रूसी आक्रमणले युक्रेनलाई विपत्ति तिर धकेल्छ : युरोपियन युनियन

 युरोपेली युनियनका शीर्ष कूटनीतिज्ञ काजा कालासले बिहीबार युक्रेनले “मानवीय प्रकोपको सामना गरिरहेको चेतावनी दिएका छन् । युद्धको अन्त्य गर्न अमेरिकी आयोजनामा अबुधाबीमा भएको वार्ताको बावजुद रूसले युक्रेनीहरूलाई प्रहार गर्दै उनीहरूलाई आत्मसमर्पण गराउन प्रयास गरिरहेको कलासले बताए। निकै कठिन जाडो को समयमा युक्रेनीहरू साँच्चै पीडित रहेका बताउदै उहाँले यसक्रनेमा मानवीय प्रकोपको सँघारमा रहेको उहाँले ब्रसेल्समा युरोपेली […]

विवाहेतर सम्बन्धले निम्त्यायो अपराध, श्रीमानसहित दुई जनाको हत्या भएको घटनामा श्रीमती र प्रेमी पक्राउ

बाराको परवानीपुर गाउँपालिकामा विवाहेतर सम्बन्धका कारण एकै परिवारका दुई जनाको विभत्स हत्या भएको घटनामा दुई जना पक्राउ परेका छन् । प्रहरीले उक्त हत्या प्रकरणमा संलग्न रहेको आरोपमा मृतककी श्रीमती र उनका प्रेमी भनिएका व्यक्तिलाई पक्राउ गरेको हो। सोमबार बिहान परवानीपुर गाउँपालिका वडा नं. १ रहरिया डिहस्थित ५० वर्षीय जगरुप मण्डलको घरमा प्रवेश गरी सुतेका परिवारमाथि […]

निर्वाचनका लागि भारतद्वारा सुरक्षा सामग्री हस्तान्तरण

 आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनार्थ भारत सरकारले नेपाललाई सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । बिहीवार अर्थ मन्त्रालयमा एक कार्यक्रमबिच भारत सरकारले दङ्गा नियन्त्रण उपकरण र विभिन्न सवारी साधनहरू हस्तान्तरण गरेको हो । कार्यक्रममा अर्थमन्त्री खनालले बजेटमा निर्वाचनका लागि पर्याप्त व्यवस्था नभएको अवस्थामा भारतले गरेको यो सहयोगले नेपालको लोकतान्त्रिक प्रक्रियालाई सफल […]

पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सम्पन्न

पोर्चुगलको राजधानी लिस्बनमा रहेको नेपाली दूतावासले पोर्तो क्षेत्रमा बस्ने नेपालीलाई पायक पर्ने गरी राहदानी नवीकरण तथा कागजात प्रमाणीकरणसम्बन्धी सेवा दिएको छ। दूतावासले पोर्तोको भिला नोभा दि गइयामा दुई दिने घुम्ती शिविर सञ्चालन गरी सो क्षेत्रका नेपालीलाई घरदैलोमै सेवा उपलब्ध गराएको हो। उक्त शिविरबाट ५० जना नेपालीले विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि बायोमेट्रिकसहितको आवेदन दिएका छन्। […]

सामसुङ ग्यालेक्सी एस२६ मा ‘पिक्सेल लेभल’ गोपनीयता, अब अरूले स्क्रिन चियाउन नपाउने

सामसुङले आफ्ना आगामी ग्यालेक्सी फोनहरूका लागि एक नयाँ र शक्तिशाली सुरक्षा फिचरको तयारी गरिरहेको छ। कम्पनीले हालै एक ब्लग पोस्टमार्फत ग्यालेक्सी फोनहरूमा चाँडै नै ‘पिक्सेल लेभल’ मा काम गर्ने सुरक्षा फंक्सनहरू उपलब्ध गराउने पुष्टि गरेको हो। यसको विस्तृत विवरण सार्वजनिक नगरिए पनि आगामी फेब्रुअरीको अन्त्यतिर हुने ‘ग्यालेक्सी अनप्याक्ड’ इभेन्टमा यसबारे थप जानकारी दिइने अपेक्षा गरिएको […]

जता खाल्डो उतै फोहरले पुर्ने पोखराको नीति, १९ दिनदेखि सडकमै फोहर

पर्यटनको राजधानी पोखरामा १९ दिनदेखि सडकमै फोहर थुप्रिएको छ । यसअघि फोहर फाल्दै आएको ठाउँ भरिएपछि महानगरपालिकाले फोहर उठाउन नसकेको हो । पोखरा–३२, लामेआहालको सेती नदी छेउको भंगालो फोहरले भरिएका कारण अब नयाँ ठाउँ नखोजी फोहर उठाउने सम्भावना नरहेको महानगरले जनाएको छ । केही दिनअघि सूचना निकालेर महानगरले घरबाट बाहिर फोहर ननिकाल्न भनेको छ । […]

नेपाल विश्वविद्यालय र भारतको आईआईएस्सी बैंगलोरबिच प्राज्ञिक सहकार्यको सम्झौता

नेपाल विश्वविद्यालय र भारतको प्रतिष्ठित विश्वविद्यालय इन्डियन इन्स्टिच्युट अफ साइन्स (आईआईएस्सी) बैंगलोरबिच प्राज्ञिक सहकार्यका लागि बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको छ। दुई संस्थाबीच विद्यार्थी तथा प्राध्यापक आदानप्रदान, संयुक्त अनुसन्धान र अन्य शैक्षिक गतिविधिमा सहकार्य गर्ने उद्देश्यका साथ यो सम्झौता गरिएको हो। नेपाल विश्वविद्यालयको स्वायत्त शासकीय स्वरूप र उत्कृष्ट प्राज्ञिक गुणस्तर सुनिश्चित गर्ने योजनामा आईआईएस्सी जस्तो विश्वस्तरको […]

इतिहास रच्ने दाउमा अखिल (क्रान्तिकारी)का ६ पूर्वअध्यक्ष

आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीबाट साविक माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी)का ६ जना पूर्वअध्यक्ष चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । प्रतिस्पर्धामा उत्रिनेमा देवेन्द्र पौडेल, कृष्णध्वज खड्का, लेखनाथ न्यौपाने, हिमाल शर्मा, रमेश मल्ल र रञ्जित तामाङ छन् । विगतको तुलनामा यो पटक राम्रा उम्मेदवार उठाएको नेकपाले विद्यार्थी नेताहरूलाई प्राथमिकता दिएको […]

गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध

६ वर्षको अवधिमा गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बनेका छन् । पछिल्लो समयमा जिल्लामा स्वास्थ्य बीमा गर्ने नागरिकको सङ्ख्यामा वृद्धि हुँदै जान थालेको छ । नागरिकले स्वास्थ्य बीमा कार्यक्रमको महत्वका बारेमा बिस्तारै बुझ्दै जान थालेसँगै स्वास्थ्य बीमाप्रतिको आकर्षण बढ्न थालेको हो । पछिल्लो तथ्याङ्कअनुसार हाल एक लाख ३१ हजार १२७ जना स्वास्थ्य […]

सुनिल पौडेलसहित १८ जना विरुद्धको भ्रष्टाचार मुद्दाकाे सुनुवाइ स्थगित

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जना विरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित भएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासमा सुनुवाइका लागि तोकिएको पेसी प्रतिवादी तर्फका कानुन व्यवसायीले स्थगित गराएका हुन् । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका तत्कालीन प्रबन्ध निर्देशक पौडेलसमेतले नेपाल टेलिकमको विलिङ सिस्टम अपग्रेड गर्ने […]