तामाङ समाज पेगोइसमा २८62 औ (ता ल्हो ) सोनाम ल्होछार भब्य रुपमा सम्पन्न ।

तामाङ समाज पेगोइस पोर्तुगाल द्रारा आयोजित २८६२ औ सोनाम ल्होछार शुभकामना आदन प्रदान कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । तामाङ तथा ह्योल्मो हरु को नयाँ बर्षको रुपमा मानिने उक्त पर्व नयाँ बर्ष सङै आफ्नो भेषभुषा , सस्कृती , परम्परा तथा कला को संरक्षण र सम्बर्द्धनको रुपमा मानिदै आइरहेछ । कार्यक्रममा विभिन्न तामाङ सेलोमा नृत्यहरु […]

नेपाल र साउदी अरबबिच श्रम सम्झौतामा हस्ताक्षर

नेपाल र साउदी अरबबिच द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको छ । साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित साउदीको रियादमा श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको हो । सोमबार सम्झौतामा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरब सरकारका तर्फबाट मानव संसाधन तथा सामाजिक […]

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा साेमबार सर्लाहीमा जानुभएकाे छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही-४ बाट उम्मेदवार बनेका सभापति थापा साेमबार सिमरा हुँदै सर्लाही पुग्नुभएकाे हाे । उहाँले गत माघ ६ गते भएको उम्मेदवार मनोनयनमा वारेसमार्फत उम्मेदवारी दर्ता गराउनुभएकाे थियाे । उहाँ पहिलो पटक आफ्नो निर्वाचन क्षेत्रमा पुग्नुभएकाे छ। सभापति […]

हेटौँडाको सडक विस्तार विवादसम्बन्धी मुद्दाको सुनुवाइ न्यायाधीशद्वय शर्मा र थापाको इजलासमा

हेटौँडा बजार क्षेत्रको सडक विस्तार विवादसम्बन्धी मुद्दा सुनुवाइका लागि पेसी चढेको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र शान्तिसिंह थापाको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो । रास्वपा नेतृ एवम् पूर्व सांसद विन्दवासिनी कंसकारसहित ६ जनाले दायर गरेको रिट यसअघि ६ पटक हेर्न नभ्याइने सूचीमा परिसकेको छ । डिभिजन सडक कार्यालय हेटौँडा, […]

सुनको मूल्य हालसम्मकै उच्च , सुनको मूल्य प्रतितोला तीन लाख ९ हजार पुग्यो

। सोमबार पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । सोमबार ५ हजार २ सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च बनेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा तीन लाख ९ हजार रुपैयाँ पुगेको हो । आइतबार सुनको मूल्य तोलामा तीन लाख ३ हजार ८ सय रुपैयाँमा कारोबार […]

नेपाल आउने पर्यटकलाई राष्ट्रिय झण्डाबाट स्वागत गरिने

। रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय झण्डाबाट स्वागत गरिने भएको छ । यसका लागि बेलहिया गाउँ समाजले आइतबार बेलहियादेखि डण्डा खोला पुलसम्मका पोलहरूमा झण्डा राखेको हो । मुलुकमा प्रवेश गरेपछि नेपाल आइपुगेको अनुभूति होस् भन्ने उद्देश्यले मुख्य प्रवेशद्वारदेखि डण्डाखोला पुलसम्म विद्युतीय पोलमा करिब १०० झण्डा राखिएको हो । भारतबाट नेपाल प्रवेश […]

वीरगञ्ज नाका हुँदै सामान आयात बढ्यो

वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रू चार खर्ब ३८ अर्ब २१ करोड मूल्यका वस्तु तथा सामान आयात भएको छ । गत आवको छ महिनाका तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै हुने आयात १५ दशमलव ३० प्रतिशतले बढी आयात भएको हो । जबकी गत आवको छ महिनामा भने रू […]

राष्ट्रिय झण्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न राजनीतिक दल तथा उम्मेदवारलाई गृह मन्त्रालयको आग्रह (विज्ञप्तिसहित)

। गृह मन्त्रालयले राष्ट्रिय झण्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानून बमोजिम मात्र प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालयले आइतबार राति एक विज्ञप्ति जारी गर्दै प्रचलित कानून बमोजिम प्रयोग नगरेको र यसको दुरुपयोग भएको पाइएमा कानून बमोजिम कारबाही हुने चेतावनी दिएको हो । निर्वाचन आचारसंहितामा राजनीतिक दल वा उम्मेदवारले […]

अमेरिकामा आँधीका कारण १३ हजार बढी हवाई उडान रद्द

अमेरिकामा हिउँदे आँधी कारण जनजीवन ठप्प भएको छ । आइतबारदेखि शुरू भएको आँधीले हजारौंको संख्यामा उडानहरु रद्द भएका हुन् । सडकहरूमा जमेको बरफले यातायात सेवा रोकिएको र विद्युत् आपूर्ति प्रभावित भएको समाचार संस्था एपीले जनाएको छ । मौसमविद् एलिसन सान्तोरेलीले हिउँ र बरफ पग्लन ढिलो हुने र यसले उद्धार कार्यलाई कठिन बनाउने बताउनुभयो । हिउँदे […]

प्रतिनिधि सभा निर्वाचनः उपत्यकाका उम्मेदवारसँग बालेनको छलफल

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबारे पार्टीका उम्मेदवारहरुसँग रणनीतिक छलफल गर्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्रबाट काठमाडौं फर्किनुभएका नेता साहले आईतवार चुनावी रणनीतिबारे उपत्यकाभित्रका पार्टीका उम्मेदवारसँग छलफल गर्नुभएको हो । नेता साहले उम्मेदवारहरुसँग चुनावी अभियानबारे ब्रिफिङ लिनुभएको भेटमा संलग्न नेताहरुले बताउनुभयो । भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ललितपुर–३ […]