मधेस प्रदेशमा १६३ मत खस्यो

मधेस प्रदेशमा  राष्ट्रियसभाको चार पदका लागि अहिले मतदान प्रक्रिया जारी छ। बिहान ९ बजे सुरु भएको मतदान प्रक्रियामा अहिलेसम्म १६३ मत खसेको छ । जसमा प्रदेशसभातर्फ ५५ मत खसेको छ भने स्थानीय तहबाट १०८ मत खसेको छ ।  मधेसमा चार सिटका लागि कुल ११ जना उम्मेदवार चुनावी मैदानमा छन्।

रुस, युक्रेन र अमेरिकाबिचको पहिलो त्रिपक्षीय शान्ति वार्ता उपलब्धिहीन

अबुधाबीमा रुस, युक्रेन र अमेरिकाबीच भएको पहिलो त्रिपक्षीय शान्ति वार्ता कुनै ठोस उपलब्धि बिना सकिएको छ । दुवै पक्षबीच आक्रमण जारी रहँदा वार्ता निष्कर्षविहीन बनेको हो । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अर्को हप्ताको सुरुमै दोस्रो बैठक बस्ने सम्भावनातर्फ संकेत गरेका छन् । एक अमेरिकी अधिकारीले फेब्रुअरी १ मा वार्ताको नयाँ चरण सुरु हुने बताएका छन् […]

कोशीसहित तीन प्रदेशमा आज दिउँसो र राति वर्षा र हिमपातको सम्भावना

 । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार बिहान कोशी, कर्णाली, सुदूरपश्चिम प्रदेश र बाँकी पहाडी तथा हिमाली भू-भागमा बादल लागिरहेको हो । साथै तराई भू-भागका केही स्थानहरूमा हुस्सुरकुहिरो लागेका कारण जनजीवन कष्टकर बनेको छ । त्यस्तै, आइतबार दिउँसो भने देशका उच्च पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएको […]

देशको नेतृत्व गर्न खोज्नेसँग ‘पब्लिक डिबेट’ को माग सकारात्मक: अध्यक्ष ओली

 । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको नेतृत्व गर्न खोज्नेसँग ‘पब्लिक डिबेट’ को माग सकारात्मक रहेको बताउनुभएको छ । उहाँले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू र आफ्नो पार्टी एमाले यसका लागि तयार रहेको उल्लेख गर्नुभएको हो । अध्यक्ष ओलीले अहिले उठिरहेको विषयलाई आफूले सकारात्मक रूपमा लिएको जानकारी गराउनुभएको छ । प्रधानमन्त्रीको दाबेदारका रूपमा दलहरुबाट […]

महालेखाद्वारा सरकारलाई तिर्नुपर्ने रकम नतिरेका ५२ जनाको तीनपुस्ते विवरण सार्वजनिक

 । महालेखा नियन्त्रक कार्यालयले सरकारलाई तिर्नुपर्ने रकम नतिरेका ५२ जनाको तीन पुस्ते विवरण सार्वजनिक गरेको छ । कार्यालयले तीनपुस्ते विवरण सार्वजनिक भएकामा महादेव खिम्ति निर्माणसेवाका रवि सिंहसहित ५२ जना रहेका जनाएको हो । महालेखा नियन्त्रक कार्यालय, कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालय बबरमहल काठमाडौंले आइतबार सरकारी बाँकी रकम तिर्न आउने सम्बन्धी सूचना सार्वजनिक गरेको छ । विगतमा […]

बुटवलमा सुशासन र युवाका एजेन्डा बोक्ने उम्मेदवारको खोजी

निर्वाचन नजिकिँदै जाँदा रुपन्देही क्षेत्र नम्बर २ का युवाहरूले बुटवलमा भेला गर्दै सुशासन र युवाहरूको एजेन्डा बोक्ने उम्मेदवार आवश्यक पर्ने कुराको माग गरेका छन् । विभिन्न पेसा, व्यवसायमा आबद्ध करिब २ सय युवाहरूको आज शंकरनगरको बनवाटिकामा भएको भेलामा सहभागीहरूले युवाहरूको मत खेर नजाने तथा युवाका एजेन्डाका साथै मुलुकमा सुशासन कायम गर्ने उम्मेदवारलाई मत दिनुपर्ने बताएका […]

आँट गरेरै सर्लाहीबाट उम्मेदवारी दिएको हुँ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आँट गरेर सर्लाही–४ बाट उम्मेदवारी दिएको बताएका छन् । शनिबार काठमाडौंमा सर्लाहीका युवाहरुसँगको छलफलका क्रममा सभापति थापाले काठमाडौंमा आफू सहजै जित निकाल्ने अवस्थामा रहेपनि यसपटक आँट गरेर सर्लाही–४ बाट उम्मेदवारी दिएको बताएका हुन् । काठमाडौं–४ का मतदाताप्रति आफू जीवनभर ऋणी रहने र यस ठाउको निरन्तर सेवा गरिरहने उनको […]

जेनजी युवाहरूको माग राप्रपाले मात्रै पुरा गर्न सक्छ : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले जेनजी युवाहरूको माग पुरा गर्ने पार्टी राप्रपा मात्रै भएको बताएका छन् । शनिबार राप्रपा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ को भेलालाई सम्बोधन गर्दै थापाले युवाहरूले अघि सारेको सुशासन र भ्रष्ट व्यवस्थाको अन्त्यको मुद्दा राप्रपाको समेत मुद्दा भएकाले यसलाई आफ्नो पाटीले मात्रै पुरा गर्न सक्ने बताएका हुन् । भ्रष्ट […]

मुलुकमा ठूलो फेरबदल जरुरी छ : नेता जबरा

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर जबराले मुलुकमा ठूलो फेरबदल जरुरी रहेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।उनले नेपालमा राजतन्त्र हटाएर गणतन्त्त ल्याएपछि राजनीतिक दलहरुले सञ्चालन गरेको सरकारको क्षमता र स्तर आफूले हेरिसकेकाले अब वर्तमान शासन प्रणालीबाट पार नलाग्ने बताए । जबराले ठूला पार्टीहरु भ्रष्टाचारमा लिप्त […]

पाकिस्तानी राष्ट्रपतिद्वारा युवा सशक्तिकरणका लागि शिक्षालाई प्राथमिकता दिन आह्वान

पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले समृद्ध पाकिस्तान निर्माणका लागि युवाहरूलाई सशक्त बनाउन शिक्षालाई राष्ट्रिय प्राथमिकताका रूपमा लिन आह्वान गरेका छन् । अन्तर्राष्ट्रिय शिक्षा दिवसको अवसरमा शनिबार उनले सो आह्वान गरेका हुन् । पाकिस्तानको भविष्य युवाहरूसँग जोडिएको उल्लेख गर्दै उनले समृद्ध सांस्कृतिक सम्पदा र ठुलो युवा जनसङ्ख्या भएको राष्ट्रका नाताले पाकिस्तानले शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताए । […]