अब वीरेन्द्र सभागृहमा बस्नेछ कोशी प्रदेशसभा, महानगरलाई मासिक ८ लाख भाडा तिर्नुपर्ने
कोशी प्रदेशसभा सञ्चालनका लागि विराटनगर महानगरपालिका र प्रदेशसभा सचिवालयबिच आइतबार औपचारिक सम्झौता भएको छ। महानगरको स्वामित्वमा रहेको वीरेन्द्र सभागृहलाई प्रदेशसभाको बैठकस्थलका रूपमा प्रयोग गर्ने गरी दुई पक्षबिच करार सम्झौता भएको हो। विराटनगरका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा भएको सम्झौता पत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रप्रसाद दुलाल र प्रदेशसभा सचिव सुदर्शन खड्काले […]
‘नेपालीले आवश्यकताभन्दा तीन गुणा बढी नुन खाइरहेका छन्’
सरकारले फेब्रुअरी महिनालाई ‘आयोडिन महिना’ का रूपमा मनाइरहँदा जनस्वास्थ्यविद् र उपभोक्ता अधिकारकर्मीहरूले नुनको प्रयोग र बालबालिकाको खानपान शैलीमा गम्भीर बन्नुपर्ने चेतावनी दिएका छन् । राष्ट्रिय उपभोक्ता मञ्चद्वारा आयोजित जनचेतनामूलक कार्यक्रममा बोल्दै वक्ताहरूले आयोडिनको कमीले हुने रोगहरू नियन्त्रणमा आए पनि नुनको अत्यधिक प्रयोग र पत्रु खाना (जंक फुड) का कारण नयाँ स्वास्थ्य समस्याहरू थपिएको बताएका छन् […]
कम्बोडिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पर्सा ठोरीका ४१ वर्षीय वविलाल लामालाई काठमाडौँको महाराजगन्जबाट नियन्त्रणमा लिएको हो। लामाले कम्बोडियामा राम्रो कमाइ हुने प्रलोभनमा पारी पीडितबाट ४ लाख ३५ हजार रुपैयाँ असुल गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले […]
रास्वपामा विचार छैन, सत्तामा पुग्ने हतारो मात्रै छ : विप्लव
नेकपा (माओवादी) मा महासचिव नेत्रविक्रम चन्दले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सत्तामा पुग्ने हतारो गरिरहेका टिप्पणी गरेका छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले लोकप्रियतावादको नारा उरालेर जनतामा भ्रम छर्दै नयाँ भनिएको पार्टीहरुले सत्तामा पुग्नका लागि हतार गरिरहेको आरोप लगाए । महासचिव विप्लवले नयाँ पार्टीहरुले विचार केही होइन, व्यक्ति भए हुन्छ भनेर पुँजीवादी संस्कार […]
जनवरीमै भित्रिए ९२ हजार पर्यटक, भारतीयको हिस्सा सबैभन्दा धेरै

सन् २०२६ को पहिलो महिना नेपालको पर्यटन क्षेत्रका लागि सुखद देखिएको छ। नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ९२ हजार ५७३ अन्तर्राष्ट्रिय पर्यटक नेपाल भित्रिएका छन्, जुन सन् २०२५ को सोही महिनाको तुलनामा १५.७ प्रतिशतले बढी हो। यो वृद्धि कोभिड–१९ महामारीपूर्वको सन् २०१९ को तुलनामा समेत १४ प्रतिशतले धेरै रहेको बोर्डले जनाएको छ। पर्यटक आगमनको तथ्याङ्क हेर्दा […]
निर्वाचनमा प्रयोग गर्न प्रहरीले सेनासँग सापटी माग्यो २८ सय पेस्तोल
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षामा प्रयोग गर्न प्रहरीले सेनासँग हतियार ‘सापटी’ मागेको छ । निर्वाचन सम्पन्न भएपछि फिर्ता गर्नेगरी जङ्गी अड्डासँग साना हतियार माग गरिएको प्रहरीका एक उच्च अधिकृतले रातोपाटीलाई बताए । प्रहरीले सेनासँग २८ सय पेस्तोल मागेको छ । प्रहरीको माग अनुसार सेनाले पेस्तोल दिने निर्णय गरेको छ । प्रहरीका ती […]
भारतको बजेट : पूर्वाधार र उत्पादनमा ठूलो लगानी

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले अस्थिर वित्तीय बजार र व्यापार अनिश्चितताका बाबजुद देशको आर्थिक वृद्धिलाई कायम राख्न केन्द्रित गर्दै आइतबार संसदमा आफ्नो वार्षिक बजेट पेस गरेको छ । वित्तमन्त्री निर्मला सीतारमणले बजेट पेस गर्दै वित्तीय विवेकमा अडिग रहँदै पूर्वाधार र घरेलु उत्पादनमा लगानी बढाउने सरकारको योजना रहेको बताइन् । अप्रिलदेखि सुरु हुने आर्थिक वर्ष आर्थिक […]
माघ १० देखि १८ गतेसम्म निर्वाचन आयाेगले के–के गर्याे काम ?

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको पूर्वतयारी अन्तर्गत माघ १० देखि १८ गतेसम्म सम्पादित कामकाे विवरण आइतबा। सार्वजनिक गरेकाे छ । गतहप्ता संयुक्त निर्वाचन सञ्चालन केन्द्र (JEOC) स्थापना, निर्वाचन आचारसंहिता कार्यान्वयन, निजी क्षेत्रका छाता संस्थाहरूसँग छलफल, कल सेन्टरमार्फत सरोकारवालाहरूका जिज्ञासा सम्बोधन लगायतका कार्यसम्पादन गरिएकाे आयाेगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । माघ १० देखि १८ […]
संविधान पुर्नलेखन र प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणालीको पक्षमा माओवादीको प्रतिबद्धता

नेकपा(माओवादी)ले संविधान पुनर्लेखन गरी प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित कार्यकारी राष्ट्रपति हुने गरी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । आइतबार पार्टीको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गदै महासचिव नेत्रविक्रम चन्द विप्लवले शासकीय स्वरूप सहित २० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । ‘संविधानको पुनर्लेखन गरी प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित कार्यकारी राष्ट्रपति हुने छ । विज्ञहरू सम्मिलित मन्त्रीपरिषद्को […]
स्लोभाकियामा प्रधानमन्त्रीका सुरक्षा सल्लाहकारले दिए राजीनामा

अमेरिकाको न्याय मन्त्रालयले जारी गरेका यौन दूराचारी जेफ्री एप्स्टिनसम्बन्धी फाइलमा आफू जोडिएको देखिएपछि उनले पदबाट राजीनामा दिएका हुन् । शनिबार भिडियो सन्देशमार्फत फिकोले लाज्चाकको राजीनामा स्वीकार गरेको पुष्टि गर्दै उनलाई कूटनीति र विदेश नीतिमा अपूरणीय अनुभव भएका व्यक्ति भने । राजीनामा एप्स्टिनसँग सम्बन्धित ३० लाखभन्दा बढी दस्तावेज सार्वजनिक भएको एक दिनपछि आएको हो । ती […]