राजनीतिक परिस्थिति देश जित्ने कि देश हार्ने भन्ने निर्णायक मोडमा पुगेको ओलीको दाबी

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको राजनीतिक परिस्थिति देश जित्ने कि देश हार्ने भन्ने निर्णायक मोडमा पुगेको दाबी गरेका छन्। शनिबार काठमाडौँस्थित पार्टी केन्द्रीय कार्यालयमा जसपा नेपालका पूर्वकेन्द्रीय सदस्य तथा शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई एमालेमा स्वागत गर्दै अध्यक्ष ओलीले यस्तो दाबी गरेका हुन् । अध्यक्ष ओलीले देश जिताउनुपर्छ भन्ने सोचका साथ एमालेमा प्रवेश […]

‘पुराना दल खराब भए, नयाँ दल चाहिन्छ’ भन्ने नारा क्रान्तिकारी होइनः महासचिव चन्द

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव नेत्रविक्रम चन्दले पुराना दल गलत भएकोले नयाँ दल चाहिन्छ भन्ने नारा क्रान्तिकारी नभई जनतालाई भ्रमित पार्ने भुलभुलैया मात्रै भएको बताउनुभएको छ । शनिवार आयोजित पार्टीको निर्वाचनसम्बन्धि प्रशिक्षण कार्यक्रममा उहाँले हाल राजनीतिक वृत्तमा फैलाइएको नयाँ–पुराना दलको बहस वास्तविक समस्याबाट ध्यान हटाउने प्रयास मात्रै भएको बताउनुभएको हो । उहाँले नेपालमा […]

आगामी निर्वाचनमा एक थाेपो रगत बग्नु हुँदैन: प्रधानमन्त्री कार्की

 । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले सम्पूर्ण शक्ति लगाएको बताउनुभएको छ । काठमाडाैंमा शुक्रबार सशस्त्र प्रहरी बलको २५ औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सुरक्षा चुनौतीहरु समयानुसार परिवर्तन भइरहेको बताउनुभयो । उहाँले विगतका निर्वाचनहरुलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सशस्त्र प्रहरी […]

ओखलढुंगामा मतदानस्थल र मतदान केन्द्रमा सुरक्षा समितिकाे अनुगमन शुरू

ओखलढुंगा।ओखलढुंगामा आगामी निर्वाचनको सुरक्षा व्यवस्थाका लागि मतदानस्थल र मतदान केन्द्रहरुमा जिल्ला सुरक्षा समितिले अनुगमन गर्न शुरु गरेकाे छ । समितिले जिल्लामा रहेका ८४ मतदानस्थल र १ सय ५७ मतदान केन्द्रमध्ये सुरक्षा संवेदनशीलताका आधारमा निर्वाचन सुरक्षालाई मध्यनजर गरेर अनुगमन शुरु गरेकाे जनाएकाे हाे । एकीकृत जिल्ला सुरक्षा २०८२ बमोजिम कायम गरिएका मतदानस्थल र मतदान केन्द्रको सुरक्षाका […]

निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनुपर्नेमा राष्ट्रपति पाैडेलकाे जाेड

। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्नेमा जोड दिनुभएको छ । काठमाडाैंमा शुक्रबार सशस्त्र प्रहरी बलको २५ औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो जाेड दिनुभएकाे हाे । उहाँले आगामी निर्वाचन संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण, स्थायित्व, सुशासन र विकाससँग जोडिएको बताउनुभयो । राजनीतिक दलसहित सबैको […]

नेकपालाई जनताले पहिलो पार्टी बनाउन चाहेकाे सह-संयोजक नेपालकाे दावी

। नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले आगामी निर्वाचनमा जनताले आफ्नो् पार्टीलाई विजयी गराउन चाहेको दावी गर्नुभएको छ । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्ताे दावी गर्नुभएको हो । सह-संयोजक नेपालले नेकपालाई पहिलो पार्टी बनाउन देशैभरी लहर नै चलेको जिकिर समेत गर्नुभयो । उहाँले युवा पुस्ताको चाहना र नेपाली जनताको भावनाअनुसार काम गर्ने भएकाले […]

सभापति थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा जाने कांग्रेसकाे निर्णय

। नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा होमिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएर आगामी फागुन २१ गतेको निर्वाचनमा जाने निर्णय गरेको उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिनुभएकाे हाे । सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर जाने प्रस्ताव उपसभापति शर्माले […]

उम्मेदवारको सूचीबाट हट्यो बाबुराम भट्टराईको नाम

 । निर्वाचन आयोगले डा. बाबुराम भट्टराईको नाम उम्मेदवारको सूचीबाट हटाएको छ । भट्टराईले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर २ बाट उम्मेद्वारी दिएपनि फिर्ता लिएका थिए । निर्वाचन अधिकृत मोहनप्रसाद बेल्वासेले भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि उनको नाम उम्मेदवारको सूचीबाट हटाएको जानकारी दिए । भट्टराईले माघ ६ गते प्रगतिशल लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दर्ता गराएका […]

संघीय सरकारमा विज्ञलाई मन्त्री बनाउने व्यवस्था गर्नुपर्छः सांसद खालिद

 । जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय सभाका सांसद मोहम्मद खालिदले विज्ञहरु मन्त्री बन्नुपर्ने प्रश्ताव गर्नुभएको छ । राष्ट्रिय सभाको शुक्रबार बसेकाे बैठकमा बोल्दै उहाँले यस्ताे बताउनुभएको हो । सांसद खालिदले सांसदहरु मन्त्री बनेका कारण सांसद खरिद बिक्रीदेखि राजनीतिक दलहरु विभाजन हुने लगायतका विकृति भित्रिएको बताउनुभयाे । उहाँले अब उनीहरुलाई मन्त्री नबनाउने व्यवस्था गर्न आवश्यक रहेको […]

कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति बैठक सानेपामा जारी

काठमाडाैं । नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको छ । साेही बैठक विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भएपछिको नयाँ नेतृत्वको पार्टी कार्यालयमा बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठक हो । विशेष महाधिवेशनले थापालाई सर्वसम्मत रूपमा सभापति चयन गरेको थियो । निर्वाचन आयोगले पनि थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिक मान्यता प्रदान गरिसकेको […]