जता खाल्डो उतै फोहरले पुर्ने पोखराको नीति, १९ दिनदेखि सडकमै फोहर

पर्यटनको राजधानी पोखरामा १९ दिनदेखि सडकमै फोहर थुप्रिएको छ । यसअघि फोहर फाल्दै आएको ठाउँ भरिएपछि महानगरपालिकाले फोहर उठाउन नसकेको हो । पोखरा–३२, लामेआहालको सेती नदी छेउको भंगालो फोहरले भरिएका कारण अब नयाँ ठाउँ नखोजी फोहर उठाउने सम्भावना नरहेको महानगरले जनाएको छ । केही दिनअघि सूचना निकालेर महानगरले घरबाट बाहिर फोहर ननिकाल्न भनेको छ । […]

नेपाल विश्वविद्यालय र भारतको आईआईएस्सी बैंगलोरबिच प्राज्ञिक सहकार्यको सम्झौता

नेपाल विश्वविद्यालय र भारतको प्रतिष्ठित विश्वविद्यालय इन्डियन इन्स्टिच्युट अफ साइन्स (आईआईएस्सी) बैंगलोरबिच प्राज्ञिक सहकार्यका लागि बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको छ। दुई संस्थाबीच विद्यार्थी तथा प्राध्यापक आदानप्रदान, संयुक्त अनुसन्धान र अन्य शैक्षिक गतिविधिमा सहकार्य गर्ने उद्देश्यका साथ यो सम्झौता गरिएको हो। नेपाल विश्वविद्यालयको स्वायत्त शासकीय स्वरूप र उत्कृष्ट प्राज्ञिक गुणस्तर सुनिश्चित गर्ने योजनामा आईआईएस्सी जस्तो विश्वस्तरको […]

इतिहास रच्ने दाउमा अखिल (क्रान्तिकारी)का ६ पूर्वअध्यक्ष

आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीबाट साविक माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)का ६ जना पूर्वअध्यक्ष चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । प्रतिस्पर्धामा उत्रिनेमा देवेन्द्र पौडेल, कृष्णध्वज खड्का, लेखनाथ न्यौपाने, हिमाल शर्मा, रमेश मल्ल र रञ्जित तामाङ छन् । विगतको तुलनामा यो पटक राम्रा उम्मेदवार उठाएको नेकपाले विद्यार्थी नेताहरूलाई प्राथमिकता दिएको […]

गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध

६ वर्षको अवधिमा गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बनेका छन् । पछिल्लो समयमा जिल्लामा स्वास्थ्य बीमा गर्ने नागरिकको सङ्ख्यामा वृद्धि हुँदै जान थालेको छ । नागरिकले स्वास्थ्य बीमा कार्यक्रमको महत्वका बारेमा बिस्तारै बुझ्दै जान थालेसँगै स्वास्थ्य बीमाप्रतिको आकर्षण बढ्न थालेको हो । पछिल्लो तथ्याङ्कअनुसार हाल एक लाख ३१ हजार १२७ जना स्वास्थ्य […]

सुनिल पौडेलसहित १८ जना विरुद्धको भ्रष्टाचार मुद्दाकाे सुनुवाइ स्थगित

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जना विरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित भएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासमा सुनुवाइका लागि तोकिएको पेसी प्रतिवादी तर्फका कानुन व्यवसायीले स्थगित गराएका हुन् । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक पौडेलसमेतले नेपाल टेलिकमको विलिङ सिस्टम अपग्रेड गर्ने […]

सुरौदी खोला कटान : वर्षौँदेखि चुनावी मुद्दा, पीडितका समस्या उस्तै

कास्कीको दक्षिण भेगमा पर्ने सुरौदी खोला कटान नियन्त्रणको विषय प्रत्येक पटकका चुनावमा उम्मेदवारका प्रमुख मुद्दा बन्ने गरेका छन् । विसं २०४८ देखि नै यही मुद्दाको सम्बोधन हुने आशामा यहाँका मतदाताले धेरै उम्मेदवारलाई भोट हालिसकेका छन् । तर सुरौदी खोला कटान पीडितका समस्या अहिले पनि ज्यूँका त्यूँ छ । कास्की, स्याङ्जा र तनहुँ तीन जिल्ला हुँदै […]

ट्रम्पको ‘ट्यारिफ वार’लाई भारतको जवाफ

भारतले अमेरिकामा आफ्नो सामान बेच्नका लागि ५० प्रतिशत कर (ट्यारिफ) तिर्दैछ भने युरोपेली युनियन (ईयू) का २७ देशहरूमा १५ प्रतिशत मात्र। यसैबिच भारत र ईयूले ‘मुक्त व्यापार सम्झौता’ (फ्रि ट्रेड एग्रिमेन्ट – एफटीए) को घोषणा गरेका छन्, जसलाई अमेरिकाका लागि एक सन्देशको रूपमा हेरिएको छ। यसलाई लिएर अमेरिका आक्रामक देखिएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले […]

स्याङ्जाका ५६ मतदानस्थल अति संवेदनशील

स्याङ्जाका ५६ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेको राखिएकाे छ । जिल्ला सुरक्षा समितिको बैठकले सुरक्षाको दृष्टिलाई मध्यनजर गर्दै आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाका ५६ मतदानस्थललाई अति संवेदनशीलको सूचीमा राखेको हो । सुरक्षाका दृष्टिले जिल्लाका मतदानस्थललाई तीन भागमा वर्गीकरण गरेर सूची निर्धारण गरेर केन्द्रमा सिफारिस गरिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष एवम् प्रमुख […]

कम्बोडिया–थाइल्यान्ड बिचकाे आरबीसी सचिवालय बैठक सीमा विवादबारे सहमति जुटाउन असफल

कम्बोडिया–थाइल्यान्ड क्षेत्रीय सीमा समिति (आरबीसी) सचिवालयको तीन दिने बैठक दुई पक्षबिच कुनै पनि सहमति जुटाउन असफल भएको छ ।  कम्बोडियाका रक्षा प्रवक्ता माली सोचेटाले साे कुराकाे जानकारी दिएकी छन् । कम्बोडियाको बान्टे मिन्चे प्रान्त र थाइल्यान्डको सा काओ प्रान्तबिचको पोइपेट अन्तर्राष्ट्रिय सीमामा आयोजित यो बैठक कम्बोडियाको पाँचौं सैन्य क्षेत्र र थाइल्यान्डको पहिलो सेना क्षेत्रबिच आसियान […]

चुनाव आइसक्यो, संसद् भवनको छैन टुङ्गो (तस्बिरहरू)

जेनजी आन्दोलनको क्रममा आगलागी र तोडफोड गरिएको बानेश्वरको संसद् भवन अहिले खण्डहर बनेको छ । रातो स्टिकर टाँसिएको यो भवनका भित्तामा जेनजीले लेखेका नारा अझै उस्तै छन् भने जलेका भग्नावशेषबाट अझै पनि खरानीको गन्ध आइरहेको छ । भित्र सिसा यत्रतत्र छरिएका छन् भने खरानीको थुप्रो अझै पनि देखिन्छन् ।निकै लामो समयदेखि सिंहदरबार भित्र बनाउन थालिएको […]