मधेस प्रदेशबाट ५८ जना जेनजी पुस्ताका युवा चुनावी मैदानमा
फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मधेस प्रदेशबाट ५८ जना जेनजी पुस्ताका युवा उम्मेदवार बनेका छन्। निर्वाचन आयोगको तथ्याङ्क अनुसार तीमध्ये दुईजना महिला र ५६ जना पुरुष रहेका छन्। आयोगका अनुसार जेनजी पुस्ताका उम्मेदवारमध्ये ४१ जना स्वतन्त्र र १७ जना विभिन्न राजनीतिक दलबाट चुनावी मैदानमा उत्रिएका हुन्। युवाको बढ्दो राजनीतिक सक्रियताले यसपटकको निर्वाचनलाई थप रोचक […]
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

सङ्घीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक दिउँसो सवा १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय सभाअन्तर्गत विभिन्न कार्यक्रमहरू हुनेछन् । शून्य समय र विशेष समयमा सांसदहरूले आफ्ना धारणा राख्नेछन् । विशेष समयमा बोल्नका लागि राजनीतिक दलहरूलाई समय उपलब्ध गराइनेछ ।
बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित
बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका उच्च भेग सिगास, खोडपे, अनारखोली, ढोल्यामोडमा हिमपात भएको हो । हिमपात भएपछि गहुँलगायत हिउँदे बाली सप्रिनेमा यहाँका किसान ढुक्क भएका स्थानीय राजबहादुर टेरले बताए । हिमपातका कारण अत्यधिक चिसो बढेपछि जिल्लाको जनजीवन प्रभावित भएको छ । यसैगरी ढोरपाटनसहित बागलुङका उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ […]
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४३, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५२, आलु रातो प्रतिकिलो रु ३०, आलु रातो […]
एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन
। मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबासका पशुपालन किसानले दिएका छन् । बेलबास दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध भएका ६१ मध्ये ४५ किसान व्यावसायिक रूपमा पशुपालन गरेर समाजमा नमूना कार्य गर्दै आएका हुन् । अहिलेको सुक्खायाममा दूध उत्पादन घट्नुपर्ने वृद्धि हुँदै गइरहेको संस्थाका […]
विश्वकपका लागि नेपाली टोलीको तयारी सन्तोषजनक : कप्तान पौडेल
– नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले विश्वकपका लागि टिमको तयारी सन्तोषजनक रहेको बताएका छन्। नेपाल क्रिकेट संघ (क्यान)सँगको भिडियो संवादमा उनले अभ्यास, टिम संयोजन र खेलाडीहरूको मनोबल सबै सकारात्मक रहेको उल्लेख गरे। कप्तान पौडेलका अनुसार टिमले आगामी दिनहरूमा थप अभ्यास खेल खेल्दै तयारीलाई अझ धारिलो बनाउनेछ। “तयारी राम्रो भइरहेको छ। अभ्यास खेल बाँकी […]
निर्वाचन आयोगले चुनावी आचारसंहिता अनुगमनका लागि अनुगमन अधिकृत तोक्यो
। निर्वाचन आयोगले चुनावी आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत तोकेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउनका लागि सहायक प्रमुख जिल्ला अधिकारीलाई तोकिएको बताउनुभएके हो । सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक बाहेकका अन्य विषयको जिम्मेवारी दिएको उहाँको भनाइ छ । प्रमुख कोष नियन्त्रक, कोष नियन्त्रकहरुलाई आर्थिक विषयसँग सम्बन्धित विषयमा फरकफरक कार्य […]
मधेशसहित ७ वटै प्रदेशमा आज दिउँसोदेखि वर्षा र हिमपात हुँदै
। हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको हो । साथै बाँकी भू-भागमा भने आंशिक बादल लागेको छ। त्यस्तै, बुधबार दिउँसो भने देशको उच्च पहाडी तथा हिमाली भू-भागमा पूर्णतया बादल लाग्ने भएको हो । बाँकी पहाडी र तराईका भू-भागमा […]
न्याय र समानताका लागि कहिल्यै सम्झौता नगर्ने गोपाल गिरि: जनताको नयाँ भरोसा

पोखरा,अथक संघर्ष, निरन्तर त्याग र नथाक्ने राजनीतिक यात्राका प्रतीक हुन गोपाल गिरी । कम्युनिस्ट आन्दोलनको भुइँ तहदेखि उठ्दै आज संसदीय उम्मेदवारसम्मको यात्रामा उनी कहिल्यै विचलित भएनन्, न झुके, न थाके । पुष्पकमल सुवेदीलगायतका युवाहरूले गठन गरेको माले क्रान्तिकारी कम्युनिस्ट दलको ‘रेड गार्ड’ मा आबद्ध हुँदै गोपाल गिरीको राजनीतिक यात्रा सुरु भएको हो । त्यसै क्रममा […]
रास्वपासँग एकता गरेर पार्टी १२ दिन ‘कोमा’मा गयो तर तन्दुरुस्त भएर निस्कियौँ : कुलमान घिसिङ

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीको नाम र चुनाव चिन्ह कुनैपनि दलसँग विलय हुन नदिइने बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित उज्यालो नेपाल काठमाडौं–रामेछाप मञ्च गठन कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता सम्झौतालाई एक नराम्रो दुर्घटनाको रुपमा स्मरण गर्दै अहिले पार्टी सुदृढ अवस्थामा पुगेको पनि बताउनुभयो । […]