प्रवेश गरी स्थानीयस्तरमा सक्रिय हुँदै आएका थिए । […]