प्रतिनिधि सभा निर्वाचनः उपत्यकाका उम्मेदवारसँग बालेनको छलफल

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनबारे पार्टीका उम्मेदवारहरुसँग रणनीतिक छलफल गर्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्रबाट काठमाडौं फर्किनुभएका नेता साहले आईतवार चुनावी रणनीतिबारे उपत्यकाभित्रका पार्टीका उम्मेदवारसँग छलफल गर्नुभएको हो । नेता साहले उम्मेदवारहरुसँग चुनावी अभियानबारे ब्रिफिङ लिनुभएको भेटमा संलग्न नेताहरुले बताउनुभयो । भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ललितपुर–३ […]

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमः भारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

नेपाल आयल निगमले भारतसँगको सहकार्यमा पेट्रोलियम तथा एलपीजी ग्यास पाइपलाइन परियोजनालाई तीव्र गतिमा अघि बढाइरहेको छ ।अमलेखगञ्जदेखि चितवन सम्मको पाइपलाइन र सिलगुढीदेखि झापा (चाराली) सम्मको पाइपलाइन परियोजना कार्यान्वयन चरणमा प्रवेश गरिसकेका छन् भने मोतिहारीदेखि सर्लाहीसम्मको एलपीजी ग्यास पाइपलाइन परियोजनालाई अनुदानमा अघि बढाउन भारत सरकारसँग प्रश्ताव आयाल निगमले प्रश्ताव गरेको छ । नेपाल आयल निगमका कार्यकारी […]

लुम्बिनीमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान जारी

 । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान शान्तिपूर्ण रूपमा जारी रहेको छ । घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि शुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।लुम्बिनी प्रदेशबाट महिला, अपाङ्गता-अल्पसंख्यक र अन्य समूह गरी तीन पदका लागि निर्वाचन भइरहेको छ । यस निर्वाचनमा नेपाली कांग्रेस र नेकपा (एमाले) को गठबन्धनका उम्मेदवारहरू मुख्य प्रतिष्पर्धामा

तरहरा झरेर अटोग्राफ दिँदै राजनीतिक लय, हर्क साम्पाङको ‘इपिसेन्टर’मा बालेन भय

– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता तथा प्रस्तावित प्रधानमन्त्री बालेन शाहले एकै दिन ६ जिल्लामा चुनावी दौडलाई पूरा गरे, शनिबार। पूर्वी नेपालको पहाडी जिल्ला पाँचथर, तेह्रथुम, संखुवासभा, धनकुटाको राजनीतिक भेट सकेर उनी सुनसरीको धरान हुँदै तरहरा, इटहरी र मोरङको बिराटनगरबाट काठमाडौंमा पाइला राख्न पुगे। रोचक के छ भने उनले धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तथा […]

अफगानिस्तानमा हिमपात र वर्षाका कारण मृत्यु हुनेको संख्या ६१ जना पुग्यो, ११० घाइते

अफगानिस्तानमा गत बुधबार र बिहीबार भएको ठूलो हिमपात र वर्षाका कारण मृत्यु हुनेको संख्या ६१ जना पुगेको छ । आँधीबेहरीका कारण ४ सय ५८ घर पूर्ण वा आंशिक रुपमा क्षतिग्रस्त भएका त्यहाँको राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको हो । समाचार संस्था एएफपीका अनुसार प्रारम्भिक तथ्यांकले मृतकको संख्या ६१ […]

ललितपुर-१ मा मौलिक शैलीमा अभियान चलाउँदै रोहित र सुबिन्द्र

आसन्न फागुन १ गतेको आम निर्वाचनमा मुलुकभर उम्मेदवारहरू प्रचार प्रसारमा जुटेका छन् । उम्मेद्वारी दर्ता तथा फिर्ता लगायत सुरुवाती प्रक्रियाको चरण सकिएसँगै प्रचार प्रसारको काम प्रारम्भ भएको छ । विभिन्न दलको तर्फबाट तथा स्वतन्त्र उम्मेदवारी दिएका व्यक्तिहरू आफ्नै ढङ्गले प्रचारमा हिँड्न सुरु गरेका छन् । कतै भारी बोकेका, जनतालाई ढोग्दै हिँडेका लगायत विभिन्न क्रियाकलापका तस्बिर […]

मधेस प्रदेशमा १६३ मत खस्यो

मधेस प्रदेशमा  राष्ट्रियसभाको चार पदका लागि अहिले मतदान प्रक्रिया जारी छ। बिहान ९ बजे सुरु भएको मतदान प्रक्रियामा अहिलेसम्म १६३ मत खसेको छ । जसमा प्रदेशसभातर्फ ५५ मत खसेको छ भने स्थानीय तहबाट १०८ मत खसेको छ ।  मधेसमा चार सिटका लागि कुल ११ जना उम्मेदवार चुनावी मैदानमा छन्।

रुस, युक्रेन र अमेरिकाबिचको पहिलो त्रिपक्षीय शान्ति वार्ता उपलब्धिहीन

अबुधाबीमा रुस, युक्रेन र अमेरिकाबीच भएको पहिलो त्रिपक्षीय शान्ति वार्ता कुनै ठोस उपलब्धि बिना सकिएको छ । दुवै पक्षबीच आक्रमण जारी रहँदा वार्ता निष्कर्षविहीन बनेको हो । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अर्को हप्ताको सुरुमै दोस्रो बैठक बस्ने सम्भावनातर्फ संकेत गरेका छन् । एक अमेरिकी अधिकारीले फेब्रुअरी १ मा वार्ताको नयाँ चरण सुरु हुने बताएका छन् […]

कोशीसहित तीन प्रदेशमा आज दिउँसो र राति वर्षा र हिमपातको सम्भावना

 । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आइतबार बिहान कोशी, कर्णाली, सुदूरपश्चिम प्रदेश र बाँकी पहाडी तथा हिमाली भू-भागमा बादल लागिरहेको हो । साथै तराई भू-भागका केही स्थानहरूमा हुस्सुरकुहिरो लागेका कारण जनजीवन कष्टकर बनेको छ । त्यस्तै, आइतबार दिउँसो भने देशका उच्च पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएको […]

देशको नेतृत्व गर्न खोज्नेसँग ‘पब्लिक डिबेट’ को माग सकारात्मक: अध्यक्ष ओली

 । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको नेतृत्व गर्न खोज्नेसँग ‘पब्लिक डिबेट’ को माग सकारात्मक रहेको बताउनुभएको छ । उहाँले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफू र आफ्नो पार्टी एमाले यसका लागि तयार रहेको उल्लेख गर्नुभएको हो । अध्यक्ष ओलीले अहिले उठिरहेको विषयलाई आफूले सकारात्मक रूपमा लिएको जानकारी गराउनुभएको छ । प्रधानमन्त्रीको दाबेदारका रूपमा दलहरुबाट […]