‘बालेन सनकी तानाशाह बन्न खोजे’

पत्रकारमाथि भइरहेको धरपकड र सञ्चारगृहमा प्रहरीको प्रवेश वर्तमान सरकारको असंवैधानिक कदम भएको भन्दै पत्रकार र कानुनविद्हरूले कडा आक्रोश व्यक्त गरेका छन्। शनिबार काठमाडौंस्थित संवाद डबलीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरूले प्रेसमाथिको पछिल्लो प्रहारले शाहीकालीन शासनको झल्को दिएको र सरकार स्वयं पतनको बाटोमा लागेको बताएका हुन् कार्यक्रममा नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेलले सरकारले प्रेस स्वतन्त्रतामाथि […]

१० दिनदेखि बेपत्ता बालक मृत फेला, धानखेतमा भेटियो शव

दसैँको टीकाका दिन घरबाट बेपत्ता भएका धनुषाको नगराइन नगरपालिका–७ देवडिहाका सात वर्षीय साकेत झा १० दिनपछि मृत अवस्थामा फेला परेका छन्। घरपरिवार, गाउँले र प्रहरीले निरन्तर खोजी गरे पनि साकेतलाई जीवित भेट्ने आशा अन्ततः निराशामा परिणत भएको छ। घरबाट पाँच किलोमिटर उत्तरतर्फ रहेको धानखेतमा शनिबार उनको शव फेला परेको हो। धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश […]

मधेस प्रदेशमा वित्तीय सुशासन कायम गर्न नयाँ बेरुजु फर्छ्यौट कार्यविधि लागू

मधेस प्रदेश सरकारको अर्थ मन्त्रालयले प्रदेश अन्तर्गतका सम्पूर्ण मन्त्रालय, आयोग, सचिवालय, निर्देशनालय, कार्यालय तथा अन्य सार्वजनिक निकायमा आर्थिक अनुशासन, वित्तीय जबाफदेहिता र सुशासन कायम गर्ने उद्देश्यले प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७५ को दफा २ बमोजिम मन्त्रिपरिषदबाट  ‘मधेस प्रदेश बेरुजु फर्छ्यौट सम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत गरी लागू गरेको छ। यस कार्यविधिले महालेखा परीक्षकको वार्षिक प्रतिवेदन […]

बाढीपहिरोले पाँच स्थानका सडक अवरुद्ध, कान्तिलोकपथमा राति गाडी चलाउन नपाइने

बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका विभिन्न सडक अवरुद्ध भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ। यसैगरी, सम्भावित बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्दै मकवानपुर र ललितपुर जोड्ने कान्तिलोकपथमा राति सवारी आवागमन बन्द गरिएको छ। गोरखाको आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीको फलामे मोटरेबल पुल बुढीगण्डकी बाढीले बगाएपछि ती दुई वडाबीचको सडक सम्पर्क विच्छेद भएको छ। काभ्रेपलाञ्चोकको रोशी […]

स्वतन्त्रतापूर्वक बोल्न र हिँड्न पाउनुपर्छ भन्ने भावनाले राजनीतिमा आएँ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले स्वतन्त्रतापूर्वक बोल्न, हिँड्न र आफ्ना विचार व्यक्त गर्न पाउनुपर्ने भावनाले आफू राजनीतिमा आएको बताएका छन्। पोखरामा मङ्गलबार आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले बाल्यकालमा लोकतान्त्रिक आन्दोलनमा संलग्न नेताहरूले भोग्नुपरेको कठिनाइ नजिकबाट देखेको स्मरण गरेका हुन् । त्यही अनुभवले आफूभित्र राजनीतिक चेतना र स्वतन्त्रताको पक्षमा उभिने प्रेरणा जगाएको […]

सुनकोसी सुमो जीप दुर्घटना: बेपत्ता तीनमध्ये दुई यात्रुको श’व फेला

दसैं मनाउन काठमाडौंबाट घर फर्कने क्रममा सिन्धुलीको सुनकोसी नदीमा सुमो जीप खस्दा बेपत्ता भएका तीन जनामध्ये दुई यात्रुको शव एक सातापछि फेला परेको छ। जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार बेपत्ता खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका ३० वर्षीय हरि फुर्कुटी र सोही ठाउँकी २२ वर्षीया अप्सरा राईको शव छुट्टाछुट्टै नदी किनारमा भेटिएको हो। फुर्कुटीको शव […]

आनी छोइङको नियुक्तिमाथि कांग्रेसको प्रश्न, सरकारको रबैयाको समर्थन गर्न सकिँदैन

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिप्रति प्रश्न उठाएका छन्। लुम्बिनी विकास कोषजस्तो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्त्वको संस्थाको नेतृत्व चयन गर्दा लोकप्रियतालाई मात्र आधार बनाउन नहुने भन्दै उनले नियुक्तिको औचित्यमाथि प्रश्न उठाएका हुन्। पौडेलले नियुक्तिबारे उठेका प्रश्न सम्बोधन गर्नुको सट्टा सरकारलाई प्रश्न गर्ने नागरिकमाथि धरपकड गरिएको भन्दै आपत्ति जनाएका […]

नदीजन्य पदार्थ उत्खनन गर्ने ११ ट्र्याक्टर नियन्त्रणमा

 रौतहटमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसारमा संलग्न ११ वटा ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। असोज महिनामा जिल्लाका विभिन्न स्थानबाट ती ट्र्याक्टर नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित स्थानीय तहमा बुझाइएको छ। जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले अवैध नदीजन्य पदार्थ उत्खनन नियन्त्रण तथा रोकथामका लागि निगरानी र […]

भारतमा धान बोकेको ट्रकले ठक्कर दिँदा १२ तीर्थयात्रीको मृत्यु, २७ घाइते

 भारतको मध्य प्रदेशस्थित ग्वालियरमा शीतला माता मन्दिर नजिकै धान बोकेको अनियन्त्रित ट्रकले तीर्थयात्रीहरूलाई ठक्कर दिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य २७ जना घाइते भएका छन्। घाइतेमध्ये पाँचदेखि छ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्। वरिष्ठ प्रहरी अधीक्षक धर्मवीर सिंहका अनुसार आइतबार बिहान करिब १:३० बजे चिनोरबाट मन्दिरतर्फ आउँदै गरेको ट्रकले ठाडो […]

१२ शय्याबाट थालनी भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो छर्दै

तत्कालीन समयमा पूर्वी नेपालका नागरिकलाई आँखामा समस्या देखिए उपचारका लागि काठमाडौँ अथवा भारतका विभिन्न सहर पुग्नुपर्ने बाध्यता थियो। उपचारका लागि लाग्ने खर्च, लामो यात्रा र काम छाडेर अस्पताल बस्नुपर्ने कठिनाइले आर्थिक अवस्था कमजोर भएका परिवारलाई थप पीडा दिन्थ्यो। समयमै उपचार नपाउँदा सामान्य समस्या पनि जटिल बन्ने र दृष्टि गुमाउनुपर्ने जोखिम उत्तिकै थियो। यस अवस्थाको अन्त्य […]