कोशीसहित तीन प्रदेशमा आज दिउँसो र राति वर्षा र हिमपातको सम्भावना

 । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार बिहान कोशी, कर्णाली, सुदूरपश्चिम प्रदेश र बाँकी पहाडी तथा हिमाली भू-भागमा बादल लागिरहेको हो । साथै तराई भू-भागका केही स्थानहरूमा हुस्सुरकुहिरो लागेका कारण जनजीवन कष्टकर बनेको छ । त्यस्तै, आइतबार दिउँसो भने देशका उच्च पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएको […]

देशको नेतृत्व गर्न खोज्नेसँग ‘पब्लिक डिबेट’ को माग सकारात्मक: अध्यक्ष ओली

 । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको नेतृत्व गर्न खोज्नेसँग ‘पब्लिक डिबेट’ को माग सकारात्मक रहेको बताउनुभएको छ । उहाँले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू र आफ्नो पार्टी एमाले यसका लागि तयार रहेको उल्लेख गर्नुभएको हो । अध्यक्ष ओलीले अहिले उठिरहेको विषयलाई आफूले सकारात्मक रूपमा लिएको जानकारी गराउनुभएको छ । प्रधानमन्त्रीको दाबेदारका रूपमा दलहरुबाट […]

महालेखाद्वारा सरकारलाई तिर्नुपर्ने रकम नतिरेका ५२ जनाको तीनपुस्ते विवरण सार्वजनिक

 । महालेखा नियन्त्रक कार्यालयले सरकारलाई तिर्नुपर्ने रकम नतिरेका ५२ जनाको तीन पुस्ते विवरण सार्वजनिक गरेको छ । कार्यालयले तीनपुस्ते विवरण सार्वजनिक भएकामा महादेव खिम्ति निर्माणसेवाका रवि सिंहसहित ५२ जना रहेका जनाएको हो । महालेखा नियन्त्रक कार्यालय, कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालय बबरमहल काठमाडौंले आइतबार सरकारी बाँकी रकम तिर्न आउने सम्बन्धी सूचना सार्वजनिक गरेको छ । विगतमा […]

बुटवलमा सुशासन र युवाका एजेन्डा बोक्ने उम्मेदवारको खोजी

निर्वाचन नजिकिँदै जाँदा रुपन्देही क्षेत्र नम्बर २ का युवाहरूले बुटवलमा भेला गर्दै सुशासन र युवाहरूको एजेन्डा बोक्ने उम्मेदवार आवश्यक पर्ने कुराको माग गरेका छन् । विभिन्न पेसा, व्यवसायमा आबद्ध करिब २ सय युवाहरूको आज शंकरनगरको बनवाटिकामा भएको भेलामा सहभागीहरूले युवाहरूको मत खेर नजाने तथा युवाका एजेन्डाका साथै मुलुकमा सुशासन कायम गर्ने उम्मेदवारलाई मत दिनुपर्ने बताएका […]

आँट गरेरै सर्लाहीबाट उम्मेदवारी दिएको हुँ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आँट गरेर सर्लाही–४ बाट उम्मेदवारी दिएको बताएका छन् । शनिबार काठमाडौंमा सर्लाहीका युवाहरुसँगको छलफलका क्रममा सभापति थापाले काठमाडौंमा आफू सहजै जित निकाल्ने अवस्थामा रहेपनि यसपटक आँट गरेर सर्लाही–४ बाट उम्मेदवारी दिएको बताएका हुन् । काठमाडौं–४ का मतदाताप्रति आफू जीवनभर ऋणी रहने र यस ठाउको निरन्तर सेवा गरिरहने उनको […]

जेनजी युवाहरूको माग राप्रपाले मात्रै पुरा गर्न सक्छ : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापाले जेनजी युवाहरूको माग पुरा गर्ने पार्टी राप्रपा मात्रै भएको बताएका छन् । शनिबार राप्रपा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ को भेलालाई सम्बोधन गर्दै थापाले युवाहरूले अघि सारेको सुशासन र भ्रष्ट व्यवस्थाको अन्त्यको मुद्दा राप्रपाको समेत मुद्दा भएकाले यसलाई आफ्नो पाटीले मात्रै पुरा गर्न सक्ने बताएका हुन् । भ्रष्ट […]

मुलुकमा ठूलो फेरबदल जरुरी छ : नेता जबरा

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमशेर जबराले मुलुकमा ठूलो फेरबदल जरुरी रहेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।उनले नेपालमा राजतन्त्र हटाएर गणतन्त्त ल्याएपछि राजनीतिक दलहरुले सञ्चालन गरेको सरकारको क्षमता र स्तर आफूले हेरिसकेकाले अब वर्तमान शासन प्रणालीबाट पार नलाग्ने बताए । जबराले ठूला पार्टीहरु भ्रष्टाचारमा लिप्त […]

पाकिस्तानी राष्ट्रपतिद्वारा युवा सशक्तिकरणका लागि शिक्षालाई प्राथमिकता दिन आह्वान

पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले समृद्ध पाकिस्तान निर्माणका लागि युवाहरूलाई सशक्त बनाउन शिक्षालाई राष्ट्रिय प्राथमिकताका रूपमा लिन आह्वान गरेका छन् । अन्तर्राष्ट्रिय शिक्षा दिवसको अवसरमा शनिबार उनले सो आह्वान गरेका हुन् । पाकिस्तानको भविष्य युवाहरूसँग जोडिएको उल्लेख गर्दै उनले समृद्ध सांस्कृतिक सम्पदा र ठुलो युवा जनसङ्ख्या भएको राष्ट्रका नाताले पाकिस्तानले शिक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताए । […]

यो पटक आँट गरेर सर्लाही–४ बाट उम्मेदवारी दिएँ : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले यस पटक आँट गरेर सर्लाही–४ बाट उम्मेदवारी दिएको बताएका छन् । शनिबार काठमाडौँमा सर्लाहीका युवाहरूसँगको छलफलका क्रममा सभापति थापाले काठमाडौँमा आफू सहजै जित निकाल्ने अवस्थामा रहे पनि यस पटक आँट गरेर सर्लाही–४ बाट उम्मेदवारी दिएको बताएका हुन् । काठमाडौँ–४ का मतदाताप्रति आफू जीवनभर ऋणी रहने र यस ठाउँको निरन्तर सेवा […]

महावीर पुनलाई उज्यालो पार्टी नेपालको समर्थन

काठमाडौँ- म्याग्दी निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभातर्फ स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धामा रहेका पूर्व शिक्षामन्त्री महावीर पुनलाई उज्यालो नेपाल पार्टीले समर्थन गर्ने निर्णय गरेको छ। पार्टीले औपचारिक रूपमा उनको उम्मेदवारीको पक्षमा उभिने जनाएको हो। यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीसहित केही अन्य राजनीतिक दलहरूले पनि पुनको उम्मेदवारीलाई समर्थन जनाउँदै आफ्ना उम्मेदवारहरू चुनावी प्रक्रियाबाट अलग गरिसकेका छन्। उज्यालो पार्टी नेपालका प्रवक्ता […]