सुनको मूल्य हालसम्मकै उच्च , सुनको मूल्य प्रतितोला तीन लाख ९ हजार पुग्यो

। सोमबार पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सोमबार ५ हजार २ सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च बनेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा तीन लाख ९ हजार रुपैयाँ पुगेको हो । आइतबार सुनको मूल्य तोलामा तीन लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार […]

नेपाल आउने पर्यटकलाई राष्ट्रिय झण्डाबाट स्वागत गरिने

। रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय झण्डाबाट स्वागत गरिने भएको छ । यसका लागि बेलहिया गाउँ समाजले आइतबार बेलहियादेखि डण्डा खोला पुलसम्मका पोलहरूमा झण्डा राखेको हो । मुलुकमा प्रवेश गरेपछि नेपाल आइपुगेको अनुभूति होस् भन्ने उद्देश्यले मुख्य प्रवेशद्वारदेखि डण्डाखोला पुलसम्म विद्युतीय पोलमा करिब १०० झण्डा राखिएको हो । भारतबाट नेपाल प्रवेश […]

वीरगञ्ज नाका हुँदै सामान आयात बढ्यो

वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रू चार खर्ब ३८ अर्ब २१ करोड मूल्यका वस्तु तथा सामान आयात भएको छ । गत आवको छ महिनाका तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै हुने आयात १५ दशमलव ३० प्रतिशतले बढी आयात भएको हो । जबकी गत आवको छ महिनामा भने रू […]

राष्ट्रिय झण्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न राजनीतिक दल तथा उम्मेदवारलाई गृह मन्त्रालयको आग्रह (विज्ञप्तिसहित)

। गृह मन्त्रालयले राष्ट्रिय झण्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानून बमोजिम मात्र प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालयले आइतबार राति एक विज्ञप्ति जारी गर्दै प्रचलित कानून बमोजिम प्रयोग नगरेको र यसको दुरुपयोग भएको पाइएमा कानून बमोजिम कारबाही हुने चेतावनी दिएको हो । निर्वाचन आचारसंहितामा राजनीतिक दल वा उम्मेदवारले […]

अमेरिकामा आँधीका कारण १३ हजार बढी हवाई उडान रद्द

अमेरिकामा हिउँदे आँधी कारण जनजीवन ठप्प भएको छ । आइतबारदेखि शुरू भएको आँधीले हजारौंको संख्यामा उडानहरु रद्द भएका हुन् । सडकहरूमा जमेको बरफले यातायात सेवा रोकिएको र विद्युत् आपूर्ति प्रभावित भएको समाचार संस्था एपीले जनाएको छ । मौसमविद् एलिसन सान्तोरेलीले हिउँ र बरफ पग्लन ढिलो हुने र यसले उद्धार कार्यलाई कठिन बनाउने बताउनुभयो । हिउँदे […]

प्रतिनिधि सभा निर्वाचनः उपत्यकाका उम्मेदवारसँग बालेनको छलफल

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबारे पार्टीका उम्मेदवारहरुसँग रणनीतिक छलफल गर्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्रबाट काठमाडौं फर्किनुभएका नेता साहले आईतवार चुनावी रणनीतिबारे उपत्यकाभित्रका पार्टीका उम्मेदवारसँग छलफल गर्नुभएको हो । नेता साहले उम्मेदवारहरुसँग चुनावी अभियानबारे ब्रिफिङ लिनुभएको भेटमा संलग्न नेताहरुले बताउनुभयो । भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ललितपुर–३ […]

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमः भारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

नेपाल आयल निगमले भारतसँगको सहकार्यमा पेट्रोलियम तथा एलपीजी ग्यास पाइपलाइन परियोजनालाई तीव्र गतिमा अघि बढाइरहेको छ ।अमलेखगञ्जदेखि चितवन सम्मको पाइपलाइन र सिलगुढीदेखि झापा (चाराली) सम्मको पाइपलाइन परियोजना कार्यान्वयन चरणमा प्रवेश गरिसकेका छन् भने मोतिहारीदेखि सर्लाहीसम्मको एलपीजी ग्यास पाइपलाइन परियोजनालाई अनुदानमा अघि बढाउन भारत सरकारसँग प्रश्ताव आयाल निगमले प्रश्ताव गरेको छ । नेपाल आयल निगमका कार्यकारी […]

लुम्बिनीमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान जारी

 । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान शान्तिपूर्ण रूपमा जारी रहेको छ । घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि शुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।लुम्बिनी प्रदेशबाट महिला, अपाङ्गता-अल्पसंख्यक र अन्य समूह गरी तीन पदका लागि निर्वाचन भइरहेको छ । यस निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) को गठबन्धनका उम्मेदवारहरू मुख्य प्रतिष्पर्धामा

तरहरा झरेर अटोग्राफ दिँदै राजनीतिक लय, हर्क साम्पाङको ‘इपिसेन्टर’मा बालेन भय

– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता तथा प्रस्तावित प्रधानमन्त्री बालेन शाहले एकै दिन ६ जिल्लामा चुनावी दौडलाई पूरा गरे, शनिबार। पूर्वी नेपालको पहाडी जिल्ला पाँचथर, तेह्रथुम, संखुवासभा, धनकुटाको राजनीतिक भेट सकेर उनी सुनसरीको धरान हुँदै तरहरा, इटहरी र मोरङको बिराटनगरबाट काठमाडौंमा पाइला राख्न पुगे। रोचक के छ भने उनले धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तथा […]

अफगानिस्तानमा हिमपात र वर्षाका कारण मृत्यु हुनेको संख्या ६१ जना पुग्यो, ११० घाइते

अफगानिस्तानमा गत बुधबार र बिहीबार भएको ठूलो हिमपात र वर्षाका कारण मृत्यु हुनेको संख्या ६१ जना पुगेको छ । आँधीबेहरीका कारण ४ सय ५८ घर पूर्ण वा आंशिक रुपमा क्षतिग्रस्त भएका त्यहाँको राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको हो । समाचार संस्था एएफपीका अनुसार प्रारम्भिक तथ्यांकले मृतकको संख्या ६१ […]