लेकसाइडको बाराही घाटदेखि फेवा घाटसम्म दोस्रो दिन पनि सरसफाइ अभियान जारी

पोखरा, — पोखरा महानगरपालिका र स्थानीय समुदायको सहकार्यमा लेकसाइडको पैदल मार्ग (फुट ट्र्याक) बाराही घाटदेखि फेवा घाटसम्म आज दोस्रो दिन निरन्तर सरसफाइ गरिएको छ । बिहान ८ बजे सुरु भएको अभियानमा स्थानीय फुटपाथ व्यापारी, पर्यटन व्यवसायी, युवा क्लब तथा स्वयंसेवक गरी करिब डेढ सय व्यक्तिको सक्रिय सहभागिता रह्यो । उनीहरूले विभिन्न ठाउँमा छरिएको प्लास्टिक, बोटबिरुवा काटिएकाका अवशेष र घर-बगैँचाबाट बगेर आएको फोहोर […]
च्यासलमा सुरु भयो एमाले पोलिटब्यूरो बैठक

नेकपा एमालेको पोलिटब्यूरो बैठक सुरु भएको छ । एमाले केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि बैठक सुरु भएको हो । बैठकमा सचिवालय बैठकले तय गरेका एजेण्डामाथि छलफल हुनेछ । बिहीबार बसेको एमाले सचिवालय बैठकले विधानका केही व्यवस्था परिवर्तन गर्ने प्रस्ताव गरेको छ । ती प्रस्तावलाई पोलिटब्यूरो बैठकमा छलफल गरेर पारित गरिनेछ । त्यसपछि ती प्रस्ताव केन्द्रीय […]
भिरबाट लडेर एक युवकको मृत्यु

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा एक युवकको भिरबाट लडेर मृत्यु भएको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिकाबाट भलिबल खेलेर साथीसँग घर फर्किने क्रममा बाँफिकोट गाउँपालिका–२ मुरापाखा डाँडाबाट लडेर सोही पालिकाको वडा नं १ का ३० वर्षीय अजय मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी ऋषि पाठकले जानकारी दिए । बिहीबार साँझ भिरबाट लडेर […]
मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिका–३ मा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । सोही दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन् । बिहीबार राति हुप्सेकोट–३ भूपति चोकमा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी स्थानीय ३५ वर्षीया शोभा सिग्देलको उपचारको क्रममा आज मृत्यु भएको हो । बाटोमा हिँड्दै गरेको अवस्थामा गिरुवरीबाट वसन्तपुरतर्फ […]
सुन–चाँदीको मूल्य बढ्यो

क्रबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोला दुई सय रूपैयाँले बढेको हो। बिहीबार सुन प्रतितोला एक लाख ९२ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार भने प्रतितोला एक लाख ९२ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको महासंघको तथ्यांकले देखाएको छ। शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला १५ रूपैयाँले […]
फेवातालमा जलकुम्भी सरसफाइ अभियानलाई निरन्तरता, मेयर आचार्यको नेतृत्वमा स्थानीय सहभागिता

पोखरा, साउन २ — फेवातालको संरक्षणमा निरन्तर अग्रसर पोखरा महानगरपालिकाले जलकुम्भी झार फाल्ने अभियानलाई यस वर्ष पनि सक्रिय रूपमा अगाडि बढाएको छ। मेयर धनराज आचार्यको निर्देशनमा पोखरा महानगरपालिकाको आर्थिक सहयोग, महाअभियान कास्कीको समन्वय तथा स्थानीय जलारी समुदायको सहकार्यमा फेवा फाँट चेक ड्याम, ढल्केबर र खपौँदी आसपासका क्षेत्रहरूमा वृहत् सरसफाइ कार्य भइरहेको छ। स्थलगत निरीक्षणमा पुगेका […]
एमाले विधान महाधिवेशनमा विद्या भण्डारी प्रतिनिधि बन्न नपाउने

नेकपा (एमाले)को विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधि बन्न नपाउने भएकी छन्। बिहीबार बसेको एमालेको सचिवालय बैठकले १० औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि मात्रै विधान महाधिवेशनको प्रतिनिधि बन्ने प्रस्ताव पारित गरेसँगै भण्डारीका लागि बाटो बन्द भएको हो। बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘१० औं राष्ट्रिय महाधिवेशनमा नभएका र पछि केन्द्रीय कमिटी अथवा केन्द्रीय निकायमा आउनुभएका […]
श्रमिकको न्यूनतम तलब १९,५५०

गत वर्षभन्दा २२ सय ५० रुपैयाँ वृद्धि, आधारभूत तलब १२ हजार एक सय ७० र महँगी भत्ता सात हजार तीन सय ८० पाउने गरी श्रम मन्त्रालयबाट श्रमिकको नयाँ तलबमान स्वीकृत बिहीबारबाटै लागू भएको तलबमान मासिक : १९,५५० दैनिक : ७५४ प्रतिघण्टा : १०१ आंशिक प्रतिघण्टा : १०७ चियाबगानमा काम गर्नेबाहेकका श्रमिकको न्यूनतम तलब दुई हजार […]
चार प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने पूर्वानुमान

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छ । महाशाखाका अनुसार कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, […]
रास्वपाले सकंलन गर्यो २४ लाख ५७ हजार हस्ताक्षर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म करिब २५ लाख हस्ताक्षर संकलन भएको जानकारी दिएको छ । बिहीबार पार्टी केन्द्रिय कार्यालय वनस्थलीमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टीले उक्त जानकारी गराएको छ । सहकारी ठगी, सम्पती शुद्धीकरण र संगठित अपराधको आरोपमा पुर्पक्षका लागि भैरहवा कारगारमा रहेका पार्टी सभापति रवि लामिछानेमाथि राज्यले राजनीतिक प्रतिशोध साँधेको भन्दै गत असार ७ […]